Tag: नेपाली क्रिकेट

  • अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

    अस्ट्रेलिया त्यागेका नन्दन यादवले राष्ट्रिय टोलीमा बनाए स्थान 

    काठमाडाैं । गत एनपिएल संस्करणमा कर्णाली याक्सले अनुबन्ध गरेपछि नेपाल फर्किएका नन्दन यादवको क्रिकेट करियर बढो रोचक छ । एनपिएल सकिएपछि “जय नेपाल”  कप खेल्दै गर्दा पनि उक्त प्रतियोगिता पछि उनी नेपाल नबस्ने भन्नेमै थिए । तर एकाएक जनकपुरमा सम्पन्न “जय नेपाल” कपबाट काठमाडौं फर्किसकेपछि उनले अस्ट्रेलिया नफर्कने सोच बनाए ।

    उनले नेपालमै बसेर क्रिकेट करियरलाई अघि बढाउने निर्णय गरे । नन्दनले नेपालमै बसेर आफ्नो करियरलाई अगाडि बढाउने निर्णयमा शनिवार क्रिकेट एसोसिएसन अफ नेपालले पनि साथ दियो । ९ अप्रिलबाट हङकङमा  हुनगइरहेको चार देशीय टी-२० आई शृङ्खलामा क्यानले घोषणा गरेको १४ सदस्यीय टोलीमा नन्दन यादवलाई पनि समेट्यो ।

    नेपाली टोलीमा तीव्र गतिका बलर नन्दन यादवले तीन वर्षपछि स्थान बनाएका हुन् । यस भन्दा अगाडि नन्दन यादवलाई सन् २०२२ डिसेम्बरमा पनि नेपाली टोलीमा समावेश गरिएको थियो । नामिबियाको विन्डहोकमा आयोजित नामिबिया र स्कटल्याण्डविरुद्द आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ शृङ्खलाका लागि नेपालको १४ सदस्यीय टोलीमा स्थान बनाएका थिए ।

    तर दुर्भाग्य उनले यो सिरिजमा अन्तिम ११ मा भने स्थान बनाउन पाएनन् । यसरी राष्ट्रिय टोलीबाट खेल्ने नन्दनको सपना सन् २०२२ मा पूरा भएन । परिवारमा आर्थिक समस्या भएपछि उनी त्यस लगत्तै अस्ट्रेलिया हानिए । अहिले नन्दनको राष्ट्रिय टोलीबाट खेल्ने सपना पुनः एक पटक साकार हुन गइरहेको छ ।

    गत एनपिएल संस्करणमा उत्कृष्ट प्रदर्शन गरेका कारण नन्दनको पुनरागमन सम्भव भएको हो । नन्दनले कर्णाली यार्क्सका लागि क्वालिफाएर- टु बाट बाहिरिनु पूर्व ९ विकेट हात पारेका थिए ।

    कर्णालीबाट बलिङ गर्ने क्रममा नै नन्दनले नेपालको डेथ बलिङमा नयाँ आशा देखाएका थिए । सिरिजका लागि धेरै नयाँ नामहरू देखा परेका छन् । नन्दन बाहेक साहब आलम र बसिर अहमदले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् ।

    आलम र बसिर पनि एनिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरू हुन् । केही नयाँ खेलाडीहरूले मौका पाइरहँदा नेपाली टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछाने भने अन्तिम १४ मा समावेश छैनन् ।

    हङकङमा हुने चार देशीय टी–२० सिरिजका लागि रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा बुधवारदेखि बन्द प्रशिक्षण सुरु भइसकेकाे छ ।

    सिरिजमा अन्तरिम प्रशिक्षकका रूपमा स्थान बनाएका ज्ञानेन्द्र मल्लले नेपाली टोलीलाई प्रशिक्षण गराइरहेका छन् । यसअघि गत चैत १५ मा नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका स्टुअर्ट ललाई नियुक्त गरेको थियो ।

    प्रशिक्षक ल नेपाल आउन ढिलाइ भएपछि क्यानले मल्ललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । यसअघि ज्ञानेन्द्र हङकङ सुपर सिक्सेसमा नेपाली टोलीको प्रशिक्षक थिए । मल्लले नेपालको ‘ए’ टोलीको प्रशिक्षक भएर पनि काम गरेका थिए ।

    सिरिजमा नेपाल र हङकङसहित कुवेत र कतारले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेल चैत २७ गते कतारसँग, चैत २८ गते कुवेतसँग र चैत ३० गते हङकङसँग खेल्नेछ । चैत ३१ गते तेस्रो स्थान र फाइनल खेल हुनेछ ।

  • एनपिएल अक्सनका लागि १ सय ४२ खेलाडी छनोट (नामावलीसहित)

    एनपिएल अक्सनका लागि १ सय ४२ खेलाडी छनोट (नामावलीसहित)

    काठमाडाैं । नेपाल क्रिकेट संघले आगामी ३० नोभेम्बरदेखि २१ डिसेम्बरसम्म हुने नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी हुने खेलाडीको दर्ता सम्पन्न गरेकाे छ ।

    अक्सनका लागि सर्ट लिस्टसमेत सार्वजनिक भइसकेकाे छ । असोज ५ देखि सुरु दर्ता प्रक्रिया १२ गतेसम्म चलेको थियो ।

    जसमा ४२६ जना नेपाली खेलाडीहरुले आफ्नो नाम दर्ता गराएको क्यानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    दर्ता भएका खेलाडीबाट एनपिएल अक्सनका लागि १ सय ४२ जना खेलाडीलाई सर्ट लिस्ट गर्दै क्यानले नामावली सार्वजानिक गरेको हो ।

    एनपिएलको अक्सन असोज २० मा काठमाडौंमा हुने छ ।

    अक्सनमा सहभागि हुने खेलाडीको नामावली :

     

  • खेल सुरु हुनै लाग्दा फेरि पर्न लाग्याे पानी

    खेल सुरु हुनै लाग्दा फेरि पर्न लाग्याे पानी

    काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनलमा पानी परेपछि खेल केहिबेर रोकिएको थियो । रोकिएको खेल वर्षा रोकिएको केहिबेरमै सुरु हुनैलाग्दा फेरि पानी परेको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल अबरुद्ध भएको थियो। २३.२ ओभरमा नेपालले ३ विकेट गुमाएर १ सय ४१ रन बनाएको थियो ।

    वर्षाको कारण एक घण्टा भन्दा बढी खेल रोकिएपछि खेल ४५/४५ ओभरको हुने भनिएपनि अनिश्चित भएको छ ।

     

  • त्रिवि मैदानमा दर्कियाे पानी, नेपाल र कुवेतबीचको सेमिफाइनल खेल राेकियाे

    त्रिवि मैदानमा दर्कियाे पानी, नेपाल र कुवेतबीचको सेमिफाइनल खेल राेकियाे

    काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको हो ।

    आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।

    तर, नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै जति रनको लक्ष्य दिएपनि दोस्रो इनिङ हुन सकेन तर खेलको निर्धारित समय सकिन २० मिनेट बाँकी रहँदा मैदान खेल्न योग्य भयो भने सुपर ओरमा नतिजा लिइने छ ।

    पहिलो सुपर ओभर टाई भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभर टाई भएको खण्डमा नेपाल समूह विजेताको हैसियतले फाइनल पुग्नेछ ।

    फाइनलमा पनि यहि नियम लागु हुनेछ ।

    जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएर खेलिरहेको थियो । क्रिजमा कुशल मल्ल ३२ र रोहित पौडेल २९ रन बनाएर खेलिरहेका थिए ।

  • नेपालले गुमायाे लगातार तीन विकेट

    नेपालले गुमायाे लगातार तीन विकेट

    काठमाडौं । एसीसी प्रिमियर कपको सेमिफाइनल खेलमा नेपालले कुवेतविरुद्ध तेस्रो विकेट गुमाएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थाल्दै राम्रो सुरुआत गरेको नेपालले पाओर प्लेको समाप्तिमा कुनै पनि विकेट गुमाएको थिएन ।

    ओपनर कुशल भुर्तेल १०.५ ओभरमा अदनन् इद्रिसको बलमा यासिन पटेलबाट क्याचआउट हुँदा नेपालले पहिलो विकेट गुमाएको थियो ।

    उनले आउट हुनु अघि, आसिफ शेखसँग ७७ रनको साझेदारि गरेका थिए । त्यसपछि लगातार भिम र आसिफ आउट भए ।

  • कतारमाथि नेपालकाे जित, सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शन

    कतारमाथि नेपालकाे जित, सन्दीप लामिछानेकाे उत्कृष्ट प्रदर्शन

    काठमाडौं । कतारविरुद्ध नेपालले जित दर्ता गरेकाे छ ।

    १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरे पनि बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालकाे जित सम्भव भएकाे हाे ।

    कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५८ रनको लक्ष्य पछ्याएको कतारले ८९ रनमात्र बनाउन सक्यो ।

    कतारलाई सस्ताेमा अलआउट गर्ने क्रममा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए । त्यस्तै, सोमपाल कामीले ३ र ललित राजवंशीले २ विकेट लिए ।

    जितसँगै एसीसी प्रिमियर कपमा नेपाल समूह बिजेता विजेता बनेको छ । अब नेपालले सेमिफाइनलमा समूह बीको उपविजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

  • ओमानविरुद्ध नेपालको शानदार जित

    ओमानविरुद्ध नेपालको शानदार जित

    काठमाडौं । कुशल मल्लको विष्फोटक शतकमा नेपालले एसीसी प्रिमियर कप अन्तर्गत ओमानविरुद्धको म्याचमा शानदार जित दर्ता गरेको छ । टस हारेर ब्याटिङ गर्दै नेपालले दिएको ३११ रनको विशाल लक्ष्य ओमानले पछ्याउन सकेन । नेपालले ओमानलाई ८४ रनले हराएकाे हाे ।

    नेपालले ४६.३ ओभरमा ओमानविरुद्ध ८४ रनको जित दर्ता गरेको हो । ओमानका दशौँ नम्बरका ब्याट्सम्यान घाइते भएर क्रिजमा उत्रिन नसकेपछि ९ विकेटमै खेल समाप्तिको घोषणा गरिएका थियो । ओमानले २२६ रन मात्रै जोड्न सक्यो ।

    त्रिवि मैदानमा भएको खेलमा नेपालले निकै खराब सुरुवात गरेको थियो । नेपालका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले खाता खोल्न नसकि आउट भएपछि नेपाललाई कप्तान रोहित पौडेल र भिम कार्कीले सम्हाल्ने प्रयास गरे । उनीहरुबीच ५२ रनको साझेदारी भयो । आउट हुनुअघि रोहितले ३४ बलमा २ चौकाको मद्दतले २३ रन बनाएका थिए ।

    उच्च फर्ममा रहेका भीमले ५६ बलमा एक छक्का र ४ चौकासहित ३३ रन जोडे । १८ रनको अन्तरालमा उनीहरु दुवै आउट भएपछि दवावमा परेको नेपाललाई कुशल मल्लले उद्दार गरे । उनले ओमानमाथि काउन्टर अट्याक गर्दै नेपाललाई खेलमा फर्काए ।

    कुशलले एकदिवसीयमा आफ्नो पहिलो शतक पूरा गरे । उनको विष्फोटक इनिङमा १० छक्का र ९ चौका सामेल थिए । कुशलले मध्यक्रमका भरपर्दा ब्याट्सम्यान आरिफ शेखसँग ७५ रनको महत्वपूर्ण साझेदारी गरे । आरिफ ४३ बलमा २९ रन बनाएर आउट ।

    आरिफपछि सातौं नम्बरमा आएका दिपेन्द्र सिंह ऐरीको ब्याट आज चलेन । उनी १० बलमा ७ रन बनाएर आउट भएपछि क्रिजमा आए सोमपाल कामी । कुशल र सोमपालबीच ४९ रनको अर्को महत्वपूर्ण साझेदारी भयो । ४०ं.४ ओभरमा नेपालले २२१ बनाउँदा कुशल १०८ रनको निजी स्कोरमा पेभिलियन फर्किए ।

    कुशल आउट भएपछि नेपालको ब्याटिङ फेरि दवावमा परेको थियो । तर, सोमपाल कामीले सुझबुझपूर्ण ब्याटिङ गर्दै नेपाललाई अहिलेसम्मकै उच्च योगफलमा पुर्‍याए । उनलाई दशौं नम्बरमा आएका करण केसीले साथ दिए । उनीहरुबीच नवौं विकेटका लागि ६१ रनको साझेदारी भएको थियो ।

    सोमपाल ४८ बलमा ६३ रन बनाएर अविजित रहे । उनको इनिङमा ९ चौका सामेल थिए । यस्तै, करण एक छक्का र तीन चौकासहित १५ बलमा २९ रन बनाएर अविजित रहे ।

    दोस्रो इनिङमा ब्याटिङ गर्न उत्रेको ओमानले आक्रामक सुरुवात गरेको थियो । ४.३ ओभरमा ३२ रन बनाएपछि ओमानको विकेट पतन सुरु भयो । ललित राजवंशीले जतिन्दर सिंहलाई आउट गर्दै नेपाललाई ब्रेक थ्रु दिलाए ।

    सन्दीप लामिछानेले छोटो अन्तरालमा ३ विकेट लिएपछि ओमान खेलमा फर्किन सकेन । नेपालका लागि करण केसीले पनि ३ विकेट लिए भने ललितले २ र दिपेन्द्र सिंह ऐरीले पनि २ विकेट लिए ।

  • ओमानलाई दियाे नेपालले ३ सय ११ रनकाे कीर्तिमानी लक्ष्य

    ओमानलाई दियाे नेपालले ३ सय ११ रनकाे कीर्तिमानी लक्ष्य

    काठमाडाैं । एसीसी प्रिमियर लिग अन्तरगत किर्तिपुर मैदानमा भइरहेको खेलमा नेपालले ओमानलाई ३११ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

    खराब सुरुवात गरेको नेपाललाई कुशल मल्ल र सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गर्दै उकासेका थिए ।

    नेपालले पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३०० रनको स्कोर पार गरेको हो । योभन्दा अगाडि नेपालको उच्च स्कोर २९७ रन थियो ।

  • ओमानविरुद्ध कुशल मल्लकाे विष्फाेटक शतक

    ओमानविरुद्ध कुशल मल्लकाे विष्फाेटक शतक

    काठमाडौं । ओमानविरुद्ध नेपालका ब्याट्सम्यान कुशल मल्ले विष्फोटक शतक बनाएका छन् ।

    उनले केवल ५९ बलमा आफ्नो शतक पूरा गरे । कुनै पनि नेपाली ब्याट्सम्यानले बनाएको यो सर्वाधिक छिटो सतक हो ।

    यसअघि, कप्तान रोहितले ९१ बलमा शतक बनाएको कीर्तिमानलाई तोडेका हुन् । कुशलले ५९ बलमा समान ९ चौका र ९ छक्काको मद्दतमा शतक पूरा गरेका हुन् ।

  • कुशल मल्लकाे विष्फाेटक ब्याटिङ, ३० बलमा अर्धशतक पूरा

    कुशल मल्लकाे विष्फाेटक ब्याटिङ, ३० बलमा अर्धशतक पूरा

    काठमाडौं । एसीसी प्रिमियर लिग अन्तर्गत ओमानविरुद्धको खेलमा कुशल मल्लले विष्फाेटक अर्धशतक बनाएका छन् ।

    नेपाली ब्याट्सम्यानमाथि ओमानका बलरहरु हावी भइरहँदा क्रिजमा आएका कुशलले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए ।

    कुशल क्रिजमा आउनुअघि नेपालले २०.३ ओभरमा ७२ रन मात्र जोड्दा अग्रपंतिका चार विकेट गुमाएको थियो ।

    दबाबको अवस्थामा पनि उनले खुलेर ब्याटिङ गरेका उनले चौका र छक्काको वर्षा गर्दै ३० बलमै अर्धशतक पूरा गरेका हुन् ।

    नेपालले आजको म्याचमा निकै खराब सुरूवात गर्दै दुवै ओपनरलाई शून्यमा गुमाएको थियो । कुशल भुर्तेलले ८ बल र आसिफ शेखले १० बल खेल्दा कुनै रन बनाउन सकेनन् ।

    ३.४ ओभरमा नेपालले दुई रन मात्र जोड्दा दुवै ओपनर पेभिलियन फर्किएपछि भीम सार्की र कप्तान रोहित पौडेलले नेपालको ब्याटिङ सम्हाल्ने प्रयास गरेका थिए । उनीहरूबीच ५२ रनको साझेदारी भएकाे थियाे ।