एमाले – माओवादी : जसले हराए एक-अर्काका महासचिव

काठमाडाैं । मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का महासचिव पराजित भएका छन् ।

एमाले महासचिवले माओवादी केन्द्रका उम्मेदवारसँग पराजय व्यहोरे भने माओवादीका महासचिवले एमालेका उम्मेदवारसँग हार व्यहोरे ।

दाङ-२ बाट एमाले महासचिव शंकर पोखरेल पराजित भएका हुन् भने माओवादी केन्द्रका महासचिव देव गुरूङ लमजुङबाट पराजित भएका हुन् ।

एमाले महासचिव पोखरेललाई माओवादी केन्द्रकी रेखा शर्माले हराएकी हुन् । उनले करिब २ सय मतले पाेखरेललाई पराजित गरिन् ।

माओवादी केन्द्रका महासचिव देव गुरूङलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले हराएका हुन् । माओवादीका महासचिव गुरूङ ३ हजार ९८ मतान्तरले पराजित भएका हुन् ।

© 2024 All right reserved Site By : Himal Creation || सञ्चार रजिस्ट्रार दर्ता नं : ०००९७