Tag: माैसम पूर्वानुमान

  • आज र भाेलि झरी, शनिबारदेखि आउँछ माैसममा सुधार

    आज र भाेलि झरी, शनिबारदेखि आउँछ माैसममा सुधार

    काठमाडौं । मनसुनी वर्षा अझै तीन दिन जारी रहने छ । शनिबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।

    महाशाखाका वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार शुक्रबारसम्म झरी जारी रहनेछ । विशेष गरी कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

    ‘आज र भोलि यस्तै झरी रहन्छ, केही समय वर्षा रोकिए पनि घाम लाग्दैन । शनिबारदेखि पशिचम क्षेत्रबाट मौसम सुधार हुदैँ जानेछ’, मौसमविद् पौडेलले भने ।

    महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङहित भारी वर्षाको समेत सम्भावना छ ।

    रातिको समयमा कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ ।

    शुक्रबार दिउँसो देशभर बदली रही कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा शनिबार पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

  • आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको हुदाँ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

    दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीलगायत प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

    आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाकोसम्भावना रहेको महाशाखाले जनाएको छ ।

  • यस्ताे रहनेछ आज देशभरकाे माैसम, यी स्थानमा भारी वर्षाकाे सम्भावना

    यस्ताे रहनेछ आज देशभरकाे माैसम, यी स्थानमा भारी वर्षाकाे सम्भावना

    काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको हुँदा देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षा भइरहेको छ ।

    आज दिउँसो देशभर सामान्यदेखि पूर्णतया बदली रहनेछ । गण्डकी, लुम्बिनी , कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू भारी वर्षाको समेत सम्भावना रहेका छ भने बाँकी प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ ।

    राती भने कोसी, मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको छ ।

  • माैसम सुधार हुन केही दिन लाग्ने, यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    माैसम सुधार हुन केही दिन लाग्ने, यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यका लगायत देशभर अझै तीन दिन वर्षाको सम्भावना रहेको जनाएको छ ।

    पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आगामी तीन दिनसम्म वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जनाएका हुन् ।

    अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भू–भागहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

    दिउँसो आंशिकदेखि सामान्य बदली रहि पहाडी र तराई भूभागका केही स्थानहरूमा पनि वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएकाे छ ।

    यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    २०८० वैशाख १७ गते (आइतबार)

    दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूर पश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    २०८० वैशाख १८ गते (सोमबार)

    दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

    रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    २०८० वैशाख १९ गते (मंगलबार)

    दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ। पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीː कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू- एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

  • यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    काठमाडाैं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागहरूमा आँशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ ।

    दिउँसाे पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागकाे मौसम सामान्यतया सफा रहनेछ । देशको पहाडी भू-भागका थाेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षााको सम्भावना रहेकाे महाशाखाले जनाएको छ ।

    महाशाखाले चट्याङ्ग, हावा-हुरीबाट हुन सक्ने क्षति बँच्न आवश्यक सतर्कता अपनाउन पनि अनुराेध गरेको छ ।

    आागामी तीन दिनको मौसम :

    २०८० वैशाख १६ गते (शनिबार)

    दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीː देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदूर-पश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    २०८० वैशाख १७ गते (आइतबार)

    दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    २०८० वैशाख १८ गते (सोमबार)

    दिउँसोː देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू-भागका केही तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

    रातीː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू-भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । पहाडी भू-भागका थोरै तथा तराईका एक-दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

  • काठमाडाैं उपत्यकाका डाँडातिर पर्‍याे हिउँ (फाेटाेफिचर)

    काठमाडाैं उपत्यकाका डाँडातिर पर्‍याे हिउँ (फाेटाेफिचर)

    काठमाडाैं । काठमाडौं उपत्यकाका केही डाँडामा हिउँ परेको छ ।

    चन्द्रागिरी, फूलचोकीलगायत डाँडामा आज मध्यान्ह हिउँ परेको हो । हिउँ परेको तस्विर चन्द्रागिरी हिल्स लिमिटेडले आफ्नो फेसबुक पेजमार्फत शेयर गरेको छ ।

    हेर्नुहाेस् तस्बिर :

  • अधिकांश भूभागमा चट्याङसहित वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम

    अधिकांश भूभागमा चट्याङसहित वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम

    काठमाडाैं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका अधिकांश भू–भागमा हल्का वर्षा भइरहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ ।

    दिउँसो कोसी, बाग्मती, तथा गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना छ।

    त्यस्तै, उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    महाशाखाले मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।

    यस्तो छ आगामी तीन दिनको मौसम

    चैत १८ गते शनिबार

    दिउँसोː देशभर सामान्य देखि पूर्ण बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गर हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

    रातीː देशभर आंशिक देखि सामान्य बदली रहने छ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    चैत १९ गते आइतबार

    दिउँसोː कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    रातीː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    चैत २० गते साेमबार

    दिउँसोː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    रातीː सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना

    काठमाडाैं । बिहीबार देशको पहाडी भू–भागहरूमा आंशिक बदली भई बाँकी भू–भागको मौसम सामान्यता सफा रहने माैसमविद्ले बताएका छन् ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागको मौसम पनि सामान्यतया सफा रहनेछ ।

    पहाडी भू–भागका केही स्थानहरुमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    आगामी चौबिस घन्टामा पहाडी भू–भागका एकाध स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

  • यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

    काठमाडाैं । आज देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

    माैसम पूर्वानुमान महाशाखाले सोमबार दिउँसोसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जानकारी दिएको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

    आगामी चौबीस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    आगामी तीन दिनको मौसम

    २०७९ चैत १३ गते (सोमबार)

    दिउँसोː देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९ चैत १४ गते (मंगलबार)

    दिउँसोː कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भ–भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    रातीː कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन रचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    २०७९ चैत १५ गते (बुधबार)

    दिउँसोː देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

    रातीː सुदुर पश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

  • कहाँ-कहाँ छ वर्षाकाे सम्भावना ?

    कहाँ-कहाँ छ वर्षाकाे सम्भावना ?

    काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती भने कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका पहाडी भू भागका एक दुई स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।