देउवाको गुनासाे : सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्छ

काठमाडाैं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४‍ औं महाधिवेशनबाट आफू सभापति चुनिए वर्तमान सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन् । देउवाले सभापतिमा आफू हारेमा सभापति नजित्‍नेले के देश चलाउँछ भन्दै होहल्ला हुन सक्ने भन्दै जित्नैपर्ने दबाव रहेको उल्लेख गरे ।

प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति हारे प्रधानमन्त्रीबाट आफूलाई हटाउने बताए । उनले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरूलाई लिएर स्थानीय तहदेखि केन्द्रीय तहसम्मको सरकार बनाउने बताए । प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने धारणा पनि राखे ।

उनले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली कांग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धता समेत जनाए । प्रधानमन्त्री देउवाले प्रतिनिधिलाई सम्बोधन गर्दै कांग्रेसलाई सबैको पार्टी बनाएर लैजानुपर्ने भएकाले सबै जनजातिलाई आरक्षण दिएको समेत जानकारी गराए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१