Tag: शेरबहादुर देउवा

  • प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

    प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कोभिड संक्रमण देखिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा शनिबारदेखि आइसोलेसनमा बसेका थिए ।

    शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकमा प्रचण्ड सहभागी भएका थिए ।

    प्रचण्डलाई कोभिड देखिएपछि देउवालाई पीसीआर रिपोर्ट नआउँदासम्म आइसोलेसनमा बस्न चिकित्सकले सुझाव दिएका थिए ।

  • देउवाले गरे १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

    देउवाले गरे १० जना नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना केन्द्रीय सदस्य मनोनयन गरेका छन् ।

    विधानको धारा २१ को उपधारा १० बमोजिम सभापति देउवाले केन्द्रीय सदस्य मनोनयन गरेकाे नेपाली कांग्रेसले जनाएको छ ।

    देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डाक्टर प्रकाशशरण महत, डाक्टर नारायण खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

    प्रकासमान सिंह र विमलेन्द्र निधि सभापतिको पहिलो चरणको चुनावमा पराजित भएका थिए । यस्तै, विजयकुमार गच्छदार उपसभापति र प्रकासशरण महत महामन्त्रीमा पराजित भएका थिए ।

    कांग्रेसको विधानमा ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान छ । सभापतिका निकटम प्रतिस्पर्धी स्वत: केन्द्रीय सदस्य हुने व्यवस्था अनुसार शेखर कोइराला केन्द्रीय सदस्य भइसकेका छन् ।

  • कांग्रेस वरीयता : देउवापछि पूर्णबहादुर खड्का, गगनपछि विश्वप्रकाश (सूचीसहित)

    कांग्रेस वरीयता : देउवापछि पूर्णबहादुर खड्का, गगनपछि विश्वप्रकाश (सूचीसहित)

    काठमाडाैं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको वरीयता तोकेको छ ।

    सभापति शेरबहादुर देउवा पहिलो नम्बरमा छन् । कांग्रेसले पदाधिकारी, यो केन्द्रीय समितिमा निर्वाचित भएका पूर्वपदाधिकारी र अहिले निर्वाचित केन्द्रीय सदस्यहरूलाई क्रमश: वरीयतामा मिलाएर राखेको छ ।

    दोस्रो वरीयतामा उपसभापति पूर्णबहादुर खड्का र तेस्रोमा धनराज गुरूङ छन् । महामन्त्री गगन थापा चौंथो नम्बरमा छन् भने विश्वप्रकाश शर्मा उनको पछाडि छन् ।

  • एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठकको तयारीमा प्रधानमन्त्री देउवा

    एमसीसीबारे छलफल गर्न सर्वदलीय बैठकको तयारीमा प्रधानमन्त्री देउवा

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा संसद्को अवरोध हटाउनेलगायत समसामयिक विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सहितका राजनीतिक दलसँग परामर्श गर्न सर्वदलीय बैठकको तयारीमा जुटेका छन् ।

    शुक्रबार सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटमा देउवाले विपक्षी दलसँगको सहमति र सहकार्यबाटै संसद्को अवरोध अन्त्य गर्न सर्वदलीय बैठक आह्वान गर्ने आशय व्यक्त गरेका थिए ।

    अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदीय अनुमोदनको प्रक्रियामा लैजाने, भुक्तानी सन्तुलन नकारात्मक हुँदा अर्थतन्त्रमा परेको चाप कम गर्न अपनाउनुपर्ने उपायजस्ता विषयमा पनि सर्वदलीय बैठक छलफल हुने बताइएको छ ।

    सर्वदलीय बैठकबारे सत्ता साझेदार अर्को दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग आजै प्रधानमन्त्रीले भेट्दैछन् । अन्य सहयोगी दलका शीर्ष नेताहरूसँग पनि परामर्श गरेर शनिबार वा आइताबार सर्वदलीय बैठक आयोजना गर्ने देउवाको तयारी छ ।

  • खेलाडीमाथि कारबाही गरिएको विषयमा प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

    खेलाडीमाथि कारबाही गरिएको विषयमा प्रचण्डले गराए देउवाको ध्यानाकर्षण

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नेपाली क्रिकेटका खेलाडीहरूमाथि गरिएको कारबाहीको ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री देउवालाई प्रचण्डले शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत् जानकारी दिएकी हुन् ।

    यसअघि नेपाल क्रिकेट संघ (क्यान) को बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानबाट हटाएको थियो । मल्ल र ऐरीसहित अलराउन्डर सोमपाल कामी र बलर कमलसिंह ऐरीलाई सन् २०२२ को वर्गीकरणबाट प्राप्त हुने ६ महिनाको तलब नदिने निर्णय गरेकाे थियो ।

    यस्तै, भेटका क्रममा अध्यक्ष प्रचण्डले देउवालाई नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएकोमा बधाई तथा शुभकामना प्रदान गरेका थिए ।

    भेटमा समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाउने सहमति भएको पनि बताइएको छ ।

    सम्बन्धित समाचार

    अनुशासन उल्लंघन गरेकाे आरोपमा कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्र हटाइए

  • यस्तो छ नेपाली कांग्रेसको सभापतिमा निर्वाचित देउवाको राजनीतिक जीवन

    यस्तो छ नेपाली कांग्रेसको सभापतिमा निर्वाचित देउवाको राजनीतिक जीवन

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी विजयी भएको हो । देउवा दोस्रो कार्यकालका लागि सभापतिमा विजयी भएका हुन् ।

    सभापति देउवा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भएका हुन् । मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा. कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेका थिए । जम्मा ३५ मत बदर भएको थियो ।

    सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित छन् ।

    कांग्रेसका संस्थापक नेता बिपी कोइरालाका प्रेरणाबाट राजनीतिमा होमिएका देउवाको जन्म २००३ साल जेठ ३१ गते डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा भएको हो । उनी हाल बूढानीलकण्ठ नगरपालिका भद्रकालीमा बसोबास गर्दै आएका छन् ।

    विसं २०१७ को राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर सक्रिय उनी विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन् । प्राथमिक शिक्षा गृह जिल्ला, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् ।

    नेपाल विद्यार्थी सङ्घका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लण्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो हुन् । विसं २०४८, २०५१, २०५६ र २०७४ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए ।

    विसं २०४८ मा गृहमन्त्री बनेका देउवाले हालसम्म गरी पाचौँ पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । पहिलोपटक २०५२ भदौ २६ देखि २०५३ फागुन २६ गतेसम्म प्रधानमन्त्री भएका देउवा २०५८ साउन ७ गतेदेखि २०५९ असोज १८ गतेसम्म दोस्रोपटक प्रधानमन्त्री भएका थिए । सोही वर्ष असोज १८ मा उनलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए ।

    प्रधानमन्त्री देउवा २०६१ साल जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री बनेपछि राजा ज्ञानेन्द्रले उनलाई २०६१ साल माघ १९ गते पुनः पदबाट बर्खास्त गरेका थिए ।

    प्रधानमन्त्री हुँदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेशलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम) को अवधारणा ल्याएर जनताको विश्वास जितेका थिए । उनका पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका हुन् ।

    पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ सालमा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक) मा उनी सभापति बने । पछि विसं २०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) को एकतापछि उनी वरिष्ठ नेता भएका हुन् । त्यसपछि विसं २०७२ फागुन २४ मा सम्पन्न कांग्रेसको १३ औँ महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गरी सभापतिमा निर्वाचित भएका थिए । सभापति एवं पार्टी संसदीय दलका नेता देउवाले व्यवस्थापिका–संसद्को बैठकबाट २०७४ साल जेठ २३ गते चौथो पटक प्रधानमन्त्रीमा निर्वाचित भई नेपालको संविधानअनुसार सङ्घीय संरचनाका तीन तहका निर्वाचन गराएका थिए ।

    सभापति देउवा २०७८ साल असार २९ गते पाचौँ पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका हुन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनका सम्बन्धमा परेका विभिन्न निवेदनमाथि सुनुवाइ गरी असार २८ गते पुनःस्थापनाको फैसलाका साथ उनलाई दुई दिनभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति कार्यालयका नाममा परमादेश जारी गरेको थियो ।

    सन् २००८ देखि २०१२ सम्म सोसलिष्ट इन्टरनेसनलका उपाध्यक्ष उनी सन् २०१३ देखि उक्त संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्ष हुन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् ।

  • देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहकाे निर्णय

    देउवालाई समर्थन गर्ने प्रकाशमान सिंहकाे निर्णय

    काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

    देउवासँगको भेटपछि नेता प्रकाशमानले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

    भेटपछि पत्रकारहरूसँग कुरा गर्दै नेता सिंहले भने, ‘हामीले दोस्रो चरणको निर्वाचनमा देउवाजीलाई सहयोग गरेर जाने निर्णय गरेका छौं ।’

  • कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाले गरे मतदान

    कांग्रेस १४औँ महाधिवेशन : प्रधानमन्त्री देउवाले गरे मतदान

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्यको निर्वाचनका लागि मतदान गरेका छन् । सभापतिका प्रत्यासी देउवाले राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

    एकैपटक धेरैले मतदान गर्ने व्यवस्थाका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप प्राङ्गण र भृकुटीमण्डपको हलमा गरी सयौँ बुथ राखिएको छ । भृकुटीमण्डपका दुई स्थानमा दुई हजार १०० र एक हजार ३०० तथा राष्ट्रिसभागृहमा एक हजार ३०० मतदाताका लागि मतदान गर्ने प्रबन्ध मिलाइएको छ । अहिलेसम्म तीनवटै मतदान केन्द्रबाट करिब २०० जनाले मतदान गरेकाे निर्वाचन समितिले जनाएको छ । एक जना प्रतिनिधिलाई मतदान गर्न करिब आधा घण्टा समय लाग्ने जनाइएको छ ।

    साेमबार बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन तालिका रहे पनि प्राविधिक कारण केहीबेरअघि मात्रै मतदान सुुरु भएको हो । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । कांग्रेस विधानअनुसार १६७ सदस्यीय कार्यसमितिमध्ये १३४ पदमा निर्वाचन हुने र बाँकी ३३ सदस्य केन्द्रीय सभापतिबाट मनोनीत हुने व्यवस्था छ ।

    कोभिड–१९ महामारीको सम्भावित जोखिमलाई मध्यनजर गर्दै मतदाताका लागि ‘फुलबडी’ स्यानिटाइजको व्यवस्था गरिएको छ । मतदानस्थल परिसरमा सुरक्षा व्यवस्था चुस्त र प्रभावकारी बनाइएको छ ।

    महाधिवेशनमा महाधिवेशन प्रतिनिधिको सङ्ख्या जम्मा ४ हजार ७४३ रहेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

    यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएका व्यक्तिबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानमा व्यवस्था छ ।

  • देउवाको गुनासाे : सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्छ

    देउवाको गुनासाे : सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्छ

    काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४‍ औं महाधिवेशनबाट आफू सभापति चुनिए वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् ।

    आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन् । देउवाले सभापतिमा आफू हारेमा सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्ने भन्दै जित्नैपर्ने दबाव रहेको उल्लेख गरे ।

    प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति हारे प्रधानमन्त्रीबाट आफूलाई हटाउने बताए । उनले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताए । प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने धारणा पनि राखे ।

    उनले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धता समेत जनाए । प्रधानमन्त्री देउवाले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत जानकारी गराए ।