सेयर बजार घट्ने क्रम राेकिएन, ५३ अंककाे गिरावट

काठमाडाैं । सेयर बजारको घट्ने क्रम अझै नरोकिने देखिएको छ । निरन्तर घट्दै आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार पनि ५३ अंकले घटेको हो ।

साताको पहिलाे दिन आइतबार ७२ अंकले घटेको नेप्से परिसूचक सोमबार ३२ अंकले सुधारिएको थियो । तर, नेप्सेको टिकाउ मंगलबारसम्म पनि टिकेन र ३७ अंकले घट्यो ।

बुधबार ५३ अंकले घटेपछि नेप्से परिसूचक २४ सय ५५ अंकमा आइपुगेको छ । यस क्रममा आज २ अर्ब ६६ करोड रुपैयाँ बराबरको ६५ लाख कित्ता सेयर किनबेच भएको छ ।

बजार ५३ अंकले घटेको दिन सबै समूह राताम्मे बनेका छन् । निर्जीवन बीमा कम्पनी समूह सबैभन्दा बढी २३५ अंकले घटेको छ भने जीवन बीमा समूह २९४ अंकले घटेको छ । यस्तै, उत्पादनमूलक समूह १७०, विकास बैंक १५१, लघुवित्त १२५ र व्यापार समूहमा ९९ अंकको गिरावट आएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१