• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बालुवाटार पुगेर बालेन शाहले भेटे प्रधानमन्त्री देउवा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् । बालेनले प्रधानमन्त्री निवास बालुवाटरामा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।

भेटमा प्रधानमन्त्रीले महानगरले गर्ने राम्रा काममा सरकार र नेपाली कांग्रेसको साथ र सहयोग रहने बताएका प्रधानमन्त्रीक प्रेस संयोजक गोविन्द परियारले जानकारी दिएका छन् ।

जवाफमा साहले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ्ने बताएकाे पनि बताइएकाे छ ।