एमसीसीका कारण गठबन्धन नटुट्ने : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन तलमाथि नहुने स्पष्ट पारेका छन् ।

सोमबार सिंहदरबारमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँगको भेटवार्ताका क्रममा उनले गठबन्धन नटुट्ने बताएका हुन् । बैठकपछि प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाका बारेमा पौडेलसंग छलफल भएको र एमसीसीलाई सदनले टुङ्गो लगाउने भएकाले केहि भन्न नसक्ने तर गठबन्धन भने केहि नहुने बताए ।

त्यस्तै छलफलपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले यथास्थीतिमा एमसीसीलाई पारित गर्न नसकिने बताएका थिए । यसलाई संशोधन गर्न सके त्यसलाई अघि बढाउनुपर्ने आफुले सुझाव दिएको उनले बताए ।

कांग्रेस नेता रामचन्द्र पौडेलले मुलुकलाई निकास दिन सवै मिलेर अघि बढ्नुपर्ने आफ्नो जोड रहेको बताए । उनले एमसीसीलाई सफल बनाउन छलफल चलाएको जानकारी दिए ।

एमसीसी अनुमोदनका लागि समर्थन जुटाउन पौडेलले एमाले, माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायत दलका शीर्ष नेताहरुसँगको भेटघाट गरेका हुन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१