Tag: नेकपा माओवादी केन्द्र

  • माओवादीबाट काे-काे बने समानुपातिक सांसद ? (सूचीसहित)

    माओवादीबाट काे-काे बने समानुपातिक सांसद ? (सूचीसहित)

    काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ ।

    १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् ।

    यस्ताे छ सूची

    आदिवासी जनजाति महिला

    १. दुर्गा राई

    २. मिना तामाङ

    ३. उर्मिला माझी पौडेल

    ४. छिरिङ ल्यामु लामा तामाङ

    खस आर्य

    ५. हितराज पाण्डे (पुरुष)

    महिला

    ६. ज्ञानु बस्नेत सुवेदी

    ७. विमला सुवेदी

    ८. नारायणी शर्मा

    ९. रुपासोसी चौधरी (थारु)

    दलित

    १०. रणेन्द्र बराली

    ११. सुशीला श्रीपाली ठकुरी

    मधेशी

    १२. मीना यादव

    १३. अमरावती देवी यादव

    पिछडिएको क्षेत्र

    १४. कल्पना मिया

  • प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता, के भयो कुराकानी?

    प्रचण्ड, बाबुराम र रामचन्द्रबीच भेटवार्ता, के भयो कुराकानी?

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच आज भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबिच भेटवार्ता भएको हो ।

    भेटमा समसामयिक राजनीतिक परिस्थिति, निर्वाचन परिणाम र नयाँ सरकार गठनका बारेमा कुराकानी भएको थियो ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको सम्पूर्ण नतिजा आइसकेको छ ।

    समानुपातिकतर्फ पनि सांसद छनोटको अन्तिम तयारी छ । दलहरु अहिले नयाँ सरकार गठनको तयारीमा जुटेका बेला तीन नेताबिच छलफल भएको हो ।

  • गठबन्धन ताेड्ने निर्णय भएकाे छैन : देव गुरुङ

    गठबन्धन ताेड्ने निर्णय भएकाे छैन : देव गुरुङ

    काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको छ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको पदाधिकारी बैठकमा चुनावी समीक्षा र सरकारबारे सामान्य रूपमा छलफल गरिएको देव गुरुङले जानकारी दिए ।

    उनले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बनाउने पहिलो प्रयास रहने बताएका छन्।

    गुरूङले भने, ‘अहिलेको गठबन्धनलाई तोड्ने वा फोड्ने कुरा भएको छैन । आपसी समझदारीलाई जोड दिने हो । अहिलेको गठबन्धनको विकल्पबारे सोचेका छैनौँ ।’

    गुरूङका अनुसार सत्ता गठबन्धनमा रहेका दलहरूको बैठक सोमबार बस्ने तय भएको छ । उक्त बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ ।

    उनले गठबन्धनको विकल्प पार्टीले अहिले नै नखोजेको र गठबन्धनबाट नै नयाँ सरकार बनाउन माओवादीको पहिलो प्रयास भएको बताए ।

    शनिबार बसेको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै नेता कृष्णबहादुर महराले नयाँ सरकार बनाउन सबै विकल्पमा पार्टी खुला रहने बताएका थिए ।

  • माओवादी बैठककाे निर्णय : सरकार गठनमा सबै विकल्प खुला, गठबन्धन नछाड्ने

    माओवादी बैठककाे निर्णय : सरकार गठनमा सबै विकल्प खुला, गठबन्धन नछाड्ने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार गठनका सन्दर्भमा सबै विकल्प खुला राख्ने निर्णय गरेको छ ।

    पदाधिकारी बैठकपछि पत्रकारसँग कुरा गर्दै माओवादी उपाध्यक्ष कृष्णबहादुर महराले गठबन्धन छाड्ने निर्णय भने नगरेको बताए ।

    बैठकमा चुनावको प्रारम्भिक समिक्षामात्र भएकाले सरकार गठनको प्रक्रिया तथा एजेण्डाबारे छलफल नै नभएको उनले बताए ।

    बैठकमा अपेक्षा गरे अनुरुप प्रतिनिधि सभामा सीट आउन नसकेको समिक्षा भएको उनकाे भनाइ छ ।

  • चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्ने

    चुनावबारे समीक्षा गर्न माओवादी पदाधिकारी बैठक बस्ने

    काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समीक्षा गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बस्दैछ ।

    पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न ३ बजे बैठक बस्न लागेकाे हाे ।

    बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्राप्त परिणाम तथा आगामी रणनीतिका बारेमा छलफल हुने बताइएकाे छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणाम अन्तिम चरणमा छ ।

  • प्रधानमन्त्री देउवा अध्यक्ष दाहालबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा अध्यक्ष दाहालबीच भेटवार्ता

    काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्षबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

    सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्र सहित प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्यका रुपमा हेरिएको छ ।

    प्राप्त मतपरिणामअनुसार हालसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५० र माओवादी केन्द्र १६ स्थानमा विजयी भएका छन् ।

  • गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल

    गाउँगाउँमा पुगेको सिंहदरबार उल्ट्याउन दिइन्न : अध्यक्ष दाहाल

    गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गाउँगाउँमा पुगेको सिंहदरबारको अधिकार उल्ट्याउने चेस्टालाई कुनै पनि हालतमा पूरा हुन नदिने बताएका छन् ।

    गोरखा सदरमुकाममा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको धन्यवादसभामा उनले झण्डै ७५ वर्ष लामो सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारलाई खोस्न नदिइने बताए ।

    देश दुर्घटनातिर जाने होकी भन्ने आशङ्का यतिबेला सबैमा पैदा भएको भन्दै अध्यक्ष दाहालले अब राजनीतिक नेतृत्वले फरक ढङ्गबाट गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको बताए । ‘राजनीतिक दलका नेतालाई गाली गर्ने स्थिति सहन सकिन्थ्यो’, उनले भने, ‘देश भूमरीमा पर्ने स्थिति स्वीकार्य छैन ।’

    उनले निर्वाचन सफल भए पनि गठबन्धनमा अपेक्षा गरेअनुसार परिणाम नआएको उल्लेख गरे । अध्यक्ष दाहालले निर्वाचनका बेला आएर आफूले गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताए । उनले भने, ‘मैले गोरखामा आएर उम्मेदवारी दिँदै गर्दा विभिन्न समयमा जनताको अगाडि गरेका कबुल पूरा गर्नेछु । सुशासन र समृद्धि राजनीतिक परिवर्तनको दिगोपनका लागि नयाँ काम थाल्नेछु ।’

    अध्यक्ष दाहालले गोर्खाली जनताले मत दिएर फेरि सिंहदरबार प्रवेश गर्दै गर्दा आफूलाई नयाँ जिम्मेवारी र गौरव अनुभूति भएको बताए । ‘गोर्खाली जनताले दिएको जिम्मालाई मैले आफ्नो जीवनको अन्तिम अवसरमा रुपमा लिएको छु’, उनले भने, ‘मैले आफ्नो सम्पूर्ण तागत विकास, समृद्धि र सुशासनको अभियान खर्च गर्नेछु ।’

  • कालिकोटमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही निर्वाचित

    कालिकोटमा माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही निर्वाचित

    काठमाडौं । कालिकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् ।

    सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेका शाही २४ हजार २७४ मतसहित विजयी बनेका हुन् ।

    उनका निकटतम प्रत्यासी नेकपा एमाले एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत हासिल गरेका छन् । उनीहरुबीच आठ हजार ६४ मतको अन्तर छ ।

  • एमाले – माओवादी : जसले हराए एक-अर्काका महासचिव

    एमाले – माओवादी : जसले हराए एक-अर्काका महासचिव

    काठमाडाैं । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का महासचिव पराजित भएका छन् ।

    एमाले महासचिवले माओवादी केन्द्रका उम्मेदवारसँग पराजय व्यहोरे भने माओवादीका महासचिवले एमालेका उम्मेदवारसँग हार व्यहोरे ।

    दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका हुन् भने माओवादी केन्द्रका महासचिव देव गुरूङ लमजुङबाट पराजित भएका हुन् ।

    एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले हराएकी हुन् । उनले करिब २ सय मतले पाेखरेललाई पराजित गरिन् ।

    माओवादी केन्द्रका महासचिव देव गुरूङलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले हराएका हुन् । माओवादीका महासचिव गुरूङ ३ हजार ९८ मतान्तरले पराजित भएका हुन् ।

  • गाेरखाबाट प्रचण्डकाे जित, प्रतिस्पर्धी मानिएका अब्दुस मियाँले कति पाए मत ?

    गाेरखाबाट प्रचण्डकाे जित, प्रतिस्पर्धी मानिएका अब्दुस मियाँले कति पाए मत ?

    गाेरखा । गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारी मतले विजयी भएका छन् ।

    बिहीबार बिहान सम्पन्न भएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार अध्यक्ष दाहालले २६ हजार एक सय तीन मत ल्याएर विजयी भएका हुन् ।

    उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीलाई १३ हजार चार सय ६६ मतले पछाडि पार्दै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बुर्लाकोटीले कूल १२ हजार छ सय ३७ मत प्राप्त गरेका छन् ।

    दाहालको प्रतिस्पर्धामा आउने आँकलन गरिएका नेपाल कम्युनिष्ट पार्टी एमालेका अब्दुस सलाम मियाँ भने तेस्रो भएका छन् । उनलेले सात हजार तीन सय ९३ मत प्राप्त गरेका छन् ।