थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण, कति छन् नेपालमा सक्रिय संक्रमित ?

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार ८ हजार ६ सय ८२ जनामा परीक्षण गर्दा २ सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यस्तै २ सय ३४ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या ५ हजार ८ सय ९० रहेको छ ।

यही अवधिमा सङ्क्रमण भएका १ जनाको मृत्यु भएको छ । अहिले देशभर सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ५४ पुगेको छ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१