गुजरात । भारतमा एकै दिन १७ जनामा काेभिडकाे नयाँ भेरियन्ट ओमिक्राेन भाइरस देखिएकाे छ ।
पछिल्लाे २४ घन्टामा राजस्थानमा ९ र महाराष्ट्रमा ८ जनामा ओमिक्राेन देखिएकाे हाे । याेसहित भारतमा ओमिक्राेनबाट संक्रमित हुनेकाे संख्या २१ जना पुगेकाे छ ।
भारतमा दक्षिण काेरियाबाट आएका र उनीहरुकाे सम्पर्कमा रहेका व्यक्तिमा ओमिक्राेन देखिएकाे छ । यसअघि कर्नाटकमा दुई जनामा र गुजरात तथा दिल्लीमा एक एक जनामा ओमिक्राेन देखिएकाे थियाे ।
अहिलेसम्म अमेरिका अस्ट्रेलिया बेलायत नेदरल्यान्डसहित २५ देशमा ओमिक्राेन देखिएकाे छ ।