गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका छन् ।

बुधबार काठमाडौंमा माओवादीको वागमती प्रदेश समितिको दोश्रो पूर्ण बैठकपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रचण्डले परिवर्तनलाई कमजोर पार्ने, गठबन्धन टुटाउने र सरकार गिराउने षडयन्त्र भइरहेको बताएका हुन् । त्यस्तै उनले बाहिर चर्चा गरिएजस्तो अहिले नै प्रतिकान्ति हुने अवस्था नरहेको जिकिर गरे ।

उनले बुधबार बिहान प्रधानमन्त्रीसंग नभई गृहमन्त्रीसंग भेटवार्ता भएको जानकारी दिए ।संसद्मा टेबल गरिएको एमसिसी अनुमोदन गर्नेलगायत विषयमा बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँणले प्रचण्डसंग भेटवार्ता गरेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१