Tag: सन्दीप लामिछाने

  • आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न युएई गए सन्दीप लामिछाने

    आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न युएई गए सन्दीप लामिछाने

    काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग टु खेल्न सन्दीप लामिछाने संयुक्त अरब इमिरेट्सको दुबई गएका छन् ।

    उनले अब नेपाली टिममा श्याम ढकाल (मौसम) को ठाउँ लिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

    सर्वोच्च अदालतले विदेश जान अनुमति लिनुनपर्ने आदेश दिएपछि क्यानले उनलाई युएई पठाउने तयारी सुरु गरेको थियो । उनी बुधबार दिउँसो ३ बजे युएई गएका हुन् ।

    क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ ।

  • सन्दीपकाे नाम खेलाडीकाे सूचीमा, आजै यूएई जाने तयारी

    सन्दीपकाे नाम खेलाडीकाे सूचीमा, आजै यूएई जाने तयारी

    काठमाडौं । सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएई जाने तयारीमा छन् ।

    युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् ।

    नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।

    टिमकाे एकजना खेलाडी बिरामी भएकाे र उनकाे स्थानमा सन्दीपकाे नाम राखिएकाे बताइएकाे छ । यद्दपी कसकाे नाम हटाइएकाे भन्नेबारे खुलाइएकाे छैन ।

    लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।

  • सन्दीप लामिछानेको मुद्दा भोलिका लागि ‘हेर्दाहेर्दैमा’

    सन्दीप लामिछानेको मुद्दा भोलिका लागि ‘हेर्दाहेर्दैमा’

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले दायर गरेको मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको छ ।

    न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा मुद्दाको बहस नसकिएपछि मुद्दा भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

    बलात्कार आरोपित लामिछानेले उच्च अदालतको प्रतिबन्धात्मक आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

    आजको इजलासमा लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापासहित कृष्ण प्रसाद सापकोटा, सविता भण्डारी बराल, मुरासी सापकोटाले बहस गरेका थिए ।

    यस्तै, सन्दीपका बाँकी वकिलले सोमबार बहस गर्नेछन् । यस्तै, आज पीडितको तर्फबाट शान्ति रिसाल काफ्लेसहितको ३ जनाले बहस गरे भने सरकारी वकिलको तर्फबाट सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीले बहस गरे ।

  • सन्दीपकाे मुद्दामा सर्वाेच्चमा सुनुवाई आज, उच्च अदालतकाे आदेश बदर भए पुन: थुनामा

    सन्दीपकाे मुद्दामा सर्वाेच्चमा सुनुवाई आज, उच्च अदालतकाे आदेश बदर भए पुन: थुनामा

    काठमाडाैं । बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेकाे मुद्दामा आज सर्वाेच्चमा सुनुवाई हुँदै छ । धरौटीमा छाडेको ठीक छ कि पुनः थुनामै फर्काउनुपर्ने हो भन्ने विषयमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुन लागेकाे हाे ।

    उच्च अदालत पाटनले २० लाख धरौटीमा छाडेपछि लामिछाने कारागार बाहिरै रहेर मुद्दा लडिरहेका छन् । उच्च अदालत पाटनको फैसला बदर गरेको खण्डमा सर्वाेच्चले सन्दीपलाई पुनः थुनामै पठाउन पनि सक्छ ।

    यसैबीच, सन्दीपले आफूलाई विदेश जान अनुमति दिनुपर्नेलगायत माग गर्दै दिएको निवेदनमा पनि आज सर्वाेच्चले सुनुवाइ गर्दै छ । दुवै निवेदनमाथि सर्वाेच्चले सुनुवाइ गर्ने भएको हो ।

    सरकारले सन्दीपलाई थुनामै राख्नुपर्ने माग गरेको छ भने सन्दीपले धरौटी रकम घटाउनुपर्ने, विदेश जान लगाइएको प्रतिबन्ध हटाउनुपर्ने तथा आफ्नो मानमर्यादामा आँच पुर्‍याएकाले क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

    जबर्जस्ती करणीको मुद्दामा उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको छ ।

  • अदालतले दिएन सन्दीपलाई विदेश जाने अनुमति

    अदालतले दिएन सन्दीपलाई विदेश जाने अनुमति

    काठमाडाैं । क्रिकेटर सन्दीप लामिछाने तत्काल विदेश जान नपाउने भएका छन् । सर्वोच्च अदालतले उनलाई विदेश जान अनुमति दिने नदिने आइतबार मात्रै निर्णय गर्ने भएको छ ।

    सन्दीपले क्रिकेट खेल्न युएई जान पाउनु पर्ने मागसहित बिहीबार दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले सरकारले दायर गरेको रिट पनि सँगै पेश गरेर आइतबारका लागि पेशी तोक्न भनेको हो ।

    सर्वोच्चको यो आदेशसँगै सन्दीप टोलीसँगै युएई जान नपाउने भएका छन् । नेपाली क्रिकेट टोली शनिबार युएई प्रस्थान गर्दैछ ।

    जबरजस्ती करणीको मुद्दामा यसअघि उच्च अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि विदेश जान भने प्रतिबन्ध लगाएको थियो । त्यसविरुद्ध सन्दीपले सर्वोच्चमा निवेदन गरेका थिए । तर उनको अपिल अनुसार आदेश हुने नहुने भन्ने टुंगो लाग्न समय लाग्ने भएको हो ।

    उच्च अदालतले पुस २८ गते सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएपछि त्यसविरुद्ध पीडितको तर्फबाट उच्च सरकारी वकिल कार्यालयले सर्वोच्चमा निवेदन गरेको छ । सन्दीपलाई थुनामै राखेर पुर्पक्ष गर्नु पर्ने पीडित पक्षको माग छ ।

    आइतबार उनको पक्षमा आदेश आएमा बाँकी खेलका लागि उनलाई युएई लाने क्यानको तयारी छ ।

  • सन्दीपको मुद्दाको पेशी आज पनि स्थगित

    सन्दीपको मुद्दाको पेशी आज पनि स्थगित

    काठमाडौं । बलात्कार आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेको काठमाडौं जिल्ला अदालतको पेशी सोमबार पुनः स्थगित भएको छ ।

    न्यायाधीश उपस्थित हुन नसकेपछि पेशी स्थगित भएको सन्दीपका वकिल सरोज कृष्ण घिमिरेले जानकारी दिए ।

    सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा परेको थियो । उनको मुद्दा नवौं नम्बरमा रहेको भए पनि न्यायाधीश अनुपस्थित रहने भएपछि पेशी स्थगित भएको हो ।

    सन्दीपको मुद्दाको अन्तिम फैसला हुन बाँकी छ । सन्दीपले पुनरावेदन गरेपछि पाटन उच्च अदालते उनलाई विभिन्न सर्तसहित २० लाख धरौटीमा छाडेको थियो ।

    सन्दीप धरौटीमा छुटेसँगै क्यानले पनि उनीमाथिको निलम्बन फुकुवा गर्दै उनी अहिले राष्ट्रिय टिमबाट क्रिकेट खेलिरहेका छन् ।

  • सन्दीपविरूद्ध मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

    सन्दीपविरूद्ध मुद्दामा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

    काठमाडौं । नाबालिग बलात्कारको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धमा सर्वोच्च अदातले कैफियत प्रतिवेदन मागेको छ ।

    न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छोड्ने आदेश मागेको हो ।

    न्यायाधीश फुयालको इजलासले कैफियत प्रतिवेदन मागेको आदेश अदालतको वेबसाइटमा उल्लेख छ । उच्च अदालत पाटनबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि मुद्दा सुनुवाइका लागि पेशी तोकिनेछ ।

    लामिछानेलाई धरौटीमा छोड्ने उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै सर्वोच्चमा सरकारका तर्फबाट महान्यायाधीवक्ता कार्यालयले निवेदन दिएको थियो ।

    उच्च अदालत पाटनले पुस २८ गते लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

  • सन्दीपविरुद्धकाे मुद्दा न्यायाधीश फुयालकाे इजलासमा

    सन्दीपविरुद्धकाे मुद्दा न्यायाधीश फुयालकाे इजलासमा

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश बदर गर्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले दिएको निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

    लामिछाने विरुद्धको मुद्दा न्यायाधीश हरि प्रसाद फुयालको इजलासमा परेको छ ।

    जबरजस्ती करणीको मुद्दा खेपेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न २८ पुसमा उच्च अदालत पाटनले आदेश दिएको थियो ।

  • सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

    सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा समावेश

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को खेलाडी छनोट समितिले सन्दीप लामिछानेलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।

    क्यानले निलम्बन फुकुवा गरेपछि सन्दीप पुनः टीममा परेका हुन् ।

    निलम्बन फुकुवासँगै पूर्वकप्तान लामिछाने राष्ट्रिय क्रिकेट टिममा समावेश भएको क्रिकेट टोलीका प्रमुख छनोटकर्ता दीपेन्द्र चौधरीले बताए ।

    सन्दीप टिमलाई आवश्यक परेको हुनाले फर्काइएको उनको भनाइ छ । सन्दीपले बिहीबार प्रमुख प्रशिक्षक मोन्टी देशाईसँग कीर्तिपुरमा भेट पनि गरिसकेका छन् ।

    क्यानको पोखरामा सम्पन्न बोर्ड बैठकले सन्दीपलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

    केही अघि मात्रै सन्दीप उच्च अदालत पाटनको आदेशले बलात्कार मुद्दामा धरौटीमा रिहा भएका थिए ।

    तर, उनलाई हिरासतमै राखेर कानुनी प्रक्रिया अघि बढाइनु पर्ने भन्दै सर्वोच्च अदालतमा फेरि अर्को रिट निवेदन परेको छ ।

  • सन्दीप जेल मुक्त

    सन्दीप जेल मुक्त

    काठमाडौं । बलात्कार आरोप लागेका क्रिकेटर कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागारबाट निकालेर जिल्ला अदालत काठमाडौं लगिएको छ।

    आज दिउँसो उनलाई केन्द्रीय कारागार सुन्धाराबाट कारागारबाट जिल्ला अदालत काठमाडौं लगिएको हो। अदालतमा तारेख बुझेपछि उनलाई कैदमुक्त गर्न फेरि कारागार ल्याइने जेलर ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए।

    उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको थियो।

    जिल्ला अदालत काठमाडौंको थुनछेक आदेशविरूद्ध उच्च अदालत पाटनमा दिइएको पुनरावलोकनको निवेदनमाथि सुनुवाइमा धरौटीमा लिएर थुनामुक्त गर्न आदेश गरेको हो।

    पाटन उच्च अदालतका रजिष्ट्रार ठगिन्द्र कट्टेलका अनुसार लामिछाने काठमाडौं उपत्यका बाहिर जाँदा जिल्ला प्रहरी कार्यालय काठमाडौंको अनुमति लिनुपर्नेछ भने पीडित परिवारलाई कुनै पनि माध्यमबाट सम्पर्क गर्न, डर, त्रास वा धम्की दिन नपाउने गरी थुनामुक्त गरिएको हो।

    गत कात्तिक १६ मा जिल्ला अदालत काठमाडौंमा लामिछानेविरूद्ध परेको मुद्दामा थुनछेक बहस सुरू भएको थियो। लामिछानेका कानुन व्यवसायीले किशोरी नाबालिग नरहेको जिकिर गर्दै आएका थिए।

    लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।

    सरकारी वकिल कार्यालयले दर्ता गरेको मुद्दामा लामिछानेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुनुपर्ने मागसमेत गरिएको थियो।

    लामिछानेले भने आफूविरूद्ध लागेको बलात्कार आरोप अस्वीकार गर्दै आफू निर्दोष रहेको र बलात्कार नगरेको बयान दिएका थिए। लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परेका थिए।