Tag: माधवकुमार नेपाल

  • सरकारलाई माधव नेपालकाे सुझाव : जनताले परिवर्तनकाे अनुभूति गर्न पाउन्

    सरकारलाई माधव नेपालकाे सुझाव : जनताले परिवर्तनकाे अनुभूति गर्न पाउन्

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले परिवर्तनको अनुभूति जनताले गर्न पाउने गरी काम अगाडि बढाउन सरकारलाई सुझाव दिएका छन् ।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा अध्यक्ष नेपालले सबै क्षेत्रमा परिवर्तन देखिने गरी काम देखाउने प्रतिबद्धता प्रधानमन्त्रील गरेको भन्दै जनताले अनुभूति गर्ने गरि काम गर्न सुझाव दिएका हुन् ।

    नेपालले सबै मिलेर संविधान र लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्ने बेला आएको धारणा राखे । अध्यक्ष नेपालले राजनीतिक अग्रजले देश र जनतालाई सार्वभौम र स्वतन्त्र बनाउन योगदान गरेको उल्लेख गर्दै वर्तमान राजनीतिक नेतृत्वसँग पनि जनताले धेरै अपेक्षा गरेको बताए ।

    विगतका अनुभवबाट सबैले पाठ सिक्दै संविधानको रक्षा, राष्ट्रियता र स्वाभिमानको संरक्षण गर्न सबैले गम्भीरताका साथ ध्यान दिनुपर्ने उनको भनाइ छ । त्यस्तै, उनले वर्तमान सरकारबाट संविधानको पूर्णपालनाको अपेक्षा गरेको बताए ।

    उनले मुलुकमा भ्रष्टाचार, ढिलासुस्ती, दण्डहीनता, कर्तव्यविमुख प्रवृत्ति मौलाएकाले समस्या समाधानका लागि सबै एकजुट हुनुपर्ने जिकीर गरे ।

  • देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

    देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको छ : अध्यक्ष नेपाल

    भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको विन्दु खोजेको बताएका छन् ।

    भक्तपुरको सूर्यविनायक नगरपालिका–५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उनले देशले एकता र साझा सहमतिको विन्दु खोजेको बताए ।

    जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने भन्दै उनले भने, ‘हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ ।’

    चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए । जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए ।

    कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए ।

    भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए । भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए ।

  • ओलीजस्ता गफाडीलाई मत दिए देश डुब्छ : माधव नेपाल

    ओलीजस्ता गफाडीलाई मत दिए देश डुब्छ : माधव नेपाल

    काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जस्तो गफाडीलाई मत दिए देशै डुब्ने बताएका छन् ।

    काठमाण्डौं क्षेत्र नम्बर २ को सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै नेपालले अपवित्र गठबन्धन बनाएका केपी ओलीलाई जनताले मत दिन नहुने जिकीर गरे ।

    ‘केपी ओली सत्तामा हुँदा हावादारी कुरा गरे । घर–घरमा ग्यासको पाइप लाइन जोड्ने भने । पुस १६ गते रेल आउँदैछ टिकट काटेर महाकालीमा जान आह्वान गरे’ नेपालले भने, ‘यस्ता हुने नहुने गफ हाक्ने यस्ता गफाडी यो देशको प्रधानमन्त्री हुन पुगे । अब पनि तिनै गफाडीलाई मत दिएर जितायो भने देशै डुब्छ । जनताको भविष्य चौपट हुन्छ ।’

    जनताको भविष्य राम्रो बनाउने हो भने चुनावमा प्रतिगामी गठबन्धनलाई पराजित गर्नुपर्ने नेपालले बताए । ‘केपी ओलीको राजावादीसँग साँठगाँठ गर्ने गठबन्धन देश विखण्डन गर्ने गठबन्धनलाई जनताले दण्डित गर्नैपर्छ । जनताले सजाय दिनैपर्छ’ नेपालले भने । तर, आफू समेत सहभागी भएको यो सत्ता गठबन्धन पवित्र उद्देश्यले बनाएको नेपालले दाबी गरे ।

  • एमालेमै रहेर हरिबिजोग भोग्न चाहेनौँ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अत्याचारविरुद्ध बाध्य भएर नयाँ पार्टी खोल्न खाेलेकाे बताएका छन् ।

    नेकपा एसनिकट उपत्यका युवा विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केपी ओलीले संविधान कुल्चिएको, संसद बिघटन गरेको सहेर बस्ने वा विद्रोह गर्ने भन्ने विकल्पमा दोस्रो रोजेको उनले बताए ।

    उनले ओलीसँग बसिरहनुकाे विकल्प नभएकै कारण नयाँ पार्टी गठन गरेको बताए । केपी ओलीसमक्ष आत्मसमपर्ण गर्न नसकेको पनि उनले दाबी गरे । उनले भने, ‘हामी एमालेमै रहेर हरिबिजोग भोग्न चाहदैनौं थियौं । उनीविरुद्ध चट्टानी अडानमा उभियौँ । यही कारण नेपालको रानीतिमा हाम्रो उपस्थिति देखाइ छाड्यौं ।’ अहिले नेकपा एसको ७७ वटै जिल्लामा संगठन विस्तार भएको र अझै पनि संगठनलाई फैलाउन लागि परेको बताए ।

    कार्यक्रममा उनले पार्टीको उदेश्य पुरानो समाजलाई परिवर्तन गर्ने र कुनै पनि अन्याय, अत्याचारको अन्त्य गर्ने रहेको बताए ।

    केही केही नेताहरुका कारण अहिले पार्टी व्यवस्थाप्रति जनताको विश्वास घट्दै गएको पनि उनले बताए । नेताहरूको भ्रष्टचारी व्यवहार र राज्य सत्ताको दुरुपयोगका कारण जनतामा दलिय व्यवस्थाप्रति विश्वास घटेको उनको भनाइ छ ।

    उनले भने, ‘हामी यि व्यवहारमा रहदैनाैँ भनेर सुरु मै संकल्प गर्न जरुरी छ । यसको सुरुवात प्रधानमन्त्रीबाटै हुनुपर्छ । नेताहरू असल आर्दशप्रति सर्मपित हुनुपर्छ । नबिराउनु नडराउनु भन्ने उखान अनुसार काम गर्न जरुरी छ ।’

    कार्यक्रममा उनले कम्युनिष्ट पार्टीबाहेक अन्य पार्टीको भविष्य नरहेको पनि बताए । तर, नामअनुसार काम गर्न भने सक्नुपनर्छ । नाम कम्युनिष्ट काम अरु गर्नेको भविष्य नभएको उनले जनाए ।

  • राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल

    राजनीतिमा ‘म’वादी सँस्कृति बढ्यो : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

    पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, मार्क्सवादको प्रचार गर्नेजस्ता प्रतिबद्धाता बिर्सनु नहुनेको उनको भनाइ छ ।

    उनले कार्यक्रममा नेपालका कम्युनिष्ट पार्टीहरू जहिले पनि देशमा आएका संकट टार्न अग्रसर भएको बताए । राणा सासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिष्ट पार्टीहरूको योगदान अतुलनिय छ ।

    उनले अहिले राजनीतिमा ‘म’वादी सँस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन । उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’

     

  • माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

    माधव नेपाल प्रचण्डतिर, झलनाथ खनाल एमालेतिर लचक

    काठमाडौं । एमालेसँग कार्यगत एकता वा चुनावी मोर्चा बनाउन एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनिच्छुक देखिए पनि सम्मानित नेता झलनाथ खनाल भने सकारात्मक देखिएका छन् ।

    संघीय संसदको निर्वाचनमा पाँचदलीय गठबन्धनका नेतृत्वकर्ता नेपाली कांग्रेसबाट ‘असुरक्षित’ महसुस भएकाे ठानी अध्यक्ष नेपाल माओवादी केन्द्रतिर र खनाल भने पूर्व पार्टी नेकपा एमालेप्रति सकारात्मक देखिएका हुन् ।

    पछिल्लो समयमा वामपन्थी दलबीच सकेसम्म एकता, नभए चुनावी गठबन्धन गर्नुपर्ने विषयमा जोड गरिरहेका खनाल गत स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारप्रति लचक मात्रै भएनन्, मत नै दिन कार्यकर्तालाई निर्देशन दिएका थिए ।

    ‘झलनाथ कमरेडले इलामका अगुवा कार्यकर्तालाई मुखै फोरेर एमालेका राम्रा उम्मेदवारलाई मत दिन निर्देशन दिनु भएको थियो,’ इलामका तुल्सी बस्नेतले भने, ‘जसअनुसार नेकपा एस कमजोर रहेको स्थानमा गठबन्धनका उम्मेदवारलाई मत नहाली एमालेका उम्मेदवारलाई मत हालिएको थियो ।’

    त्यसो त खनालले पछिल्लो समय कांग्रेसलाई बहुमत दिलाउन निरन्तर गठबन्धन गरेर जाने हो भने ‘वामपन्थी आन्दोलन धराप’ मा पर्ने बताएका छन । नुवाकोट-काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा बोल्दै खनालले ‘कांग्रेसलाई पहिलो पार्टी बनाउन किन गठबन्धन गर्नुपर्ने हो ?’ भन्दै प्रश्न मात्रै गरेनन्, ‘वामपन्थीहरू कांग्रेसको पुच्छर बन्न किन जाने ?’ भन्ने अर्को प्रश्न पनि तेर्साएका छन् ।

    कार्यक्रममा खनालले वामपन्थी दलहरूबीच एकता नभए चुनावी गठबन्धन गर्न संसदको सबैभन्दा ठूलो दल एमालेले पहलकदमी लिनुपर्नेसमेत बताएका छन् । ‘संसद्को ठूलो दलका नाताले वामपन्थीहरूबीच एकता, नभए चुनावी मोर्चा बनाउन एमालेले पहलकदमी लिनुपर्छ,’ खनालले भने ।

    स्रोतका अनुसार प्रतिनिधिसभा बैठकमा भेट हुँदा होस् वा टेलिफोन वार्तामार्फत खनाल र एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो समयमा सघन वार्ता भइरहेको छ । पूर्वएमालेहरूलाई एकै ठाउँमा ल्याउनुपर्नेमा ओली-खनाल सकारात्मक देखिए पनि अध्यक्ष नेपाल भने अझै सकारात्मक देखिएका छैनन् ।

    अध्यक्ष नेपाल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ इच्छुक देखिएका छ्न् । गत साता सो विषयमा छलफलसमेत सुरु गरेका प्रचण्ड-नेपालले जनता समाजवादी पार्टीका बाबुराम भट्टराई र उपेन्द्र यादवसहितलाई समेटेर समाजवादी केन्द्र निर्माण गर्नेतर्फ जोड गरिरहेका छन् ।

    गत शनिबार जनकपुर विमानस्थलमा प्रचण्डले माधव नेपाललगायतसँग समाजवादी केन्द्र निर्माण गर्नेतर्फ गम्भीर कुराकानी भइरहेको र सो विषय चाँडै निचोडमा पुग्ने बताए । पूर्व पार्टी एमालेसँग मिल्नुभन्दा पनि प्रचण्डसँग नेपालको हिमचिम बढेर नै होला, खनालले सार्वजनिक रूपमा भन्दै आएका छन्- ‘वामपन्थी एकता अनिवार्य छ तर शीर्ष नेताहरू नै त्यसप्रति इच्छुक छैनन्, जसले समस्या देखा परिरहेको छ ।’ नेकपा एसका अधिकांश नेता एमालेसँग ‘मिल्नुपर्ने’मा जोड गरिरहेका बेला सो पार्टीको मूल नेतृत्व अर्थात् अध्यक्ष नेपाल ‘इच्छुक नभएपछि’ खनाल भने दोधारमा परेकाे नेताहरू बताउँछन् ।

  • हाम्रो काँधमा अनेक चुनौती छन् तर, आत्तिनु पर्ने कारण छैन : माधव नेपाल

    हाम्रो काँधमा अनेक चुनौती छन् तर, आत्तिनु पर्ने कारण छैन : माधव नेपाल

    काठमाडौं । सत्तारुढ नेकपा समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले नेकपाको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शिक्षाबाट दीक्षित भएर नेकपा समाजवादी पार्टी निर्माण गरेको बताएका छन् ।

    नेकपाको संस्थापक महासचिव पुष्पलालको ४४ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली दिन कीर्तिपुरको चम्पादेवी पुगेका नेपालले यस्तो बताएका हुन् । उनले पुष्पलालको शिक्षा दिक्षाबाट दीक्षित भएर नेपालको इतिहासमा कीर्तिमान कायम गरेको बताए ।

    उनले भने, ‘अहिले हाम्रो काँधमा अनेक चुनौतिहरु छन् आत्तिनु पर्ने कुनै कारण छैन । नेपालको इतिहासका पानाहरु निर्माण गरेका छौं । हामीले इतिहासमा कीर्तिमान बनाएका छौं । पुष्पलालको शिक्षा र दिक्षाबाट दीक्षित भएका हामीले नेकपा समाजवादी पार्टी क्रान्तिकारी पार्टी निर्माण गरेका छौं । त्यसको छुटै अस्तित्व छ । अरु भन्दा भिन्न रुपमा प्रस्तुत भएर नै स्वच्छ समर्पित राजनीतिको निमित्त इमानदार राजनीतिको निमित्त देश र जनताको निमित्त केन्द्रित हुनेछ ।’

    उनले कसैले असम्भव ठानेको कुराहरुलाई आफूले सम्भव तुल्याएको दावी समेत गरे । उनले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।

  • कार्यकर्तालाई माधव नेपालको निर्देशन : आफ्नो पालिकाको समस्या नोट गर्नुस्

    कार्यकर्तालाई माधव नेपालको निर्देशन : आफ्नो पालिकाको समस्या नोट गर्नुस्

    काठमाडौं । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आफ्नो पालिकामा भएका समस्या नोट गरेर समाधानको बाटोमा लाग्न निर्देशन दिएका छन् ।

    काठमाडौंमा बुधबार केन्द्रीय पार्टी स्कूल विभागले गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पालिकामा भएका समस्यालाई नोट गरेर प्राथमिकताका आधारमा समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

    शिक्षा, स्वास्थ्य, खानेपानीदेखि पौष्टिक आहारको व्यवस्थालाई ध्यान दिन निर्देशन दिँदै उनले सिँचाइललगायतका भौतिक पूर्वाधारका क्षेत्रमा काम गर्न निर्देशन दिए ।

    केन्द्र सरकारसँँग पहुँच बढाउन पनि आग्रह गरेका अध्यक्ष नेपालले आफ्नो पालिकाको विकास र समृद्धिका लागि योजनावद्ध ढंगले अघि बढ्न निर्देशन दिए ।

  • एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो : माधव नेपाल

    एसपीपी अस्वीकार गर्दा देउवाको अमेरिका भ्रमण रोकियो : माधव नेपाल

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण एसपीपी अस्वीकार गरेका कारण रद्द भएको सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दाबी गरेका छन् ।

    अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्छौं भनेसँगै प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण रद्द भएको उनले दाबी गरेका छन्।

    ‘एसपीपी केपी ओलीको पालामा ल्याएको थाहा भयो । त्यस्तो अवस्थामा शेरबहादुर प्रधानमन्त्रीले त्यसमा हामी अस्वीकार गर्छौं भनेपछि हुन लागेको अमेरिका भ्रमण पनि रद्द भयो’ उनले भने ।

  • चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र माधव नेपालबीच भेटवार्ता

    चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख र माधव नेपालबीच भेटवार्ता

    काठमाडौं । नेपालको चार दिने भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँगको भेटवार्ता गरेका छन् । काठमाडौंस्थित होटेल एभरेष्टमा उनीहरूबीच भेटवार्ता भएको हो ।

    भेटवार्तामा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट अध्यक्ष नेपालसहित सम्मानित नेता झलनाथ खनाल, नेताहरू जयन्ती राई, प्रमेश हमाल, गंगालाल तुलाधर, जगन्नाथ खतिवडा र मोहन गौतम सहभागी थिए ।

    यसअघि जियान्चाओले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेताहरुसँग भेटवार्ता गरेका थिए । सो क्रममा उनले एमालेसहित सबै दलसँग सुदृढ सम्बन्ध आफ्नो प्राथमिकतामा रहेको बताएका थिए ।