नेप्सेमा ८८ अंकको पहिरो, ३ अर्ब बढीको कारोबार

काठमाडाैं । नेप्सेमा यो साताको पहिलो दिननै ८८ अंकको गिरावट आएको छ । पछिल्लो समय निरन्तर ओरालो लागिरहेको नप्से आइतबार एकै दिन उच्च अंकको गिरावट आएपछि परिसूचक २३ सय ६१ अंकको बिन्दुमा आइपुगेको छ ।

परिसूचकमा ठूलो अंकको गिरावट आएको दिन कारोबार रकम पनि खुम्चिएको छ । आज नेप्सेमा ३ अर्ब ३८ करोड २५ लाख रुपैयाँ बराबर ७४ लाख कित्ता सेयर किनबेच भएको छ ।

आइतबार जीवन बीमा समूहमा ५०७ अंक, निर्जीवन बीमा समूहमा ४९० अंक, विकास बैंक समूहमा २८१ अंक, व्यापार समूह १८९ अंक र उत्पादनमूलक समूहमा १८६ अंकको गिरावट आएको छ । यस्तै, लघुवित्त समूहमा १७५ अंक तथा वित्त समूहमा एकसय अंकको गिरावट आएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१