Tag: राप्रपा

  • राजेन्द्र लिङ्देनलगायत राप्रपा नेताहरु सिंहदरबार भित्रैबाट पक्राउ

    राजेन्द्र लिङ्देनलगायत राप्रपा नेताहरु सिंहदरबार भित्रैबाट पक्राउ

    काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरू सिंहदरबार भित्रैबाट पक्राउ परेका छन् । सिंहदरबारभित्रै प्रदर्शनमा उत्रिएपछि प्रहरीले आइतबार दिउँसो नेताहरूलाई पक्राउ गरेको हो ।

    उनीहरुले वर्तमान व्यवस्थाविरुद्ध विभिन्न नारा अंकित पम्प्लेट देखाउँदै सिंहदबारमा प्रदर्शन गरेका थिए भने सुरुमा प्रहरीले सो पम्प्लेट खोसेको थियो ।

    पक्राउ पर्दैपर्दा लिङ्देनले लोकतन्त्रमा बोल्न र प्रदर्शन गर्न पनि सरकारले रोक लगाएको भन्दै आपत्ति जनाए । राप्रपाले आइतबार निषेधित क्षेत्र तोड्ने घोषणा गरेको थियो ।

    राप्रपाका कार्यकर्ताहरु बानेश्वरस्थित निषेधित क्षेत्रको घेरा नजिकै भेला हुँदै गर्दा संसदीय दलको कार्यालयमा भेला भएर लिङ्देनलगायतले सिंहदबारमै प्रदर्शन गरेका हुन् ।

    राप्रपाले तीनकुने घटनाको छानबिन माग,पार्टीका नेताहरुको रिहाइका साथै राजसंस्थाको पक्षमा आइतबार प्रदर्शन आयोजना गरेको हो ।

  • राप्रपा बैठकमा धवलशमशेरलाई काउन्टर : एमालेबाट आएर ठूला कुरा गर्ने ? (भिडिओसहित)

    राप्रपा बैठकमा धवलशमशेरलाई काउन्टर : एमालेबाट आएर ठूला कुरा गर्ने ? (भिडिओसहित)

    काठमाडाैं । राजेन्द्र लिङ्देनलाई चुनौती दिँदै राप्रपाका महामन्त्री धवलशमशेरले केन्द्रीय समिति बैठकमा छुट्टै राजनीतिक विचार प्रस्तुत गरेपछि लिङ्देन समर्थक सदस्यहरु धवलशमशेरमाथि खनिएका छन् ।

    शुक्रबारदेखि सुरु भएकाे राप्रपा केन्द्रीय समिति बैठकमा राणाले अध्यक्ष राजेन्द्र लिङ्देनलाई चुनौती दिने ढंगले लिखित रूपमै आगामी योजनासहितको राजनीतिक विचार प्रस्तुत गरेका थिए । उक्त विचारकाे विराेध गर्दै लिङ्देन समर्थक सदस्यहरुले राणामाथि कटाक्ष गरेका हुन् ।

    विरेन्द्र बम, दानबहादुर बुढालगायतका नेताहरुले राणामाथि एमालेबाट आएर लिङ्देनकाे राजनीतिक निष्ठामाथि प्रश्न गर्नु सय प्रतिशत गलत भएकाे बताए । उनीहरुले राणा एमालेबाट राप्रपा बनेकाे भनी कटाक्षसमेत गरे ।

    राणा २०५२ सालमा एमाले प्रवेश गरेका थिए । २०५४ सालमा भएको स्थानीय चुनावमा एमालेबाट उनी तत्कालीन नेपालगन्ज नगरपालिकामा मेयरसमेत बनेका थिए । उनी पछि फेरि राप्रपामा फर्किएका थिए ।

    हेर्नुहाेस् भिडिओ :

  • दशैंको शुभकामना भित्र लुकेको राजनीतिक चाहना, काठमाडौं १ मा खुले उप्रेती

    दशैंको शुभकामना भित्र लुकेको राजनीतिक चाहना, काठमाडौं १ मा खुले उप्रेती

    काठमाडाैं । बडादशैको प्रारम्भसंगै दशै, तिहार, छठ र नेपाल सम्वतको अवसरमा देशभर शुभकामना आदानप्रदानका कार्यक्रम पनि सुरु भएका छन् । राजनीतिक दल लगायत बिभिन्न संघ संस्था र नागरिक अगुवाहरुले चियापान लगायतका कार्यक्रम गर्दै आपसी सद्भाव र शुभकामना आदानप्रदान मात्र होइन राजनीतिक दाउपेचसमेत सुरु गरेका छन् ।

    दलका नेताहरूले मोबाइलबाट एसएमएस पठाएर शुभकामना दिइरहेका छन् । सामाजिक सञ्जालमा शुभकामना दिनेमा दलका नेताहरू नै बढी देखिन्छन् ।

    यो बाहृेक सार्वजनिक कार्यक्रम आयोजना गरेर शुभकामना र राजनीति एकसाथ बढाउनेहरु पनि प्रशस्त छन् ।

    यो खेल सबैभन्दा बढी राजधानी कै मुटु मानिएको काठमाडौं क्षेत्र नम्बर १ मा सुरु भएको छ ।

    काठमाडौं क्षेत्र नम्बर १ मा आगामी निर्वाचनमा चमत्कारिकरुपमा नयाँ नेतृत्व उदाउने संकेत देखिएको छ ।

    काठमाडौं क्षेत्र नम्बर १ निवासी वरिष्ठ समाजसेवी शोभित उप्रेतीको सकृयताले उनी ०८४ को निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको देखिन्छ । हाल राप्रपा सह कोषाध्यक्ष रहेका उप्रेतीले यसअघि रविन्द्र मिश्रलाई सघाएपनि यसपटक भने उनी आफैँ तयारीमा जुटेका छन् ।

    उप्रेतीले आफू उम्मेदवार हुने संकेत असोज १७ गते घटस्थापनाको अवसर पारेर गरेका छन् ।

    का.म.न.पा. १ नागरिक समाज, नेपाल साहित्यक पत्रकार संघ र एसएस फाउन्डेसनले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलाई समेत उपस्थित गराउँदै आफ्नो लोकप्रियता सिद्ध गरेका छन् ।

    कार्यक्रममा अध्यक्ष लिङदेनले नख्खु बाढीमा २ जनाको ज्यान बचाउने चणिकलाल तामाङलाई ५० हजार नगदसहित सम्मान गरेका थिए । लिङदेनले चणिकलालबाट सबैले प्रेरणाा लिनुपर्ने बताउँदै यस्तो अवसर जुटाएकोमा उप्रेती लगायतलाई धन्यवाद दिएका थिए ।

  • राष्ट्रपतिको युरोप भ्रमण रद्द गरी त्यसमा लाग्ने खर्च भूकम्प प्रभावित क्षेत्रमा पठाउन रवीन्द्र मिश्रको सुझाव

    राष्ट्रपतिको युरोप भ्रमण रद्द गरी त्यसमा लाग्ने खर्च भूकम्प प्रभावित क्षेत्रमा पठाउन रवीन्द्र मिश्रको सुझाव

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण रद्द गरी त्यसबाट बच्ने रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका छन् ।

    शुनिबार सामाजिक सञ्जालमार्फत उनले राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोलीलाई भूकम्प प्रभावित क्षेत्रमा खटाएको जानकारी दिँदै उनले राष्ट्रपतिको भ्रमणलाई रद्द गरी त्यसबाट बच्ने रकम भूकम्प पीडितको राहत र उद्धारमा खर्च गर्न सुझाव दिएका हुन् ।

    उनले लेखेका छन्, ‘भूकम्पका कारण जाजरकोट, रुकुम लगायत पश्चिम नेपालका विभिन्न स्थानमा भएको व्यापक धनजनको क्षतिले मर्माहत बनाएको छ। यो संकटको घडीमा जहाँबाट जसरी सकिन्छ, सबै मिलेर सहयोग गरौँ! राष्ट्रपतिले यो राष्ट्रिय पीडाको घडीमा युरोप भ्रमण रद्द गरेर त्यसबाट बच्ने करोडौँ रकम राहत र उद्धारमा खर्च गर्नु राम्रो हुन्छ। राप्रपाले संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको नेतृत्वमा स्वयंसेवकहरूको टोली खटाएको छ।’

    उनले राप्रपाको महिला संगठनको टोली पनि राहत सामग्री सहित जान लागेको जानकारी दिए ।

  • बजेट नराम्राे छैन, सांसद विकास कोष ब्युँत्याउन जरूरी थिएन : ज्ञानेन्द्र शाही

    बजेट नराम्राे छैन, सांसद विकास कोष ब्युँत्याउन जरूरी थिएन : ज्ञानेन्द्र शाही

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेटमा सांसद विकास कोष ब्युँत्याउन जरूरी नभएको बताएका छन्।

    सोमबार बजेट भाषण सकिएपछि बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद विकास कोष आवश्यक नभएको बताएका हुन्।

    ‘स्थानीय सरकार भएकाले यो आवश्यक त होइन। स्थानीय सरकार नभएको भए आवश्यक रहन सक्थ्यो,’ उनले भने।

    आउने बजेटलाई पनि पारदर्शी बनाउनुपर्ने उनको भनाइ थियो।

    बजेट भने नराम्रो नभएको पनि टिप्पणी गरेका छन्।

    ‘बजेट समसमायिक रूपमा त्यति नराम्रो पनि छैन, बजेट ठीकै छ। मुख्य विषयवस्तु चाहि कार्यान्वयन गर्ने पक्ष हो। यसलाई सफलताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘तर कृषिमा, विदेशबाट आयात हुने कृषिजन्य पदार्थ रोकिनुपर्छ भन्ने थियो। त्यो कतै देखिएन।’

    जुम्लाका लागि ९ वटा आयोजना भएकाले पनि स्वागतयोग्य भएको उनले बताए।

  • राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

    राप्रपाले जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी जेठ ४ गते काठमाडौंमा भ्रष्टाचारविरुद्ध आमसभा गर्ने भएको छ ।

    आइतबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत सबै भ्रष्टाचारका काण्डलाई छानबिन गर्न दवाव दिने उद्देश्यका साथ काठमाडौंमा पार्टीले आमसभा गर्न लागेको जानकारी दिएका हुन् ।

    शरणार्थी प्रकरणको छानबिनलाई सशक्त बनाउनुपर्ने र छानबिनको कामलाई कमजोर बनाउन नहुने उनले बताए । उनले राप्रपा शसक्त प्रतिपक्षमा बसेर भ्रष्टाचार, सुशासन र राष्ट्रियताको पक्षमा आवाज उठाउने धारणा राखे ।

    भ्रष्टाचारका विषयमा आवाज उठाउने नैतिक क्षमता भएको एकमात्रै पार्टी राप्रपा भएको उनले बताए । उनले प्रहरीले राम्रो काम गरिरहेको भन्दै स्वतन्त्रतापूर्वक काम गर्ने वातावरण बनाउनुपर्ने जिकिर गरे ।

    त्यस्तै, लिङ्देनले सोमबारबाट सुरु हुने पार्टीको केन्द्रीय समितिको पूर्ण बैठकमा समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा लगाएतका बिषयमा छलफल हुने जानकारी दिए ।

  • राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

    राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णय गरेको छ ।

    बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    भाेलि हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

    राप्रपाका १४ जना संघीय सांसद र २८ जना प्रदेशसभा सदस्य छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसद र प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् ।

  • राप्रपाले लियाे कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

    राप्रपाले लियाे कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता

    सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् ।

    प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।

    केन्द्रमा भएको सत्ता समीकरणमा आएको फेरबदलका कारण प्रदेशमा पनि राप्रपाले समर्थन फिर्ता लिएको हो ।

  • राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा

    राप्रपाका मन्त्रीहरुले बुझाए राजीनामा

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले राजीनामा दिएका छन्।

    शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राप्रपाका तर्फबाट बनेका ४ मन्त्रीले राजीनामा बुझाएका हुन्।

    राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

  • राप्रपाको निर्णय : पार्टी र सरकारबीच समन्वय गर्न मिश्रको संयोजकत्वमा समिति गठन हुने

    राप्रपाको निर्णय : पार्टी र सरकारबीच समन्वय गर्न मिश्रको संयोजकत्वमा समिति गठन हुने

    काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी र सरकार बीच समन्वय गर्न कार्यबिधि बनाउने निर्णय गरेको छ ।

    बिहीबार काठमाडौंमा बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले पार्टी र सरकार बीच समन्वय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको संयोजकत्वमा कार्यविधि समिति गठन गर्ने निर्णय गरेको हो ।

    त्यस्तै, बैठकले पार्टीको विधान बमोजिम पूर्व अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीको संयोजकत्वमा बढीमा १७ सदस्यीय हुने गरी केन्द्रीय निर्देशन समिति गठन गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    बैठकले आगामी २०८० बैशाख १ गतेदेखि सक्रिय सदस्य वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको उनले बताए ।

    बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा जानकारी गराएका थिए ।