• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

बजेट नराम्राे छैन, सांसद विकास कोष ब्युँत्याउन जरूरी थिएन : ज्ञानेन्द्र शाही

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले बजेटमा सांसद विकास कोष ब्युँत्याउन जरूरी नभएको बताएका छन्।

सोमबार बजेट भाषण सकिएपछि बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद विकास कोष आवश्यक नभएको बताएका हुन्।

‘स्थानीय सरकार भएकाले यो आवश्यक त होइन। स्थानीय सरकार नभएको भए आवश्यक रहन सक्थ्यो,’ उनले भने।

आउने बजेटलाई पनि पारदर्शी बनाउनुपर्ने उनको भनाइ थियो।

बजेट भने नराम्रो नभएको पनि टिप्पणी गरेका छन्।

‘बजेट समसमायिक रूपमा त्यति नराम्रो पनि छैन, बजेट ठीकै छ। मुख्य विषयवस्तु चाहि कार्यान्वयन गर्ने पक्ष हो। यसलाई सफलताका साथ अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘तर कृषिमा, विदेशबाट आयात हुने कृषिजन्य पदार्थ रोकिनुपर्छ भन्ने थियो। त्यो कतै देखिएन।’

जुम्लाका लागि ९ वटा आयोजना भएकाले पनि स्वागतयोग्य भएको उनले बताए।