काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् ।
शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको बताएका हुन् ।
उनले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गरे । उनले कांग्रेसलाई पनि सहीबाटोमा हिँड्नका लागि सल्लाह र सुझाव दिने धारणा पनि राखे । नेपालमा नियन्त्रित अराजकता फैलाउने भारतीय षडयन्त्रविरुद्ध एमाले लागेका कारण घेराबन्दीमा पारिएको उनले बताए ।
उनले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अव एमालेभित्र रहेकालाई आराम गर्ने समय नरहेको पनि बताए ।