कट्रिनाको बिहेमा सुरक्षाको जिम्मा पाए सलमानका बडिगार्ड शेराले

काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र उनका प्रेमी अभिनेता विक्की कौशलबीच विवाह समाराेह मंगलबारदेखि सुरु भएकाे छ । उनीहरुको विवाह बिहीबारसम्म चल्नेछ ।

भारतीय सञ्चारमाध्यमका अनुसार, कट्रिना-विक्कीको विवाहको सुरक्षाको जिम्मा अभिनेता सलमान खानका बडिगार्ड शेराले लिएका छन् । शेरा एक सेक्युरिटी कम्पनी सञ्चालन गर्छन् । जसको नाम टाइगर सेक्युरिटी हो ।

यो जोडीको विवाहमा बलिउडका चर्चित व्यक्तिहरु समेत सहभागी हुनेछन् । यसैले विवाह स्थलको सुरक्षाको लागि शेराको कम्पनीको साथ बरवाडा पुलिसले पनि सहयोग गर्ने भएकाे छ ।

तीन दिनसम्म चल्ने विवाहका लागि विक्की, कट्रिनासँगै बलिउडकर्मी, उनीहरुका आफन्त, साथीभाइ राजस्थान पुगिसकेका छन् । विक्की र कट्रिना विवाहलाई भव्य तर गोप्य राख्ने तयारीमा छन् । त्यसकारण पनि उनीहरुको विवाह हुने रिसोर्टमा उच्च सुरक्षा व्यवस्था गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१