• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

भारी मतकासाथ बालेन बने काठमाडाैंका मेयर

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवार बालेन्द्र शाह उर्फ बालेनको जित भएकाे छ ।

बालेनले ६१,७६७ मत ल्याएर जित सुनिश्चित गरेका हुन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंहले ३८,३४१ हजार मत ल्याएकी छन् भने दुईपटक मेयर बनिसकेका केशव स्थापितले ३८,११७ हजार मत प्राप्त गरेका छन् ।

एमालेले १२ स्थानमा वडाध्यक्ष जितेको छ भने कांग्रेसले १९ स्थानमा जितेको छ । नेकपा (एकीकृत समाजवादी)ले एउटा वडामा जित निकालेको छ ।