एनआरएनए जापान कान्तो संयोजकका उम्मेदवार ‘विप्लव’: अनुभव, समर्पण र समावेशी नेतृत्वका प्रतीक

काठमाडाैं । २०२५–२०२७ कार्यकालका लागि एनआरएनए जापान कान्तो क्षेत्रको संयोजक पदमा समाजसेवा, समन्वय र सक्रियताका प्रतीक दीपक सुवेदी ‘विप्लव’ले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

“हामी युवा मात्र होइनौं, हामी परिवर्तनको सोच हौं, सम्भावनाको दृष्टि हौं, समाधानको शक्ति हौं” भन्ने भावनासहित उनले समाजको नेतृत्व गर्न आफू प्रस्तुत भएको जनाएका छन्। अग्रजलाई सम्मान र युवालाई प्रोत्साहन दिने सोचसहित उनले आफ्नो उम्मेदवारी कुनै प्रतिस्पर्धा होइन, सहकार्य र समन्वयका लागि भएको स्पष्ट पारेका छन्।

बाग्लुङ जिल्लाको गल्कोटमा जन्मिएका विप्लव सन् २०१५ देखि जापानलाई कर्मथलो बनाउँदै आएका छन्। सोही वर्षदेखि नै उनले निलुवा समाज जापानको संस्थापक सदस्यका रूपमा सामाजिक अभियान प्रारम्भ गरेका थिए। त्यसपछि गल्कोट स्पोर्ट्स क्लब टोकियोमा सदस्य, सचिव हुँदै हाल उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। गल्कोट समाज जापान कान्तोमा पनि उनी सदस्य, सचिव हुँदै हाल केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।

एनआरएनएमा उनको यात्रा साधारण सदस्यदेखि कार्यसमिति सदस्य (२०१९–२०२१), सचिव (२०२१–२०२३) हुँदै उपसंयोजक (२०२३–२०२५) सम्मको रहँदै आएको छ। कार्यसमितिको सबैभन्दा पुरानो अनुभव बोकेका उनी सधैं सहकार्य, सहमति र समावेशी नेतृत्वमा विश्वास राख्छन्।

जापानभरिका विभिन्न नेपाली संघसंस्थाहरूसँग सहकार्य गर्दै, समस्याको समाधान खोज्ने र सबैलाई आत्मीयताको भावनाले जोड्ने विप्लव सामाजिक उत्तरदायित्वमा गहिरो विश्वास राख्ने व्यक्तित्व हुन्। उनले युवापुस्तामा फरक पहिचान बनाएका छन् भने अग्रजहरूको सम्मानलाई आफ्नो आधार मानेका छन्।

उनले संयोजक पदमा आफ्नो उम्मेदवारी प्रतिस्पर्धा होइन, सहकार्य र समर्पणका लागि भएको बताउँदै, आगामी कार्यकालमा सबल, सरल र परिष्कृत समाज निर्माण गर्ने अठोट लिएका छन्।

“सकिन्छ भने सक्दो सहयोग गरौं, सकिन्न भने कसैलाई असर नपारौं,” भन्ने भावनालाई आत्मसात गर्दै, उनले जापानका सम्पूर्ण नेपाली समुदायलाई साथ र समर्थनको आह्वान गरेका छन्।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१