• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आजको मौसम : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव रहेको हुदाँ हाल देशभर आंशिक देखि सामान्य बदली रही कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।

दिउँसो कोशी, बागमती, गण्डकी र कर्णालीलगायत प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू–भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

आज राति भने देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाकोसम्भावना रहेको महाशाखाले जनाएको छ ।