
जापान । एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएकाे छ ।
एभरेष्ट इन्टरनेशनल स्कुल जापानबाट एसईई २०२४ को परिक्षामा उत्तीर्ण भएका ९ छात्र र १४ छात्रा गरी २३ जनालाई बधाई तथा शुभकामना दिइएकाे हाे ।
उनीहरुलाई एनआरएनए जापान क्षेत्रीय समिति कान्तोको तर्फबाट बधाई तथा शुभकामनासहित मायाको चिनो प्रदान गरिएकाे हाे । साथै, एसईई २०२४ को परीक्षामा उत्कृष्ट अकंहित शतप्रतिशत पास गराउन सफल यस एभरेष्ट इन्टरनेशनल स्कुल जापान परिवारलाई पनि आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दै मायाको चिनो प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशी र विशिष्ट अतिथि एभरेष्ट इन्टरनेशनल स्कुल जापानका उप प्रमुख ई. मेकराज नेपाल रहेका थिए । यसबाहेका अतिथिमा स्कुलका प्रधानाध्यापक बिस्नु भट्ट, एनआरएनए जापानका महासचिव टिकाराम खरेललगायत रहेका थिए ।
प्रमुख अतिथि राजदूतावासका उपनियोग प्रमुख अम्बिका जोशीले प्रवासमा रहेको विद्यालयबाट अफ्रिकी मुलुक जाम्बिायाका छात्रसहितका परीक्षार्थी उत्तीर्ण हुनु ठूलाे सफलता भएकाे भन्दै प्रशंसा गरे । साथै, उनले विद्यार्थीकाे मनोभावनामा हौसला वृद्धिसँगै उज्ज्वल भविष्यको कामना गर्दै शैक्षिक गुणस्तरमा टेवा पुग्ने काम गरेकोमा कान्तो कार्यसमितिलाई पनि धन्यवाद व्यक्त गरे।
अन्य वक्ताहरुले पनि विद्यार्थी भाइबहिनीलाई शुभकामना तथा धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा संयोजक तथा उपसंयोजक दिपक सुबेदी विप्लव, उपसंयोजक सुरज केसी, सहसचिव गोम बुढाथोकी, सहकोषाध्यक्ष अनुप गौतम र सदस्य किरण, गौतम सम्झना बुढाथोकी र कान्तो लाई सधैँ माया र सहयोग गर्नु हुने कमल बजगाई परिवर्तन र सिङगो एभरेष्ट इन्टरनेशनल स्कुलका शिक्षक शिक्षिका र सम्पूर्ण विद्यार्थीहरुको उपस्थिति रहेकाे थियाे ।
कार्यक्रमको सभापतित्व कार्यक्रम संयोजक तथा कान्तो समितिका उपसंयोजक दिपक सुबेदी विप्लवले गरेका थिए । भने कार्यक्रम सञ्चालन कान्तो सदस्य किरण गौतमले गरेका थिए । यसैगरी, स्वागत मन्तब्य कान्तो सदस्य सम्झना बुढाथोकीले राखेकी थिइन् ।