• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

त्रिवि मैदानमा दर्कियाे पानी, नेपाल र कुवेतबीचको सेमिफाइनल खेल राेकियाे

काठमाडौं । एसीसी प्रिमियर लिगअन्तर्गत जारी नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानि परेसँगै रोकिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २३.२ ओभरको खेल भइरहँदा पानि दर्किएसँगै खेल रोकिएको हो ।

आजको खेल पनि परेर रद्द भएपनि नेपालले फाइनलमा स्थान बनाउने सम्भावना छ । दोस्रो ओभरमा एकै बल पनि नभई खेल रद्द भए नेपालले समूह विजेताको हैसियतले फाइनलमा स्थान बनाउनेछ ।

तर, नेपालले पहिलो इनिङमा ब्याटिङ गर्दै जति रनको लक्ष्य दिएपनि दोस्रो इनिङ हुन सकेन तर खेलको निर्धारित समय सकिन २० मिनेट बाँकी रहँदा मैदान खेल्न योग्य भयो भने सुपर ओरमा नतिजा लिइने छ ।

पहिलो सुपर ओभर टाई भए दोस्रो सुपर ओभर हुनेछ । दुवै सुपर ओभर टाई भएको खण्डमा नेपाल समूह विजेताको हैसियतले फाइनल पुग्नेछ ।

फाइनलमा पनि यहि नियम लागु हुनेछ ।

जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १ सय ४१ रन बनाएर खेलिरहेको थियो । क्रिजमा कुशल मल्ल ३२ र रोहित पौडेल २९ रन बनाएर खेलिरहेका थिए ।