भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना, ११ जनाकाे शव फेला

काठमाडौं । रक्षाप्रमुख विपीन रावतसहित भारतीय सेनाका १४ जना सैनिक अधिकारी लिएर उडेको एमआइ-१७ हेलिकप्टर तामिलनाडुमा दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा ११ जनाको घटनास्थलमा मृत्यु भएको र उनीहरुको शवलाई जलेको अवस्थामा फेला पारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रक्षाप्रमुख रावतलाई सैनिक अस्पतालमा लगिएको बताइएकाे छ । उनकाे अवस्था गम्भीर भएकाे पनि बताइएकाे छ ।

हेलिकप्टर घटनाबारे प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरिएको छ । हेलिकोप्टरमा रावतसहित उनकी पत्नी मधुलिकासहित अन्य सैनिक अधिकारी सवार थिए ।

समाचार एजेन्सी एएनआईका अनुसार उक्त हेलिकप्टर सुलूर एयरबेसबाट वेलिङट्नतर्फ जाँदै थियो । दिउँसो १२ बजेर २० मिनेटमा क्र्यास भएको हो । घटनास्थलमा भेटिएका शवलाई सनाखत गर्ने कार्य चलिरहेको छ । ८५ प्रतिशत जलेर नष्ट भएकाले शवलाई सनाखत गर्न चिकित्सकको टोलीले प्रयास गरिरहेका छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१