Tag: सत्ता गठबन्धन

  • कामचलाउ सरकारको अध्यादेश : ‘बैरागी भएको मन डुली अघाउँदैन’

    कामचलाउ सरकारको अध्यादेश : ‘बैरागी भएको मन डुली अघाउँदैन’

    बैरागीको बाँझो मन डुली अघाउँदै
    कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन

    यी चर्चित डेउडाका पङ्ती मनमा विरही भाव आउँदा गाउन मन लाग्छ । आज देशका मुठ्ठीभरका केही मानिसबाहेक प्रायः सबैको विरही भावना छ । सबै निराश छन् ।

    मानिसहरु निराश भएको आफनै चिन्ताले हो । घर खर्च, छोराछोरीको खर्च, पढाइलेखाइ, औषधि उपचार जस्ता आधारभुत कुरासमेत जोडन नसकिएपछि मानिस निराश हुने हो । जे गर्दापनि आफना आवश्यकता पूरा गर्न नसकिएपछि मानिसमा हीन भावना पलाउँछ । अहिले देशका अधिकांश मानिसको अवस्था यही हो ।

    देशका बहुसंख्यक मानिस निराश हुनुको कारण देशको अवस्था नै ठीक नभएर हो । अहिले किसानहरु आन्दोलितछन । धानको समर्थन मूल्य पाउन सकेका छैनन । समयमा मल पाईदैन । खेतमा उत्पादन गरेको सामग्री सस्तोमा बेच्नुपर्छ तर दलालले मनग्य आम्दानी गर्छ । उत्पादनमा भन्दा लगानी बढी छ । के भनेर किसानको मनोबल बढोस् ।

    हरेक अभिभावक विद्यालयबाट आएको छोराछोरीको शुल्कको बिल देखेर तर्सिने अवस्था छ ।

    छोराछोरीको पढाइ गतिलो छैन । मोबाइल र कम्प्युटरमा मात्र व्यस्त हुने छोराछोरीलाई धान कहाँबाट आउँछ भनेर सोध्यो भने पसलबाट भन्ने जवाफ आउँछ । उनीहरुलाई व्यवहारिक शिक्षा छैन । घोकन्ते र अव्यवहारिक शिक्षा प्रणालीले बेरोजगार मात्र उत्पादन गरिरहेको छ । विद्यालय सञ्चालकहरु नयाँ अंग्रेजी पुस्तक पढाइरहेका छौ भनेर अभिभावकलाई भ्रम छर्नमै व्यस्त छन् ।

    महंगी यति धेरै छ कि बजारमा एक मुठा सागको मूल्य ६० रुपैयाँ भन्दा बढी छ । त्यो एक मुठा पकाउँदा एक जनालाई पनि पुग्दैन । ४ जनाको परिवारलाई चार मुठा चाहिन्छ, त्यो पनि एक छाक । दाल, चामल, तेल, माछामासु, अण्डाको त कुरै नगरौँ ।

    भर्खरै चुनाव सम्पन्न भएको छ । नयाँ जनप्रतिनिधि आएका छन् । देशलाई उँभो लगाउलान्, जनताका आधारभुत समस्या समाधान गर्लान्, जनजीविका सहज होला भनेको त ठीक उल्टो हुँदैछ । सबैलाई मन्त्री कसरी हुने भन्ने मात्र चिन्ता छ । केन्द्रदेखि प्रदेशसम्म मन्त्री बन्ने र बनाउने कुरामा मात्र छलफल भैरहेका छन् ।

    अझ सबैभन्दा निराशाजनक त अध्यादेश ल्याएर जेलमा रहेकाहरुलाई रिहा गर्ने सुन्दा हुँदो रैछ । अध्यादेश ल्याएर, फौजदारी संहिता संशोधन गरेर रेशम चौधरी, सिके राउत र विप्लवका कार्यकर्ता छुटाउने रे । के का लागि भन्दा सरकार बनाउन सिट अपुग भएछ ।

    जनताका छोराछोरी निर्दोष हुँदाहुँदै पनि फसाएर जेलमा कोचिएको छ । उनीहरु कहिल्यै न्याय पाउँदैनन् । अदालतमा तारेख सार्दासार्दै उनीहरुको जीवन जान्छ । तर, सत्ताका लागि मुद्दा फिर्ता गर्ने सौदाबाजीले मुलुक कहाँ जाँदैछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

    राजनीतिक दल र तीनका नेताहरु विदेशीको इशारामा चल्ने सत्य अब लुकाएर लुक्दैन । यही चुनावमा पनि दूतावासबाट करोडौं रकम लिएको छताछुल्ल भैसकेको छ । विदेशीको पैसा खानेले विदेशीकै हितमा काम गर्छ, देश र जनताको पक्षमा चाहेर पनि गर्न सक्दैन ।

    देश भनेको भूगोल मात्र होइन । देश भनेको जनता हुन् । जनता मर्ने नेता बाँच्ने स्थितिले देश बाँच्न सक्दैन । अहिले मुलुक असफल राष्ट्र हुने स्थितिमा छ । आर्थिक स्थिति डामाडोल छ । यही अवस्था रहे युक्रेनबाट युक्रेनका जनता भाग्नुपर्ने स्थिति आए जस्तै हामी नेपाली नै नेपालबाट भाग्नुपर्ने अवस्था नआउला भन्न सकिन्न ।

    यस्तै विरहले गाँजेको बेला आउनुस् एकै स्वरमा गाऔँ :

    बैरागीको बाँझो मन डुली अघाउँदै
    कर्णाली घुमाउटो पड्यो लौडी बगाउँदैन ।

  • राजनीतिक कार्यकर्ताको मुद्दा फिर्ता लिन सरकारले ल्यायो अध्यादेश,

    काठमाडाैं । सरकारले नागरिक उन्मुक्ति पार्टी र विप्लव समूहका कार्यकर्ता संलग्न मुद्दा फिर्ता लिने उद्देश्यले मुलुकी अपराध संहिता संशोधन अध्यादेश ल्याएको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

     

  • सत्ता गठबन्धनलाई निरन्तरता दिने चार दलको निर्णय (वक्तव्यसहित)

    सत्ता गठबन्धनलाई निरन्तरता दिने चार दलको निर्णय (वक्तव्यसहित)

    काठमाडाैं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको चार दलका शीर्ष नेताको बैठकले सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ ।

    मंसिर ४ को निर्वाचन परिणाम आएपछि पहिलो पटक बसेको सत्ता गठबन्धनको बैठकपछि संयुक्त वक्तव्य निकाल्दै यस्तो निर्णय गरिएको जानकारी दिइएको हो ।

    निर्वाचनका क्रममा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दा गर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिएको निष्कर्ष बैठकले निकालेको छ।

    ‘निर्वाचनका दौरानमा देखिएका ति असमझदारीहरुको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिने छ,’ बैठकपछि जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति हामी आभारी छौं ।’

  • सत्ता गठबन्धनको चुनावपछि पहिलो बैठक, यी विषयमा छलफल हुने

    सत्ता गठबन्धनको चुनावपछि पहिलो बैठक, यी विषयमा छलफल हुने

    काठमाडाैं । सत्ता गठबन्धनको चुनावपछिको पहिलो बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक सुरु भएको हो ।

    बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता प्रकाश शरण महत, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, माओवादीका अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीमा अध्यक्ष माधव नेपाल लगायत सहभागी छन् ।

    बैठकमा लाेसपालाई बाेलाइएकाे छैन । जनमाेर्चाबाट भने दुर्गा पाैडल सहभागी छिन् ।

    गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

    -फाइल तस्बिर । 

  • चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनकाे बैठक आज

    चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न गठबन्धनकाे बैठक आज

    काठमाडौं । सत्ता गठबन्धनको बैठक सोमबार बस्दै छ। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

    चुनावी परिणाम र नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बस्न लागेको नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले जानकारी दिए । शनिवार र आइतवार माओवादी केन्द्रको पदाधिकारीको बैठक बसेको थियो ।

    सत्ता गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) र राष्ट्रिय जनमोर्चा छन् । लोसपाले प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा गठबन्धनसँग चुनावी तालमेल गरेको थियो ।

    मंसिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले ५७, माओवादी केन्द्रले १७, एकीकृत समाजवदीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् ।

  • सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’

    सीके राउत सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’

    काठमाडौं । डा. सीके राउत नेतृत्वको पाटी नेपाली कांग्रेस–माओवादी केन्द्र नेतृत्वको सत्ता गठबन्धनमा सहभागी हुन ‘सहमत’ भएको छ ।

    कांग्रेसका नेता विमलेन्द्र निधिले ट्वीटमार्फत उक्त जानकारी दिएका हुन् ।

    राउत र प्रधानमन्त्री शेरबहादुर देउवाबीच बिहीबार भएको भेटमा उक्त सहमति भएको निधिले जनाएका छन् ।

    ‘अहिले भर्खरै जनमत पार्टीका अध्यक्ष, डा सीके राउतलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा भेट गराएर फर्कँदै छु । दुवै जनामा सकारात्मक र परिणाममुलक वार्ता भएको छ’, उनले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’

  • गठबन्धनको सरकार बनाउनेबारे देउवा, दाहाल र नेपालबीच छलफल

    गठबन्धनको सरकार बनाउनेबारे देउवा, दाहाल र नेपालबीच छलफल

    काठमाडौं । सत्ता गठबन्धनका प्रमुख तीन दलबीच वर्तमान गठबन्धनलाई निरन्तरता दिने गरी छलफल अघि बढेको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बीच सोमबार बालुवाटारमा छलफल भएको छ ।

    छलफलमा गठबन्धनको सहकार्यलाई निरन्तरता दिने बारेमा कुराकानी भएको प्रधानमन्त्रीको प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

    प्रधानमन्त्री देउवासँग माओवादी केन्द्रका अध्यक्ष दाहालले दुई दिन अघि पनि भेटेका थिए ।

     

  • सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढ दलहरुको बैठक बिहीबार पनि

    सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढ दलहरुको बैठक बिहीबार पनि

    काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न सत्तारुढ दलहरुको बैठक बिहीबार पनि बस्ने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।

    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।

  • गठबन्धन र कानूनविद्‍बीच छलफल : कानूनी बाटो खोज्न सुझाव

    गठबन्धन र कानूनविद्‍बीच छलफल : कानूनी बाटो खोज्न सुझाव

    काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानूनी बाटो खोज्न सुझाव दिएका छन् । त्यस्तै, उनीहरुले संविधानले दिएको भूमिका राष्ट्रपतिले प्रभावकारी रुपमा खेल्न नसकेको समेत बताएका छन् ।

    छलफलपछि अखिल नेपाल कानून व्यवसायी संघको अध्यक्ष एवं अधिवक्ता पदम रोकाले दोश्रो पटक पारित गरेर विधेयक पारित गरेर पठाएपछि रोक्ने अधिकार राष्ट्रपतिमा नरहेको बताए । उनले संवैधानिक व्यवस्था भन्दा बाहिर राष्ट्रपति जान नमिल्ने भएपनि अहिले राष्ट्रपतिबाट नै संवैधानिक व्यवस्था उलंघन भएको बताए ।

    त्यस्तै, छलफल पछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संवैधानिक, कानूनी परार्शका लागि कानूनबिद्हरुसंग छलफल गरेको र राष्ट्रपतिले असंवैधानिक काम गरेको सुझाव आएको बताए ।

    कानूनविदहरुको सुझाव गठबन्धनमा पुन: छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनले जानकारी दिए ।

    राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धनले यस विषयमा कानूनी राय लिएको हो ।

  • राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    राष्ट्रपतिको कदमबारे छलफल गर्न बालुवाटारमा सत्ता गठबन्धनको बैठक

    काठमाडाैं । सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक बसेकाे छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बिहान बैठक बसेकाे हो ।

    नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको हाे ।