Tag: भीम रावल

  • संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    संसद अवरोध शिलशिलामाथि रावलकाे आशंका- एमसीसी सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि कडा प्रश्न उठाएका छन् । उनले एमसीसीसँग नेपाल सरकारले गरेको सम्झौता पास गर्नका लागि एमालेले उक्त अवरोध गरिरहेको त हैन भन्ने आशंका व्यक्त गरेका छन् ।

    रावलले बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत संसद्मा एमालेको अवरोध र एमसीसी सम्झौतालाई जोडेर आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

    उनले लेखेका छन्, ‘सरकारका कामकारबाही गर्न दिएर संसद्का बैठकहरू अवरूद्ध गर्ने कुराको औचित्य के हो ? यो कतै कसैलाई बोल्ने मौका नै नदिएर होहल्लाको बीचमा एमसीसीसँग गरेको सम्झौता अनुमोदन गर्ने खेल त होइन ?’

    एमाले नेतृत्व त्यस्तो खेलमा सहभागी भएमा राम्रो नहुने रावलको भनाइ छ । ‘यस्तो गरियो भने राष्ट्रघात ठहर्ने छ,’ उनले भनेका छन् ।

    मंगलबारदेखि सुरु भएको संसद्को अधिवेशनको पहिलो दिन एमालेले विरोध जनाएको थियो । एमालेको विरोधकाबीच सरकारले अध्यादेश पेस गरेको थियो । एमालेले माधवकुमार नेपाललगायत १४ सांसदमाथि कारबाही गर्नुपर्ने माग राखेर संसद्मा विरोध जनाउँदै आएको छ ।

  • एमालेको जिम्मेवारी र मनोनयनका विषयमा रावलले दिए यस्तो प्रतिक्रिया

    एमालेको जिम्मेवारी र मनोनयनका विषयमा रावलले दिए यस्तो प्रतिक्रिया

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले आइतवार पार्टीका विभिन्न जिम्मेवारीमा भएका मनोनयनलाई लिएर तीव्र असन्तुष्टि प्रकट गरेका छन् ।

    चितवन महाधिवेशनमा अध्यक्षमा पदमा पराजित भएपछि केन्द्रीय सदस्यसहित कुनै पदमा बस्न अस्वीकार गरेका उनले आफ्ना गुटका मान्छेलाई ओलीले मनलाग्दी नियुक्ति गरेको पनि टिप्पणी गरेका छन् ।

    भक्तपुरमा दुई दिनदेखि बसेको केन्द्रीय कमिटी बैठकले ४५ केन्द्रीय सदस्य, ८९ पोलिटब्युरो सदस्य र २६ स्थायी कमिटी सदस्यसहित विभिन्न पदमा नियुक्ति र मनोनयन गरेको थियो ।

    यसलाई लिएर रावलले एमालेभित्र केपी ओलीको गुट ओलीको गुटबन्दीले छलाङ मारेको भन्दै कटाक्ष गरेका हुन् ।

    ‘एमालेमा भर्खरै भएका मनोनयन, जिम्मेवारी र कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलाङ मारेको देखियो’, उनले भनेका छन्, ‘यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहम् तुष्टिको नमूना हो । यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ ।’

    रावल आफैँले दसौँ महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरिसकेपछि कुनै पनि जिम्मेवारीमा नबस्ने घोषणा गरेका थिए । उनले टीको लगाएर पद नलिने भन्दै निर्वाचनबाट आउने परिणाम स्वीकार्ने बताएका थिए ।

    याे पनि :
    ४५ सदस्यीय एमाले स्थायी कमिटी सदस्यमा अटाएन भीम रावलकाे नाम (सूचीसहित)

  • ४५ सदस्यीय एमाले स्थायी कमिटी सदस्यमा अटाएन भीम रावलकाे नाम (सूचीसहित)

    ४५ सदस्यीय एमाले स्थायी कमिटी सदस्यमा अटाएन भीम रावलकाे नाम (सूचीसहित)

    काठमाडाैं । नेकपा एमालेले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेकाे छ ।

    पार्टी अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका हुन् । यसमा असन्तुष्ट पक्षका भीम रावलकाे नाम भने समावेश गरिएकाे छैन ।

    प्रस्ताव गरिएकाे स्थायी कमिटी सदस्यमा अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भीम आचार्य, प्रभु शाहलगायतकाे नाम छ ।

    यस्ताे छ स्थायी कमिटी सदस्यमा प्रस्ताव गरिएका नेताहरूकाे नाम –

    केपी शर्मा ओली
    ईश्वर पोखरेल
    अष्टलक्ष्मी शाक्य
    युवराज ज्ञवाली
    रामबहादुर थापा
    विष्णु पौडेल
    सुरेन्द्र पाण्डे
    सुवासचन्द्र नेम्वाङ
    शंकर पोखरेल
    पृथ्वी सुब्बा गुरुङ
    प्रदीप ज्ञवाली
    विष्णुप्रसाद रिमाल
    गोकर्ण विष्ट
    छविलाल विश्वकर्मा
    टोपबहादुर रायमाझी
    पद्मा अर्याल
    योगेश भट्टराई
    रघुवीर महासेठ
    लेखराज भट्ट
    घनश्याम भुसाल
    गुरु बराल
    देवराज घिमिरे
    भीम आचार्य
    लालबाबु पण्डित
    खगराज अधिकारी
    किरण गुरुङ
    काशीनाथ अधिकारी
    रघुजी पन्त
    भानुभक्त ढकाल
    मणिचन्द्र थापा
    शेरधन राई
    कृष्णगोपाल श्रेष्ठ
    यमलाल कँडेल
    अग्नि खरेल
    प्रभू साह
    डा राजन भट्टराई
    सीता पौडेल
    विन्दा पाण्डे
    गोरखबहादुर बोगटी
    कर्णबहादुर थापा
    राजेन्द्र गौतम
    थममाया थापा
    शेरबहादुर तामाङ
    शिवमाया तुम्बाहाङ्फे
    हिक्मत कार्की

  • रावल पक्षलाई भाेट नहाल्न ओली पक्षीयकाे पर्चा, भीम रावलको यस्तो कडा प्रतिक्रिया

    रावल पक्षलाई भाेट नहाल्न ओली पक्षीयकाे पर्चा, भीम रावलको यस्तो कडा प्रतिक्रिया

    चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनमा अध्यक्षसहितका पदमा सहमति जुट्न नसकेपछि मंगलबार बिहानबाट मतदान जारी छ । महाधिवेशन प्रतिनिधि मतदानका लागि लामवद्ध रहँदा अध्यक्षका उम्मेदवार केपी शर्मा ओली पक्षधरले अर्का प्रतिस्पर्धी भीम रावल पक्षलाई मत नदिन भन्दै पर्चा बाँडिरहेका छन् ।

    एमाले संस्थापन पक्षको यो कदम निर्वाचन आचारसंहिताविपरीत हो ।

    एमाले अध्यक्षका उम्मेदवार रहेका रावलले पर्चा बाँड्नु निर्वाचन आचारसंहिता विपरीत रहेको बताए । ‘त्यस्तो नगर्ने भनेर छलफल गरेर नै निर्वाचन आयोगले आफैँ आचारसंहिता केन्द्रीय बनाएको हो,’ उनले भने, ‘निर्वाचन आयोगका अध्यक्ष बिजय सुब्बा लगायत पदाधिकारी सबैलाई यो कदम चाँडो रोक्नुस् भनिसकेको छु ।’

    संस्थापन पक्षले बाँडिरहेको पर्चा नरोके धाँधली मानिने उनले बताए । ‘यदि त्यस्तो नगर्ने हो भने कतिपय ठाउँमा जसरी प्रतिनिधि छनोटमा धाधली गरियो, यो पनि धाधलीको एउटा रुप हो । यस्तो धाधली यति ठूलो पार्टीमा हुनु, आफै आचारसंहिता बनाउने, आफैं कार्यान्वयन नगर्नु भनेको लोकतन्त्रप्रतिको निष्ठा, लोकतन्त्र बलियो बनाउने कुरामा समस्या उत्पन्न हुन्छ,’ उनले भने ।

  • एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

    एमाले अध्यक्षमा भीम रावलको उम्मेदवारी दर्ता

    चितवन । नेकपा (एमाले)को अध्यक्षमा डा भीमबहादुर रावलको उम्मेदवारी दर्ता भएको छ । बिहान ८ बजेबाट सुरु भएको मनोनयमा रावलले आफ्नो उम्मदेवारी दर्ता गराएका हुन् ।

    रावलले आइतबार राति नै मनोनयन दर्ता गराउन खोजे पनि निर्वाचन समितिले आज बिहान ८ बजेसम्मलाई स्थगन गरेको थियो । रावलको प्रस्तावकमा महादेव बजगाईँ, समर्थकमा दूधकला विष्ट छन् ।

  • यस्तो छ एमालेको चुनावी तालिका, ओली र रावलबीच प्रतिस्पर्धा

    यस्तो छ एमालेको चुनावी तालिका, ओली र रावलबीच प्रतिस्पर्धा

    चितवन । नेकपा (एमाले)को १०औँ महाधिवेशनका अन्ततः निर्वाचन हुने भएको छ । अध्यक्ष केपी ओलीले सर्वसम्मतबाटै नयाँ पदाधिकारीको टुंगो लगाउने चाहे पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसाल चुनावमा उत्रिने भएका हुन् ।

    ओलीले आइतबार राति आफ्नो नेतृत्वमा २९ पदाधिकारीको नाम घोषणा गरेका थिए । तर, यसअघि नै अध्यक्षमा उम्मेदवारी घोषणा गरेका रावलले र पदाधिकारीमा नसमेटिएका भुसालले उपाध्यक्षमा चुनाव लड्ने बताइरहेका छन् ।

    एमाले निर्वाचन अयोगले आज बिहानका लागि चुनावको कार्यक्रम तय गरेको छ । आज बिहान ८ बजेदेखि साढे ९ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ ।

    एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार बिहान साढे १० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने बिहान पौन ११ भित्र उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । बिहान १०ः५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका छ ।

    बिहान ११ः५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ भने १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । साेमबार साँझ ९ बजेदेखि मतदान सुरु हुने कार्यतालिका तय भएको छ । मतदानको समय मंगलबार बिहान ३ बजेसम्म तय भएको छ ।