हेलिकप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन

काठमाडाैं । भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ।

उक्त दुर्घटनामा हेलिकप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ । दुर्घटनामा रावतसहित उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको बीबीसीले उल्लेख गरेकाे छ ।

दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार भइरहेकाे छ ।

तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकप्टर दुर्घटना भएकाे हाे । भारतीय सेनाको एमआई-१७ भी ५ हेलिकोप्टर बुधबार दुर्घटनामा परेको हाे ।

घना जंगलमा भएको यस दुर्घटनापछि आगो लागेको थियो । यसमा गम्भीर घाइते भएका रावतसहितलाई उपचारका लागि अस्पताल लगिएको थियो ।

यो हेलिकोप्टरमा भारतीय रक्षा प्रमुख जनरल रावत र उनकी पत्नी मधुलिकासमेत १४ जना सैन्य अधिकारी थिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१