एनआरएनए चिवाले ‘अब हाँस्छ चिवा, जति हाँसिन्छ उति बाँचिन्छ’ कार्यक्रम गर्ने

जापान । नयाँ वर्ष २०८२ साल को पावन अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् चिवाले “अब हाँस्छ चिवा, जति हाँसिन्छ उति बाँचिन्छ” २०२५ अप्रिल १२ शनिवार फुनाबासीमा कार्यक्रम गर्ने भएकाे छ ।

अपांग बालबालिकाको सहयोगार्थ भन्ने मूल उद्देश्यसहित उक्त कार्यक्रम गर्न लागिएकाे कार्यक्रमको संयोजक तथा एनआरएनए चिवाका उपसंयोजक शंकर सुवेदीले जानकारी दिए । कार्यक्रममा नेपालका चर्चित हास्य कलाकारहरुकाे उपस्थिति रहनेछ ।

कार्यक्रममा निःशुल्क प्रवेश गर्ने व्यवस्था मिलाइएकाे एनआरएनए चिवाका संयोजक समिर खड्काले बताए । विगतमा पनि विभिन्न किसिमका कार्यक्रम गर्दै आएकाे उक्त संस्थाले याे पटक अलि फरक किसिमकाे कार्यक्रम गर्न लागेकाे पनि खड्काले बताए ।

नेपाली नयाँ वर्ष २०८२ काे अवसर पारेर गर्न लागेको उक्त कार्यक्रम अप्रिल १२ तारिकमा फुनाबासी किराराहल 〒273-0005 千葉県船橋市本町1丁目3−1 छैटाैँ तल्लामा साँझ ५ : ३० बजे सुरु हुनेछ ।

उक्त कार्यक्रमलाई सभ्य अनि भब्य बनाउन आर्थिक, नैतिक तथा भाैतिक सहयाेग गर्न अनुराेधसहित सम्पूर्ण जापानवासी नेपालीलाई उपस्थित हुन एनआरएनए चिवाका सचिव मोहन कार्कीले आह्वान गरेका छन् । साथै उनले केही प्राविधिक समस्याहरु आएमा एनआरएनए चिवामा सिधै सम्पर्क गर्न पनि अनुराेध गरेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१