मुम्बई एयरपोर्टबाट समातिइन् बलिउड हिरोइन ज्याकलिन, ठगीकाे आराेप

नयाँ दिल्ली । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज ठगीकाे आराेपमा समातिएकी छिन् । दुबई जान लागेकी उनलाई आइतबार मुम्बई एयरपोर्टबाट प्रहरीले पक्राउ गरेकाे हाे ।

ज्याकलिन पछिल्लो समय २ सय करोड ठगीको मुद्दामा मुछिएकी थिइन् । सोही मुद्दामा भारतको प्रवर्तन निर्देशालयले उनीविरुद्ध ‘लुक आउट नोटिस’ जारी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसै मुद्दामा अनुसन्धान चलिरहेकाले ज्याकलिनलाई विदेश जान रोक लगाइएको भारतीय मिडियामा उल्लेख छ । उनलाई विदेश जान रोकिएको भए पनि पक्राउ गरेको केही समयपछि छोडिएको छ । उनी दुबई जान भने पाउँदिनन् ।

यस मुद्दामा ज्याकलिनसहित सुकेश चन्द्रशेखर र उनकी पत्नी लिना मारिया पनि जोडिएका छन् । इन्फोर्समेन्ट डायरेक्टोरेट (ईडी) ले गरेको अनुसन्धानमा चन्द्रशेखरसँग ज्याकलिनले आर्थिक लेनदेन गरेको खुलेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१