Tag: बालेन शाह

  • बालुवाटार पुगेर बालेन शाहले भेटे प्रधानमन्त्री देउवा

    बालुवाटार पुगेर बालेन शाहले भेटे प्रधानमन्त्री देउवा

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।

    भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

    जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएकाे पनि बताइएकाे छ ।

  • मेयर भएपछि बालेन शाहले भेटे प्रधानसेनापति

    मेयर भएपछि बालेन शाहले भेटे प्रधानसेनापति

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासँग भेटवार्ता गरेका छन् ।

    मेयर भएपछि उनले पहिलो पटक प्रधानसेनापतिसँग भेट गरेका हुन् । मेयरको सपथ लिएर कार्यभार सम्हालेलगत्तै सैनिक मुख्यालय जंगीअड्डा गएर उनले भेट गरेका हुन् ।

    भेटमा प्रधानसेनापति शर्माले मेयर शाहलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । मेयर शाहले विपत् व्यवस्थापनलगायत राष्ट्रिय सुरक्षामा नेपाली सेनाले पुर्‍याएको योगदानको प्रशंसा गरेका थिए ।

  • कार्यपालिकाका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय

    कार्यपालिकाका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने महानगर प्रमुख वालेनको पहिलो निर्णय

    काठमाडौं । काठमाडाैं महानगरकाे सबै कार्यपालिकाका बैठकहरुको प्रत्यक्ष प्रसारण (लाइभ) गर्ने महानगर प्रमुख वालेन्द्र साह ‘वालेन’ले पहिलो निर्णय गरेका छन् ।

    महानगर प्रमुखकाे पदभार ग्रहणपश्चात् उनले यस्ताे निर्णय गरेका हुन् । काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकको बैठक साेमबार दिउँसो ४ बजे बस्दैछ ।

    स्थानीय तह निर्वाचनबाट जनप्रतिनिधिहरु निर्वाचित भएर आएपछिको यो पहिलो नगर कार्यपालिकाको बैठक हो । बैठक काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयको बैठक कक्षमा हुनेछ ।

  • बालेन शाहले नेपाल भाषामा पनि लिए शपथ

    बालेन शाहले नेपाल भाषामा पनि लिए शपथ

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले नेपाल भाषामा पनि सपथ लिएका छन् । सोमबार आयोजित सपथ ग्रहण कार्यक्रममा शाहले नेपाल भाषामा सपथ ग्रहण गरेका छन् ।

    काठमाडौं जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सथप ग्रहण गराएका थिए । सुरूमा नेपालीमै सपथ लिएका शाहले पछि फेरि नेपाल भाषामा सपथ लिएका हुन् ।

    यस्तै, खतिवडाले उपप्रमुख पदमा निर्वाचित सुनिता डंगोललाई पनि सपथ ग्रहण गराएका हुन् । डंगोलले पनि नेपाल भाषामै सपथ ग्रहण गरेकी हुन् ।

     

  • मेयरमा निर्वाचित भएपछि बालेनले भने- विजयभन्दा पनि कामकाे सुरुवात हाे

    मेयरमा निर्वाचित भएपछि बालेनले भने- विजयभन्दा पनि कामकाे सुरुवात हाे

    काठमाडाैं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिबद्धता गरेका छन् ।

    मेयरमा निर्वाचित भएपछि सम्बोधन गर्दै शाहले भने,‘हामी सबै मिलेर अब काठमाडौंलाई देशको मात्र नभएर विश्वकै सुन्दर र उत्कृष्ट नगर बनाउन सबैले सहकार्य गर्नेछौँ भन्ने आशा राखेका छौँ ।’

    ‘आजबाट हामीले एउटा सुरूआतको रूपमा लिएका छौं । निर्वाचनको परिणाम जुन आएको छ । यसलाई हाम्रो विजय भन्दा पनि हाम्रो कार्यको सुरूआत हुनेछ’, उनले भने, ‘अबको ५ वर्षमा आफ्नो भिजन र एजेन्डाहरूलाई पूर्ण रूपमा कार्यसम्पन्न गर्ने हाम्रो धारणा रहेको छ ।’

    नयाँ मेयरका रूपमा स्वतन्त्र उम्मेदवार बालेन शाह ६१ हजार ७ सय ६७ मत ल्याएर निर्वाचित भएका छन् । सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याएकी छन् ।

    एमालेका केशव स्थापितले ३८ हजार ११७ मत पाएका छन् ।

    बालेनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहभन्दा २३ हजार ४२६ मत धेरै ल्याएका छन् । त्यस्तै, तेस्रो स्थानमा रहेका एमालेका स्थापितभन्दा २३ हजार ६५० मत बढी पाएका छन् ।

    यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल विजयी भइन् । उनले ६८ हजार ६१२ मत पाएकी छन् ।

  • शुक्रबार बिहान बालेनको विजय र्‍याली, यस्तो छ रुट

    शुक्रबार बिहान बालेनको विजय र्‍याली, यस्तो छ रुट

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन साह निर्वाचित भएका छन् ।

    वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत महानगरको मतगणना बिहीबार राति सकिएको हो ।

    महानगरको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल विजयी भएकी छन् । महानगरको मत गणना सकिए पनि औपचारिक घोषणा शुक्रबार बिहान गर्ने तयारी गरिएको छ ।

    बिहान ६ बजे अन्तिम मतपरिणामबारे घोषणा हुने भएपछि बालेन समर्थकहरुलाई ६ बजे प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृह क्षेत्रमा भेला हुन र त्यसपछि विजयी र्‍यालीमा सहभागी हुन आह्वान गरेका छन् ।

    विजय र्‍याली सभागृहबाट शुरु भएर भद्रकाली-त्रिपुरेश्वर-माइतीघर(सर्भिस ट्र्याक दक्षिण)-बबरमहल-बिजुलीबजार-युएन पार्क कोरिडोर-शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सिकोलाबाट फिर्ता भएर काेटेश्वर-तीनकुने-सिनामङ्गल-एयरपाेर्ट-तिलगङ्गा-गौशला-चावहिल-महाराजगञ्ज-सामाखुशी-नयाँबसपार्क-बालाजु-स्वयम्भू-सितापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-त्रिपुरेश्वर-सुन्धारा भएर टुँडिखेल आउनेछ ।

    टुँडिखेलमा धन्यवाद सभा आयोजना हुने कलाकार अर्जुन घिमिरेले जानकारी दिए ।

  • भारी मतकासाथ बालेन बने काठमाडाैंका मेयर

    भारी मतकासाथ बालेन बने काठमाडाैंका मेयर

    काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह उर्फ बालेनको जित भएकाे छ ।

    बालेनले ६१,७६७ मत ल्याएर जित सुनिश्चित गरेका हुन् ।

    उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन् भने दुईपटक मेयर बनिसकेका केशव स्थापितले ३८,११७ हजार मत प्राप्त गरेका छन् ।

    एमालेले १२ स्थानमा वडाध्यक्ष जितेको छ भने कांग्रेसले १९ स्थानमा जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले एउटा वडामा जित निकालेको छ ।

  • ऊबेलाकाे ‘स्याबास् बालेन स्याबास्’ (भिडिओसहित)

    ऊबेलाकाे ‘स्याबास् बालेन स्याबास्’ (भिडिओसहित)

    काठमाडाैं । ऊबेला सांगीतिक समूहका संगीतकर्मी नित्य डि कुँवरले बालेनलाई समर्थन र मेयर पदमा जितपश्चात् राम्रो काम गर्न अभिप्रेरित गर्न ‘स्याबास् बालेन स्याबास्’ नामको नयाँ गीत हालै सार्वजनिक गरेका छन् ।

    युट्युब च्यानेल ऊबेला मार्फत् गीत सार्वजनिक भएकाे हाे । यस गीत सिर्जना गर्नुको पछाडि बालेनको आँट, आत्मविश्वास र अघिल्लो चुनावअघिदेखिको अठोट, अनुसन्धान र हालको चुनावी गृहकार्यका साथै उनलाई पत्याउने मतदाताहरुलाई समेत तारिफ गर्नु रहेको नित्यले बताए ।

    उनका अनुसार राम्रो कामको प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु हुँदैन । यस्तो गरेमा अरुलाई पनि राम्रो काम गर्न प्रेरित गर्छ र प्रशंसा गरिएका व्यक्तिलाई नराम्रो बाटोमा लाग्नुअघि झक्झकाउने गर्छ ।

    ऊबेला सांगीतिक समूहमा नित्यलगायत उनका बाल्यकालका साथी सुकदेव केसी रहेका छन् । गत महिना ‘मलाई लाग्दैन तिम्रो माया’ नामको गीत सुकदेवको स्वरमा सोही च्यानलमा आइसकेको छ । याे गीत पनि दर्शकले मन पराउने नित्यकाे विश्वास छ ।

    हेर्नुहाेस् भिडिओ :

  • बालेनकाे समर्थनमा विजयी जुलुसकाे तयारी, यस्ताे छ रुट

    बालेनकाे समर्थनमा विजयी जुलुसकाे तयारी, यस्ताे छ रुट

    काठमाडौं । महानगरपालिकाको प्रमुखमा जितनजिक पुगेका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहका समर्थकहरुले विजय जुलुसको तयारी गरेका छन् ।

    शाहको चुनावी अभियानमा सक्रिय गणेश कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत् विजयी जुलुस निकालिने तयारी गरिएको जानकारी दिएका छन् ।

    उनले मतपरिणाम घोषणा भएको केही समयपछि राष्ट्रियसभा गृहबाट सुरु हुने जुलुस भद्रकाली, शहीदगेट हुँदै त्रिपुरेश्वर, कालिमाटीबाट कलंकी पुग्ने बताएका छन् ।

    उनका अनुसार जुलुस कलंकीबाट स्वयम्भु, बालाजु, महाराजगञ्ज, चाबहिल हुँदै गौशाला, एयरपोर्ट, सिनामंगलबाट पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक, बागबजार हुँदै खुल्लामञ्चमा पुगेर समापन हुनेछ ।

    शाहको समूहले आफुलाई पायक पर्ने समय र स्थान मिलाएर व्यक्तिगत वा सामूहिक रुपमा जुलुसमा सहभागी हुन सकिने पनि जनाएको छ ।

  • काठमाडाैंकाे मतगणना अपडेट : बालेन साहकाे मत ६० हजार बढी

    काठमाडाैंकाे मतगणना अपडेट : बालेन साहकाे मत ६० हजार बढी

    काठमाडौं । काठमाडौं महानगरपालिकाको पछिल्लाे मत परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ६० हजार मत कटाएका छन् ।

    उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् ।

    कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंह र एमाले उम्मेदवार केशव स्थापित निकै पछाडि परेका छन् । मतगणना लगभग अन्त्यतिर आइपुगेकाे छ । काठमाडाैंकाे मेयरमा बालेन साह र उपमेयरमा सुनिता डंगोल विजयी भइसकेका छन् ।