काठमाडौं । सर्वोच्च अदालतले विदेश जान लागेको यसअघिको रोक खुला गरिदिए पछि क्रिकेटर सन्दीप लामिछानेले युएई जाने तयारीमा छन् ।
युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन् ।
नेपाल क्रिकेट सङ्घले लामिछानेको नाम खेलाडीको सूचीमा राखिसकेको छ ।
टिमकाे एकजना खेलाडी बिरामी भएकाे र उनकाे स्थानमा सन्दीपकाे नाम राखिएकाे बताइएकाे छ । यद्दपी कसकाे नाम हटाइएकाे भन्नेबारे खुलाइएकाे छैन ।
लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए ।