Tag: सीके राउत

  • ‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’

    ‘जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन्’

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जनताका दबिएका आवाजहरु, कमैयाका मुक्तिहरु र वर्गीय संघर्षको आवाज बोल्नुपर्ने समय आएको बताएका छन् ।

    शनिबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले सदियौंदेखि आगनमा टेक्न दिइदैन, एउटा मान्छेलाई देवता छुन दिइदैन्, पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यसैले वर्गीय संघर्षको आवाज बोल्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘जनताले छल चाहेका छैनन् । जनताले हातेमालो चाहेका छन् । ति जनताले कप्टी नेता खोजेका छैनन्, ति जनताले डा.सिके राउत र रेशम चौधरी जस्तो उदारवादी नेता खोजेका छन् । डा.सिके राउत र मैंले हात रहँदा दुईवटै पार्टीको संरक्षक बनाउने भन्नुभयो । म न त संरक्षक चाहन्छु न त अध्यक्ष नै । म यतिमात्रै चाहन्छु कि दबिएका आवाजहरु, कमैया मुक्ति चाहन्छु । सदियौंदेखि आगनमा टेक्न, देवता छुन र पधेँरोको पानी निकालेर पिउन दिइँदैन् त्यो वर्गीय संघर्षको आवाज रेशम चौधरीले बोल्ने की नबोल्ने ? त्यो बोल्नका लागि एउटा मात्र फोरम भएर हुँदैन रहेछ । देशमा आवाज सुनाउनका निम्ति राजनीतिक फोरम चाहिदोरहेछ ।’

    साथै उनले सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन साथै देशको संविधानले अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुन नहुने बताए । उनले चुनावमा जिते नजिते पनि आफ्नो प्रतिवद्धता थारु समुदायसँग रहेको बताए ।

    उनले भने, ‘म चुनावमा जितौंला, नजितौंला तर मेरो प्रतिवद्धता थारु समुदायसँग छ । यात्रामा साथी गुमाउन चाहँदैनौं । यात्रामा हातेमालो गर्न चाहन्छौं । मान्छेले धेरै कुरा गर्छन् । सुँगुरको मासु खानको लागि खस, आर्य र थारुको वर्गीय विभाजन हुनु हुँदैन । संविधानमा प्रत्येकको अधिकार प्राप्तीका लागि पनि खस, आर्य र थारुको अधिकार फरक फरक हुनुहुँदैन ।’

    थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै सकिदैन : डा.राउत

    यसैगरी जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन आफू सधैं तत्पर रहने बताए । उनले थारु र कमैयाहरुको समस्या समाधान गर्न एक्लै नसकिने र यसमा मिलेरै जानुपर्ने बताए ।

    उनले भने, ‘हामी सबैजना मिलेर गयौं भने थारु र कमैयाहरुको समस्या समाधान गर्न सक्छौं । आफ्ना मागहरु पूरा गर्न सक्छौं । कञ्चनपुर जिल्लामा विस्थापित थारुहरु, कमैयाहरु जुन बसिरहेका छन् उनीहरुको जग्गा उपलब्ध गराउन म सधैं तत्पर छु ।’

    बैठकमा सिके राउतले नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी नागरिक उन्मुक्तिबीच पार्टी एकताको अन्तिम तयारी भएको छ । तराई मधेशको सबैभन्दा ठुलो दल बनाउने दुई पार्टी एकताको लागि सहमत भएका हुन् ।

  • जनमत पार्टीकाे निर्णय : सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य

    जनमत पार्टीकाे निर्णय : सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य

    काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य गरेकाे छ ।

    आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पदाधिकारीहरूलाई पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमनसमेत गर्ने निर्णय गरेको हाे ।

    उनका अनुसार पार्टीका सम्पूर्ण पदाधिकारीहरूले सामान्यतः हरेक दिन पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, एक्स, टिकटक आदि) मा गर्नु पर्नेछ ।

    बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’

    पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ-आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्न समेत निर्देशन दिइएको छ ।

    पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरूद्धमा अभिव्यक्ति दिने, बोल्ने/लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्न नपाइने भएको छ ।

     

  • कांग्रेस इमान्दार रह्यो भने मधेशमा जनमतको मुख्यमन्त्री बन्छ : सीके राउत

    कांग्रेस इमान्दार रह्यो भने मधेशमा जनमतको मुख्यमन्त्री बन्छ : सीके राउत

    काठमाडाैं । सत्ताबाट बाहिरिएको जनमत पार्टीका अध्यक्ष सीके राउतले आगामी वैशाख १० गते बारा–२ मा हुने उपनिर्वाचनपछि आफ्नो पार्टीबाट मुख्यमन्त्री बन्ने दाबी गरेका छन् ।

    यस विषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेससँग सहमति भएको दाबी पनि उनले गरेका छन् ।

    ‘मधेश प्रदेशका मुख्यमन्त्रीको उपनिर्वाचनपछि आफैँ बहिर्गमन हुँदै छ’, राउतले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चैत्र १५ गतेको माओवादी, कांग्रेस र जनमतको सहमतिप्रति कांग्रेस इमान्दार रहने हो भने उपनिर्वाचनपछि मधेशमा जनमतको मुख्यमन्त्री बन्दै छ, नभए कांग्रेसको ।’

    प्रधानमन्त्री आफैँ कति दिन टिक्ने ठेगान नभएको टिप्पणी गर्दै अध्यक्ष राउतले यस्तो अवस्थामा जनतालाई दिग्भ्रमित गर्न सत्ताधारीहरूले अतिरञ्जित अभिव्यक्ति दिनुको अर्थ नभएको उल्लेख गरेका छन् ।

    बारा-२ मा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बनेका छन् ।

    उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिएको हो । जनमत पार्टीबाट खानेपानी मन्त्री बनेका अब्दुल खानले यही चैत १७ गते पदबाट राजीनामा दिएका हुन् ।

  • सिके राउतले भित्र्याए माओवादीका प्रभावशाली नेता कुशवाह

    सिके राउतले भित्र्याए माओवादीका प्रभावशाली नेता कुशवाह

    काठमाडाैं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्रप्रसाद कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् । कुशवाह वैशाख १० को उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नकै लागि जनमत पार्टी प्रवेश गरेका हुन् ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले कुशवाहलाई जनमत पार्टीमा प्रवेश गराएका हुन् ।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले जनमत पार्टीले बारा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा कुशवाहलाई उम्मेदवार बनाउने घोषणा गरेका छन् ।

    गत मंसिरमा सम्पन्न भएको निर्वाचनमा एमाले–जसपा गठबन्धनका उम्मेदवार रामसहायप्रसाद यादवसँग मात्र तीन सय ५४ मतले पराजित भएका कुशवाह यसपटक जनमत पार्टीबाट उम्मेदवार बन्ने भएका छन् ।

    जसपा अध्यक्ष उपेन्द्र यादव वैशाख १० मा हुने उपनिर्वाचनमा बारा २ बाट उठ्ने तयारी गरेका छन् । उपनिर्वाचनपछि उपेन्द्र यादव विजयी भए मधेस प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिने सर्तमा कांग्रेसले पनि यादवलाई समर्थन गर्ने भएको छ ।

  • अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्नुपर्छ : सीके राउत

    अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्नुपर्छ : सीके राउत

    काठमाडाैं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अबको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताएका छन् ।

    मंगलबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका विधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अबको राष्ट्रपतिले काम गर्नुपर्ने बताएका हुन् ।

    यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका विधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखाैँ युवाहरु नागरिकता विहीन हुनपुगेको उनको भनाइ छ ।

    राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिए । उनले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताए ।

    अरु पार्टीहरुको विभिन्न कारणहरु रहे पनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थिति नबनेको उनकाे भनाइ छ ।

  • सिके राउत र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    सिके राउत र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

    काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

    मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

    उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन् ।

    सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन् ।

    यही शिलशिलामा उनले मंगलबार राष्ट्रपतिलाई समेत भेटेका हुन् ।

  • बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

    बाबुराम भट्टराई र सीके राउतबीच भेटवार्ता

    काठमाडाैं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ।

    पूर्वप्रधानमन्त्री भट्टराई र नवनिर्वाचित प्रतिनिधिसभा सदस्य राउतबीच सोमबार भेटवार्ता भएको हो।

    भेटवार्ताको तस्बिर भट्टराईले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेका छन्।

    ‘जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र अन्य उच्च पदाधिकारीसँग समसामयिक राजनीतिबारे उपयोगी छलफल,’ उनले लेखेका छन् ।

  • छलाङ मारेका सीके राउतलाई कति विश्वास गर्ने ?

    छलाङ मारेका सीके राउतलाई कति विश्वास गर्ने ?

    काठमाडाैं । जनमत पार्टीका अध्यक्ष सीको राउतले मधेसमा छलाङ मारेपनि उनीमाथि शंका उपशंका झन बढेको छ । एकपछि अर्को गर्दै राजनीतिक मुद्दामा फेरिएको अडानले उनीमाथि शंका बढाएको हो ।

    मधेस केन्द्रीत जसपा र लोसपाका नेताहरुको अलोकप्रियता र गैरजिम्मेवारीपन नै सीके राउत उदय हुनुको मुख्य कारण हो । नेपाल आमालाई अश्लील गालीगर्दै राजनीतिमा आएका सीकेले शान्तिपूर्ण राजनीतिमा आएसंगै जनमतसंग्रहको माग गरेका थिए । जनमत संग्रह हुनुपर्ने प्रमुख मुद्दाकै आधारमा उनले आफनो पार्टीको नाम जनमत राखेका हुन् ।

    तर, स्थानीय तहको निर्वाचनपछि सीकेले आफना सबै राजनीतिक मुद्दालाई तिलाञ्जली दिएकाछन् । उनलाई आफन्त र परिवारवादको आरोप लागेको छ ।

    स्थानीय तहको निर्वाचनसंगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफन्त र परिवारका सदस्यलाई मात्र टिकट बाँडेपछि उनीमाथि यो आरोप लागेको हो ।

    तुलनात्मकरुपमा उपेन्द्र यादव र महन्थ ठाकुरको समूह भन्दा सीके इमान्दार हुनसक्ने विश्वासको आधारमा उनलाई मधेसमा बलियो शक्तिकारुपमा जनताले जिताएका छन् ।

    सीकेले सप्तरी क्षेत्र नं २ बाट उपेन्द्र यादव जस्तो शक्तिशाली नेतालाई दोबर भन्दा बढी मतले हराएकाछन् ।

    राउतको उदयसँगै पुराना मधेशी दलहरू आत्मालोचना गर्न बाध्य भएका छन्। सीकेको उदायलाई मधेसमा “नयाँ युगको सुरुवात“का रूपमा व्याख्या गर्न थालिएको छ ।

    देशकै ठूला दल वा मधेश केन्द्रित पुराना दलहरूले जनता समक्ष सेवा प्रवाहबारे कुनै ध्यान नदिएकाले आफू निर्वाचनमा होमिएको राउतको भनाइ छ ।

    सीके राउत नेतृत्वको जनमत पार्टीले शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत आवश्यकता एवं किसानका समस्यालाई मूल मुद्दा बनाएको छ ।

    यी मुद्दा सम्बन्धी समस्या सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेर निर्वाचनमा होमिए पनि राउतको मधेशबारे स्पष्ट धारणा सार्वजनिक हुन सकेको छैन । मधेसलाई अलग्गै राज्य बनाउने अभियान उनले छाडेका हुन वा होइनन् प्रष्ट भएको छैन ।

    कुनै समय स्वतन्त्र मधेश राज्यको मागसहित आन्दोलन गर्दै आएका विवादास्पद नेता राउतले आफ्नो पृथक्तावादी अभियान परित्याग गरेर मूलधारको राजनीतिमा आएको विश्वास गर्न गाहे छ ।

  • रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

    रेशम चौधरी भेट्न डिल्लीबजार कारागार पुगे सिके राउत

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् ।

    राउत आफ्ना पार्टीका अर्का एक नेतासहित बिहीबार कारागार पुगेका थिए । कारागार प्रशासन स्रोतका अनुसार डा. राउतले पाँच मिनेट चौधरीसँग कुराकानी गरेका थिए ।

    भेटका क्रममा भाबी दिनका हुनसक्ने सहकार्यको विषयमा छलफल भएको बताइएको छ ।

    टिकापुर हत्याकाण्डको मुख्य योजनाकार भएको अभियोगमा उनी चाैधरी कारागारमा छन् । चौधरीले जेलमै भएका बेला श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् ।