Tag: हेलिकप्टर दुर्घटना

  • इटालिमा हेलिकप्टर दुर्घटना, सात जनाकाे मृत्यु

    इटालिमा हेलिकप्टर दुर्घटना, सात जनाकाे मृत्यु

    काठमाडाैं । इटालिमा हेलिकप्टर दुर्घटना भएकाे छ । शनिबार हराएको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेकाे हाे ।

    हेलिकप्टरमा रहेका सबै सात जनाकाे ज्यान गएको पनि त्यहाँका अधिकारीहरुले जनाएका छन् । शनिबार बिहान सो हेलिकोप्टर एयर ट्राफिकबाट हराएको थियाे ।

    शनिबार साँझ सो हेलिकोप्टर फेला परेको र त्यसमा रहेका सबै सात जनाकै ज्यान गएको उद्धारमा खटेका अधिकारीहरुले जनाएका छन् ।

    मध्य इटालियन क्षेत्रको एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकप्टर उडेको थियो । सोही पहाडको नजिक पुगेर हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो । त्यसमा एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरु दुई जना लेबनानका नागरिक रहेका थिए ।

    दुर्घटनाको कारण अनुसन्धानरत रहेको त्यहाँको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट देखिए अनुसार मौसमको खराबीका कारण यो हेलिकप्टर दुर्घटनामा परेको हो ।

  • ‘एकमात्र इन्जिन भएकाे हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’

    ‘एकमात्र इन्जिन भएकाे हेलिकप्टरमा दुई पाइलट राख्न असम्भव’

    काठमाडाैं । नेपाल वायुसेवा सञ्चालक सङ्घले एकमात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्नुपर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणको निर्णय कार्यान्वयन गर्न असम्भव रहेको जनाएको छ ।

    प्राधिकरणले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरिरहेको बेला सङ्घले व्यावसायिक उडानमा उक्त कदम उपयुक्त नहुने धारणा अगाडि सारेको हो । हेलिकोप्टरमा दुई पाइलट राख्नेबारे नागरिक उड्डयन प्राधिकरणले पाँच सदस्यीय प्राविधिक टोली गठन गरेर अध्ययन गरिरहेको छ ।

    एक इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट राख्दा तलबमा धेरै रकम खर्च गर्नुपर्ने भएकाले कम्पनी धरासायी हुने नेपाल वायु सेवा सञ्चालक सङ्घका अध्यक्ष क्याप्टेन रामेश्वर थापा बताउँछन् । नौ सिट क्षमताभन्दा माथिका हेलिकोप्टरमा दुई पाइलट राख्न समस्या नरहे पनि सबै हेलिकोप्टरमा दुई पाइलट राख्दा जनशक्तिको समेत अभाव हुने उनको भनाइ छ ।

    हाल नेपालमा सञ्चालन भइरहेका ११ हेलिकोप्टर कम्पनीका एउटा मात्रै इन्जिन भएका ३१ तथा दुई इन्जिन भएका पाँच हेलिकोप्टरले व्यावसायिक उडान भर्दै आएका छन् । दश विदेशी र २६ नेपाली पाइलटले एक इन्जिन भएका हेलिकोप्टर उडाउँदै आएको बताइएको छ ।

  • हेलिकप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन

    हेलिकप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन

    काठमाडाैं । भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ।

    उक्त दुर्घटनामा हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ । दुर्घटनामा रावतसहित उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको बीबीसीले उल्लेख गरेकाे छ ।

    दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार भइरहेकाे छ ।

    तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकप्टर दुर्घटना भएकाे हाे । भारतीय सेनाको एमआई-१७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको हाे ।

    घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो । यसमा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

    यो हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख जनरल रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए ।

     

  • भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना, ११ जनाकाे शव फेला

    भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना, ११ जनाकाे शव फेला

    काठमाडौं । रक्षाप्रमुख विपीन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारी लिएर उडेको एमआइ-१७ हेलिकप्टर तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।

    दुर्घटनामा ११ जनाको घटनास्थलमा मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    रक्षाप्रमुख रावतलाई सैनिक अस्पतालमा लगिएको बताइएकाे छ । उनकाे अवस्था गम्भीर भएकाे पनि बताइएकाे छ ।

    हेलिकप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

    समाचार एजेन्सी एएनआईका अनुसार उक्त हेलिकप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।