Tag: जापान

  • एनआरएनए जापान कान्तो संयोजकका उम्मेदवार ‘विप्लव’: अनुभव, समर्पण र समावेशी नेतृत्वका प्रतीक

    एनआरएनए जापान कान्तो संयोजकका उम्मेदवार ‘विप्लव’: अनुभव, समर्पण र समावेशी नेतृत्वका प्रतीक

    काठमाडाैं । २०२५–२०२७ कार्यकालका लागि एनआरएनए जापान कान्तो क्षेत्रको संयोजक पदमा समाजसेवा, समन्वय र सक्रियताका प्रतीक दीपक सुवेदी ‘विप्लव’ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

    “हामी युवा मात्र होइनौं, हामी परिवर्तनको सोच हौं, सम्भावनाको दृष्टि हौं, समाधानको शक्ति हौं” भन्ने भावनासहित उनले समाजको नेतृत्व गर्न आफू प्रस्तुत भएको जनाएका छन्। अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन दिने सोचसहित उनले आफ्नो उम्मेदवारी कुनै प्रतिस्पर्धा होइन, सहकार्य र समन्वयका लागि भएको स्पष्ट पारेका छन्।

    बाग्लुङ जिल्लाको गल्कोटमा जन्मिएका विप्लव सन् २०१५ देखि जापानलाई कर्मथलो बनाउँदै आएका छन्। सोही वर्षदेखि नै उनले निलुवा समाज जापानको संस्थापक सदस्यका रूपमा सामाजिक अभियान प्रारम्भ गरेका थिए। त्यसपछि गल्कोट स्पोर्ट्स क्लब टोकियोमा सदस्य, सचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। गल्कोट समाज जापान कान्तोमा पनि उनी सदस्य, सचिव हुँदै हाल केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।

    एनआरएनएमा उनको यात्रा साधारण सदस्यदेखि कार्यसमिति सदस्य (२०१९–२०२१), सचिव (२०२१–२०२३) हुँदै उपसंयोजक (२०२३–२०२५) सम्मको रहँदै आएको छ। कार्यसमितिको सबैभन्दा पुरानो अनुभव बोकेका उनी सधैं सहकार्य, सहमति र समावेशी नेतृत्वमा विश्वास राख्छन्।

    जापानभरिका विभिन्न नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्दै, समस्याको समाधान खोज्ने र सबैलाई आत्मीयताको भावनाले जोड्ने विप्लव सामाजिक उत्तरदायित्वमा गहिरो विश्वास राख्ने व्यक्तित्व हुन्। उनले युवापुस्तामा फरक पहिचान बनाएका छन् भने अग्रजहरूको सम्मानलाई आफ्नो आधार मानेका छन्।

    उनले संयोजक पदमा आफ्नो उम्मेदवारी प्रतिस्पर्धा होइन, सहकार्य र समर्पणका लागि भएको बताउँदै, आगामी कार्यकालमा सबल, सरल र परिष्कृत समाज निर्माण गर्ने अठोट लिएका छन्।

    “सकिन्छ भने सक्दो सहयोग गरौं, सकिन्न भने कसैलाई असर नपारौं,” भन्ने भावनालाई आत्मसात गर्दै, उनले जापानका सम्पूर्ण नेपाली समुदायलाई साथ र समर्थनको आह्वान गरेका छन्।

  • एनआरएनए चिवाले ‘अब हाँस्छ चिवा, जति हाँसिन्छ उति बाँचिन्छ’ कार्यक्रम गर्ने

    एनआरएनए चिवाले ‘अब हाँस्छ चिवा, जति हाँसिन्छ उति बाँचिन्छ’ कार्यक्रम गर्ने

    जापान । नयाँ वर्ष २०८२ साल को पावन अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् चिवाले “अब हाँस्छ चिवा, जति हाँसिन्छ उति बाँचिन्छ” २०२५ अप्रिल १२ शनिवार फुनाबासीमा कार्यक्रम गर्ने भएकाे छ ।

    अपांग बालबालिकाको सहयोगार्थ भन्ने मूल उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएकाे कार्यक्रमको संयोजक तथा एनआरएनए चिवाका उपसंयोजक शंकर सुवेदीले जानकारी दिए । कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरुकाे उपस्थिति रहनेछ ।

    कार्यक्रममा निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएकाे एनआरएनए चिवाका संयोजक समिर खड्काले बताए । विगतमा पनि विभिन्न किसिमका कार्यक्रम गर्दै आएकाे उक्त संस्थाले याे पटक अलि फरक किसिमकाे कार्यक्रम गर्न लागेकाे पनि खड्काले बताए ।

    नेपाली नयाँ वर्ष २०८२ काे अवसर पारेर गर्न लागेको उक्त कार्यक्रम अप्रिल १२ तारिकमा फुनाबासी किराराहल 〒273-0005 千葉県船橋市本町1丁目3−1 छैटाैँ तल्लामा साँझ ५ : ३० बजे सुरु हुनेछ ।

    उक्त कार्यक्रमलाई सभ्य अनि भब्य बनाउन आर्थिक, नैतिक तथा भाैतिक सहयाेग गर्न अनुराेधसहित सम्पूर्ण जापानवासी नेपालीलाई उपस्थित हुन एनआरएनए चिवाका सचिव मोहन कार्कीले आह्वान गरेका छन् । साथै उनले केही प्राविधिक समस्याहरु आएमा एनआरएनए चिवामा सिधै सम्पर्क गर्न पनि अनुराेध गरेका छन् ।

  • निलुवा समाज जापानको टाेकियाेमा हुने ५ औँ अधिवेशनकाे तयारी पूरा

    निलुवा समाज जापानको टाेकियाेमा हुने ५ औँ अधिवेशनकाे तयारी पूरा

    जापान । निलुवा समाज जापानको पाँचौँ अधिवेशन डिसेम्बर २७ मा टोक्यो खानागावा केन सिनयोकोहामामा हुने भएकाे छ । यसका लागि सम्पूर्ण तयारी भइसकेकाे आयाेजकले जनाएका छन् ।

    बागलुङ जिल्ला गलकोटको ‘सुन्दर निलुवा हाम्रो सान, पूर्वाधार विकासमा हामी सबैको अभियान’ भन्ने मूल नाराका निलुवा समाज जापान २०१५ मा स्थापित भएकाे हाे ।

    याे विशेषगरी बागलुङ जिल्लाको गल्कोट नगरपालिका- ४ चमुवाबाट जापानलाई कर्मथलो बनाउँदै विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न भएकाहरुको साझा संस्था हाे । छोटो समयमा नै जापानवासी नेपालीबीच निकै नै लोकप्रिय संस्थाको रुपमा परिचित पनि भइसकेकाे छ । समाजको ५ औँ अधिवेशन खानागावा केन सिन योकोहामा स्थित डिसेम्बर २७ तारिकमा नेपाली रेस्टुरेन्ट सनराइजमा हुनेछ । अधिवेशनलाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि आवश्यक जिम्मेवारी बाँडफाँडका साथ काम भइरहेको अधिवेशनका अन्य तयारी पूरा भएकाे अध्यक्ष माेहन सुवेदीले बताए ।

    उनका अनुसार अधिवेशनबाट आगामी कार्यकाल २०२३-२०२५ को लागि नेतृत्व चयनसमेत हुने भएकोले संस्थाका संरक्षक भोजिन्द्र सुवेदिको संयोजकत्वमा निर्वाचन समिति गठन पनि गरिएकाे छ ।

    नयाँ कार्यसमिति चयनका लागि सबैको अपनत्व हुने गरि सामाजिक क्षेत्रको मर्म र भावना अनुसार संस्थाको गरिमालाई निरन्तरता दिने सक्षम नेतृत्व चयन गर्न आवश्यक तयारी गरिएको निर्वाचन समिति संयोजक भोजिन्द्र सुबेदिले बताए ।

    २०१५ सालमा स्थापना भएको निलुवा समाज जापानकाे महाधिवेशन डिसेम्बर २७ बुधबारका दिन साँझ ५ बजेदेखि नेपाली रेस्टुरेन्ट सनराइजमा 〒222-0033 神奈川県横浜市港北区新横浜3丁目16−15 SKビル新横浜 3F हुने भएको हुनाले सम्पूर्णलाई उपस्थित हुन अनुरोधसमेत गरेको सचिव विष्णु सुवेदी ‘जलन’ले बताए ।

  • दुर्गाबहादुर खत्रीकाे नेतृत्वमा गलकोट स्पोर्टस् क्लब टोकियो, जापानको पाँचौँ अधिवेशन सम्पन्न

    दुर्गाबहादुर खत्रीकाे नेतृत्वमा गलकोट स्पोर्टस् क्लब टोकियो, जापानको पाँचौँ अधिवेशन सम्पन्न

    जापान । गलकोट स्पोर्टस् क्लब टोकियो, जापानको मंगलबार सम्पन्न पाँचौँ अधिवेशनले आगामी कार्यकाल २०२३-२५ का लागि दुर्गाबहादुर खत्री अध्यक्षतामा २४ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध रूपमा निर्वाचित गरेको छ ।

    जापानमा रहेका नेपाली खेलाडीलाई क्रियाशील बनाइराख्न र खेलकुदको विकासमा योगदान दिन सहयोग गर्ने उदेश्यले सन् २०१५ मा गठित गल्कोट स्पोर्ट्स क्लवको सम्पन्न अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रकाश निउरे, उपाध्यक्षमा रमेशकुमार खत्री, इश्वर बस्नेत, गणेश केसी, दिपक सुवेदी ‘विप्लव’ निर्वाचित भएको निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीले जानकारी दिए ।

    निर्वाचन संयोजक कार्कीका अनुसार क्लवको महासचिवमा दिनेश थापा, सचिवमा नारायण थापा र असिम बस्नेत कोषाध्यक्षमा सुरज केसी, सह कोषाध्यक्षमा गोमा बुढाथोकी र हेमन्त खत्री, खेल संयोजकमा कुशल भण्डारी र लेखा संयोजकमा खिमबहादुर निउरे निर्वाचित भएका छन्।

    “राष्ट्रका लागि खेलकूद, स्वास्थ्यका लागि खेलकूद” भन्ने मुख्य मान्यताका साथ जापानमा रहेका गलकोटे साथै नेपालीहरूलाई खेलकुदप्रति जागरूप बनाउँदै खेलकुदको प्रवर्द्धन र त्यससँग सम्बन्धित क्रियाकलाप गर्नका लागि योगदान पुर्याउदै आएको क्लवको निर्वाचित सदस्यहरुमा दिपक क्षेत्री, चन्द्र थापा, होम खत्री, झकबहादुर बस्नेत, पवन क्षेत्री, विजय बस्नेत, पवन शर्मा, किरण गौतम, निरञ्जन मल्ल र अजित क्षेत्री रहेका छन् ।

    जापानमा रहेका खेलाडी, खेलकुदप्रेमी दर्शक र विभिन्न संघसंस्था बिचमा समन्वय, साझेदारी एवंम् सहकार्यको वातावरण सृजना गरि आफ्नो स्थापनाकालदेखि नै नेपालको राष्ट्रिय खेल भलिबलको आठौं खुल्ला रनिङ कप पुरुष भलिबल प्रतियोगिता सम्पन्न गरिसकेको क्लबको पाँचौँ अधिवेशनको उद्घाटन गर्दै गलकोट समाज जापानकी अध्यक्ष कालिका थापाले जापानमा रहेका गलकोटेसहित नेपाली खेलाडीहरुलाई एकताबद्ध बनाएर भलिबल सहित अन्य विभिन्न खेलकुदको प्रवर्द्धनमा लाग्नका लागि आग्रह गरिन् ।

    क्लबले आफ्ना कार्यक्रम र गतिविधिलाई योजनाबद्ध बनाएर गलाकोट चिनाउने पहिचानलाई कायम राख्नका लागि आग्रह गर्दै उनले भनिन्- गलकोटेहरु एकताबद्ध भएर हरेक कार्य गरेमा आफूसहित आफ्नो जन्मभूमिलाई चिनाउन थप सहज हुनेछ।

    कार्यक्रममा बोल्दै गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद जापानका अध्यक्ष तथा क्लबका सल्लाहकार नविन निउरेले स्थापनाकालको स्मरण गर्दै जुन उदेश्य र योजनाले क्लवको स्थापना गरिएको त्यसको परिपूर्तिका सङ्गठित रूपमा लाग्नु पर्ने बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले गलकोट स्पोर्टस् क्लबले जापानमा भलिबल खेलका क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गरेकोले त्यसको निरन्तरता दिँदै अन्य खेलकुद र सामाजिक सेवाका क्षेत्रमा पनि अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

    क्लबका संरक्षक लक्ष्मण कार्की, सल्लाहकार विजय भण्डारी, एनआरएनए जापानका प्रवक्ता खगराज गौतम, गलकोट समाज जापानका उपाध्यक्ष डिलाराम गैरे, नुवाकोट समाज जापानका अध्यक्ष जीवन गैरे एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ लगायत रहेका थिए ।
कार्यक्रममा क्लवको २०२१-२३ कार्यकालको प्रगति प्रतिवेदन महासचिव दिनेश थापाले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष रमेश कुमार खत्रीले प्रस्तुत गरेका थिए ।

    औपचारिक कार्यक्रमको अध्यक्षता गरेका क्लबका अध्यक्ष डिलाराम निउरेले जापानमा भलिबललाई प्राथामिकतामा राखी आठौ खुल्ला पुरुष भलिबल प्रतियोगितासम्म रनिङ कप प्रतियोगितालाई निरन्तरता दिने पहिलो संस्थाको रुपमा क्लब परिचित रहेको बताउँदै नेपालको राष्ट्रिय खेलको रुपमा रहेको भलिबल खेललाई जापनमा लोकप्रियता बनाउन क्लबले शसक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

    उद्घाटन सत्रको कार्यक्रमको सञ्चालन महासचिव दिनेश थापाले गरेका थिए भने स्वागत मन्तब्य सह कोषाध्यक्ष इश्वर बस्नेतले राखेका थिए । निर्वाचन समितिका संयोजक लक्ष्मण कार्कीको अध्यक्षतामा सम्पन्न घोषणा सभाको कार्यक्रम सञ्चालन महेन्द्र साहनीले गरेका थिए ।

  • नेपालमा एनआरएनए अध्यक्ष घोषणा गरेर जापान पुगेका महेश श्रेष्ठलाई भव्य स्वागत

    नेपालमा एनआरएनए अध्यक्ष घोषणा गरेर जापान पुगेका महेश श्रेष्ठलाई भव्य स्वागत

    काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेलगत्तै जापान पुगेका महेशकुमार श्रेष्ठलाई स्थानीय गैर आवासीय नेपालीहरुले नारिता विमानस्थलमा भव्य स्वागत गरेका छन् ।

    आगामी १७ अक्टोबरदेखि तीन दिनसम्म काठमाडौँमा हुने महाधिवेशनका लागि हालका उपाध्यक्ष श्रेष्ठले दुई वर्षे (सन् २०२३–२०२५) कार्यकालका लागि गत शुक्रबार काठमाडौंमा एक समारोहबीच अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रतिबद्धता सार्वजनिक गरेका थिए ।

    ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित चुनावी दौडाहामा उत्रिएका श्रेष्ठले जापानमा भएको स्वागतले विजयका लागि उत्साहित गराएको प्रतिक्रिया दिए । जापानका विभिन्न शहरबाट स्वागतका लागि पुगेका शुभेच्छुकहरुले उनलाई विजयको शुभकामना दिएका थिए । विमानस्थलमा सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै संघको अध्यक्षमा विजयी भएको तीन महिनाभित्र एक्सन प्लान र रणनीति बनाएर काम गर्ने उनले प्रतिबद्धता जनाए ।

    ‘प्रवासी नेपाली र नेपाल सरकारले एनआरएनएसँग ठूलो आशा अपेक्षा राखेको छ । त्यसैले हामीले दुई बर्ष भित्र अथाह काम गर्नुपर्ने बाध्यता छ । म काम गर्नका लागि नै एनआरएनएको नेतृत्व गर्न चाहेको हुँ,’ उनले भने ।

    त्यस्तै एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष तथा महासचिवका प्रत्यासी सुवेदीले जापानमा भएको स्वागतले उत्साहित गराएको प्रतिक्रिया दिंदै संघका राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्तता दिनका लागि आफूले प्रयास गर्ने बताए । उनले भने,‘अध्यक्ष श्रेष्ठसहितको हाम्रो टीम जुझारु र लगनशील छ । हामी काममा विश्वास गर्छौं र दुई बर्षभित्र गैर आवसीय नेपालीहरुका पक्षमा र मातृभूमिका लागि परिणाममुखी काम गरेर देखाउनेछौँ ।’

    गत शुक्रबार ललितपुरको हिमालय होटलमा आयोजित समारोहमा श्रेष्ठले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । सो अवसरमा उनले आगामी दुई वर्षको लागि पाँच नीतिगत योजनासहितको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका थिए ।

    समारोहमा संघको प्रतिष्ठा र गरिमामाथि प्रश्न उठिरहेको भन्दै श्रेष्ठले विश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुलाई एकताको सूत्रमा बाँधी भरोसायोग्य, विश्वसनीय र सङ्गठित एनआरएनए बनाउने दृढता व्यक्त गरे । श्रेष्ठ र सुवेदी जापान हुँदै कोरिया, मध्यपूर्व, मलेसियालगायतका देशहरुमा पुगेर गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गर्ने कार्यक्रम रहेको छ ।

  • विपी चिन्तन तथा गणेशमान फाउन्डेसनद्वारा जापानमा स्वागत तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

    विपी चिन्तन तथा गणेशमान फाउन्डेसनद्वारा जापानमा स्वागत तथा विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न

    जापान । विपी चिन्तन तथा गणेशमान फाउन्डेसन जापानले नेपालबाट जापान भ्रमणमा आएका गाेदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन र महालक्ष्मी नगरपालिकाकी उपमेयर लक्ष्मी महर्जनसहितकाे टाेलीलाई स्वागत गरी विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

    गाेदावरी नगरपालिकाका मेयर र महालक्ष्मी नगरपालिकाकी उपमेयरलगायत तार्केश्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाकाे प्रशासन प्रतिनिधिकाे टाेलीकाे स्वागत गरिएकाे हाे ।

    विपी चिन्तन तथा गणेशमान फाउन्डेशन जापानका अध्यक्ष डा. बलराम श्रेष्ठकाे अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे । विशेष अतिथिमा गजेन्द्र महर्जन, लक्ष्मी महर्जन, एनआरएनए आईसीसीका उपाध्यक्ष महेशकुमार श्रेष्ठ र एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्ग रहेका थिए ।

    त्यस्तै, अन्य अतिथिमा एनआरएनए जापानकी संरक्षक अनिता गुरुङ, नेपाल जनसम्पर्क समिति जापानका उप सभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमकट्टेल, नेपाल जनसम्पर्क समिति जापानका कोषाध्यक्ष एवम् महाधिवेशन प्रतिनिधि बाबुराम सापकोटा, तारकेश्वर नगरपालिकाको प्रशासन प्रतिनिधि, ठिमी नगरपालिका प्रशासन प्रतिनिधि, गोदावरी नगरपालिकाको प्रशासन प्रतिनिधि, एनआरएन केन्द्रीय सदस्य रामु कँडेल, मन्जु बनलगायत विशिष्ठ व्यक्तित्वहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न भयको थियो ।

    कार्यक्रममा स्वागत मन्तव्य नेपाल जनसम्पर्क समिति जापानको उपाध्यक्ष राजेन्द्र जमकट्टेलले दिएका थिए भने बोल्ने अधिकांश वक्ताहरूले विपी र गणेशमानका त्याग योगदानको स्मरण गरेका थिए । नेपाल जनसम्पर्क समिति जापानका उपसभापति तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमकट्टेलले विपी र गणेशमानले गरेकाे याेगदानलाई स्मरण सम्मान गर्दै समाजबारे गरेको परिकल्पना र संगठनलाई भोलिका दिनमा पनि त्यसैगरी अगाडि बढाउँदै संगठनलाई चुस्त र सांगठनिक रूपमा बलियो बनाउनु पर्नेमा जाेड दिए ।

    विशेष अतिथिको रुपमा एनआरएनए उपाध्यक्ष महेश श्रेष्ठले विश्वभर छरिएर रहेको सम्पूर्ण गैर आवासीय नेपालीको आर्थिक सामाजिक र राजनीतिक सम्पन्नताको लागि काम गर्ने, प्रवासमा बसेर मतदान गर्न पाउने, गैरआवासीय नेपालीलाई परेको पिर मर्कालाई सरकारले तत्काल सम्बोधन गर्न व्यवस्था मिलाउने रोजगारको सुविधालगायतको व्यवस्थाहरुलाई सहज गर्न पर्ने र नेपालको राष्ट्रिय बजेटभन्दा ३ गुणा ठूलो आर्थिक बजेटको गैर आवासीय नेपालीहरुले विदेशमा लगानी र प्रवर्द्धन गरिरहेको हुनाले यस तथ्यलाई नेपालसँग जोड्न जरुरी भएको बारेमा प्रकाश पारे ❘

    कार्यक्रमका प्रमुख गजेन्द्र महर्जनले जापानबाट नेपालले प्रविधि र अनुशासन सिकेर अगाडी बढ्नुपर्ने र जापानिजहरु जस्तै मेहनती हुनुपर्ने बारे अभिव्यक्ति दिएका थिए । उपमेयर लक्ष्मी महर्जनले जापानको जाईकाले नेपालमा विपद व्यवस्थापन लगायत विषयमा सहयाेग पुर्‍याएकाे, जापानमा पनि नेपालीहरुको एकता र संघ संस्थाकाे महत्वपूर्ण क्रियाकलापमा सहभागिता तथा स्वागत गरी गरिमा बढाइदिएकाेमा धन्यवाद ज्ञापन गरेकी थिइन् ।

    कार्यकमको अध्यक्षता गर्दै डा.बलराम श्रेष्ठले नेपालको स्थानीय निकाय तथा सरकारी संघसंस्थाहरु जनतामैत्री हुनुपर्ने बताए । विपी र गणेशमानले गरेकाे याेगदानलाई स्मरण र सम्मान गर्दै भोलिका दिनमाा पनि अगाडि बढ्ने विपी चिन्तन तथा गणेशमान फाउण्डेशनका प्रवक्ता भेषनारायण श्रेष्ठले बताए । कार्यक्रम जापान टोक्यो शिनओकुबु नांग्लो घर रेष्टुरेन्टमा भएकाे थियो भने कार्यक्रम संयोजन तथा सञ्चालन सामाजिक व्यक्तित्व दीपक सुवेदी विप्लवले गरेका थिए ।

  • एनआरएनए जापानको सचिवमा दिपेश खत्री (केसी)ले दिए उम्मेदवारी

    एनआरएनए जापानको सचिवमा दिपेश खत्री (केसी)ले दिए उम्मेदवारी

    जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको सचिवमा दिपेश खत्री (केसी)ले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    एनआरएनए जापानको क्षेत्रीय समिति कान्तो टोकियोको निवर्तमान संयोजक खत्रीले केन्द्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

    एनआरएनए जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको बेला अहिले धमाधम उम्मेदवारी घाेषणा भइरहेका छन् ।

    विभिन्न संघ संस्थाको लामो अनुभव बटुल्दै गरेका केसी गैरआवासीय नेपाली संघ एनआरएनए जापानको साधारण सदस्यमा सन् २०१३ मा आवद्ध भएका थिए ।

    त्यसपछि उनी २०१७-१९ एनआरएनए कान्ताे सह-सचिव, २०१९-२०२१ एनआरएनए कान्तो उप-संयोजक र २०२१-२३ मा संयाेजक भइ काम गरिसकेका छन् ।

    समाजिका कार्यकमा निकै सक्रिय खत्री नेपाल भलिबल सङ्घ जापानको उपाध्यक्षसमेत हुन् । उनी गल्कोट समाजको केन्द्रीय सल्लाहकार, गल्कोट स्पोर्टस् क्लव टोक्योका सल्लाहकारलगायत विभिन्न संघसंस्थामा आवद्ध छन् ।

    उनले आफ्नो उम्मेदवारी सार्वजनिक भएपछि निर्विरोधको लागि पहल भइरहेको पनि बताए । ‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारासहित केसीले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । उनले जापानमा रहेका सम्पूर्ण नेपालीलाई मत दिएर जिताउन आग्रह पनि गरेका छन् ।

  • को हुन् एनआरएनए जापानको अध्यक्ष पदका उम्मेद्वार निउरे ?

    को हुन् एनआरएनए जापानको अध्यक्ष पदका उम्मेद्वार निउरे ?

    जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानकाे अध्यक्ष पदका लागि नविन निउरेले उम्मेदवारी दिएका छन् । बागलुङ जिल्लाकाे गल्कोट नगरपालिका–२ ठानामा जन्मिएका निउरे सन् २०११ बाट एनआरएनए जापानमा जाेडिएका हुन् । लामो समयदेखि सामाजिक कार्यमा सक्रिय निउरे जापानमा रोजगार सँगसँगै विभिन्न संघ-संस्थामा आवद्ध भइ काम गरिरहेका छन् ।

    जापान पुगेदेखि नै उनी सामाजिक संघ संस्थामा आवद्ध भएका थिए । जापानको कान्तो क्षेत्रीय समितिको सदस्य पदबाट सक्रिय उनी एनआरएनएको अभियानमा लागेदेखि क्षेत्रीय समितिको कोषाध्यक्ष, सचिव, संयोजक हुँदै राष्ट्रिय समन्वय परिषद्को युवा उपाध्यक्ष र हाल वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए ।

    विभिन्न सामाजिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरेका निउरे आवेगले नभई विवेक र विधिले काम गर्नु पर्ने मान्यता राख्छन् । निउरे जापानमा सक्रिय संस्था मध्येको गल्कोट समाज जापानको महासचिवसमेत भइसकेका छन् भने गलकोट स्पोर्टस् क्लब, टोकियोकाे सल्लाहकार हुँदै नेपाल पत्रकार महासंघ जापान शाखालगायत दर्जन बढी संघ-संस्थामा आवद्ध छन् ।

    सिद्धार्थ बनस्थली स्कूलबाट माध्यमिक शिक्षा हासिल गरेका निउरेले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । सन् २००५ देखि जापानमा बसोबास गरेका उनी सन् २०१० देखि जापानमा आफ्नै व्यवसाय गरिरहेका छन् । हाल उनले रेमिट्यान्स, रेष्टुरेण्ट एवं कन्सल्टिङ व्यवसाय सञ्चालन गरिरहेका छन् । जापानमै पहिलो पटक नेपालीहरुद्वारा स्थापना गरिएको एभरेष्ट इण्टरनेशनल स्कुलको संस्थापक शेयर सदस्यसमेत रहेका उनले नेपालमा समेत शैक्षिक तथा बैंकिङ क्षेत्रमा लगानी गरेका छन् ।

    सानै उमेरमा व्यवसायिक सफलता हात पार्न सफल उनी जापानवासी नेपाली युवाहरुका लागि उदहारणीय पात्रका रुपमा परिचित छन् । जापानमा रहँदा समस्यामा भएकाहरुको सच्चा सारथि बन्दै आएका निउरे अप्ठ्यारोमा परेकालाई उद्धार गर्न होस् या त परदेशी भूमिमा आफ्नो जीवन गुमाएकाको अन्त्येष्टिको व्यवस्थापनका लागि अग्रदस्ताका रुपमा उपस्थिति जनाउँदै सकेको आर्थिक सहयोग गर्नसमेत तम्सिहाल्छन् ।

    आफूले लिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने निउरे गफ र स्टन्टमा होइन काममा विश्वास गर्नुपर्छ भन्ने मान्यतालाई आत्मसात गर्दै समाजिक सेवामा क्रियाशील छन् ।

    ११ औँ पटकसम्म एनआरएनए जापानको नेतृत्वमा भएका नेपाल फेष्टिभल सधैँ घाटामा डुबिरहेको अवस्थालाई नजिकबाट नियालेका उनले १२ औँ नेपाल फेष्टिभलमा आर्थिक संयोजकको जिम्मेवारी लिँदै जापानमा भएका नेपाल फेष्टिभलकाे इतिहासमै पहिलो पटक नाफा दिन सफल भए ।

    जाापानवासी नेपालीका समस्या समाधान गर्नका लागि दत्तचित्त भएर लाग्ने निउरेले नेपाली राजदूताबासबाट प्रदान गरिने सेवालाई पहुँच योग्य र सहज बनाइनुपर्छ भन्ने लागेपछि जापानमै पहिलो पटक नेपाली राजदूतावासको सेवालाई घुम्ती सेवा संञ्चालन गरिनुपर्ने अवधारणा अघि सारेसँगै सो कार्य कार्यान्वयन हुनुलाई आफ्नो सन्तुष्टिको रुपमा लिने गरेको बताउँछन् ।

    समाजसेवालाई नै आत्मसन्तुष्टिका रुपमा लिने भन्दै एनआरएनएको अभियानबाट सिकेका अनुभव अन्य समाजिक संघ संस्थाका नेतृत्वदायी तहमा रहेर गरेको योगदानलाई अब एनआरएनए जापानको नेतृत्वदायी भूमिकामा रहेर पारदर्शीता, रुपान्तरण, प्रविधिमैत्री एनआरएनए बनाउने आफ्नो लक्ष्य रहेको उनकाे भनाइ छ ।

    एनआरएनए जापानको सुधारका लागि संस्थामा दोश्रो पुस्ता, महिला, यूवाको संलग्नता, अग्रजको सम्मान, पेशागत एवं व्यवसायिक विकाशमा समन्वय, नेपाली संस्कृतिको जगेर्ना, विद्यार्थी केन्द्रित कार्यक्रम, संस्थागत विकाश एवं सुदृढिकरण, नेपालको पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार र सचेतनामूलक कार्यक्रममा मुख्य सुधार गर्ने प्रस्तावित कार्यक्रम र स्पष्ट योजनासहित एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका निउरेले जापानबासी नेपालीहरुमा सहयाेगका लागि अनुराेध पनि गरेका छन् ।

  • मुक्तिराम खनाल(बिनोद)ले गरे एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घाेषणा

    मुक्तिराम खनाल(बिनोद)ले गरे एनआरएनए जापानको उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घाेषणा

    जापान । गैरआवासीय नेपाली संघ जापानका पूर्व महासचिव मुक्तिराम खनाल(बिनोद)ले उपाध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

    मुक्तिराम खनाल ‘विनाेद’ सन् २००७ देखि गैरआवासीय नेपाली संघ जापानमा आबद्ध छन् । सन् २००९ एनआरएनए जापानकाे क्षेत्रीय सचिव, सन् २०११ मा हिरोशिमा क्षेत्रीय संयोजक, सन् २०११ देखि सन् २०१३ कार्यकालमा राष्ट्रिय समन्वय परिषद् जापानको सचिव पदको उम्मेद्वार हुँदै, सन् २०१३-१५ कार्यकालमा राष्ट्रिय समन्वय परिषद् जापानको महासचिव पद सम्हालिसकेका खनाल समग्र नेपाली समुदाय तथा एनआरएनए जापानका निकै पुराना अनुभवी अभियन्ताका रुपमा चिनिन्छन् ।

    एनआरएनए मात्रै नभएर जापानका अन्य विविध सामाजिक अभियानहरुमा जोडिएका, समाजका विविध संगठनहरुमा कुशलता समन्वयकर्ताको परिचय बनाएका खनाल एनआरएनए जापानलाई सरल, सबल र परिष्कृत बनाउने योजनासहित आफू उपाध्यक्ष पदकाे उम्मेदवार भएकाे बताउँछन् ।

    उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेसँगै जापानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अमूल्य मत दिएर विजयी गराइदिनुहुन उनले अनुराेध पनि गरेका छन् ।

  • एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठको उम्मेदवारी

    एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठको उम्मेदवारी

    जापान । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको सचिवमा मनोज श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

    गैरआवासीय नेपाली संघ एनआरएनए जापानको ११ औँ अधिवेशनको सरगर्मी बढेको बेला अहिले धमाधम एनआरएनए जापानको केन्द्रिय चुनावको लागि उम्मेद्वार हरुले पनि आफनो उमेद्वारी घाेषणा गरिरहेका छन् ।

    यसैबिच एनआरएनए जापानको आगामी २०२३-०२५ कार्यकालको लागि सचिव पदमा श्रेष्ठले उम्मेद्वारी दिने घोषणा गरेका हुन् ।

    जापानमा सामाजिक कार्यमा सक्रिय युवा मनोज सन् २०१५ देखि एनआरएनए जापानको साधरण सदस्यबाट सन् २०१७-०१९ को कान्तो क्षेत्रिय समिति हुँदै हाल एनआरएनए जापानको केन्द्रिय सदस्यका साथै हाईजिमा युथ क्लवको महासचिव, नेपाल जापान फुटबल एसोसिएसनको महासचिव, दोलखा समाजको केन्द्रिय कोषाध्यक्षमा रहेर काम गरिरहेका छन् ।

    श्रेष्ठले उम्मेदवारी सार्वजनिक गरेसँगै निर्विरोधको लागि पहल भइरहेको बताए । ‘युवा एकता समाजको आवश्यकता, एनआरएनएलाई सक्रिय र चलायमान बनाउने मेरो प्रतिवद्धता’ भन्ने नारासहित श्रेष्ठले सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् ।