एमालेले ताेक्याे प्रदेश इन्चार्ज, कस–कसले पाए जिम्मेवारी ?

काठमाडाैं । नेकपा (एमाले) को दोस्रो केन्द्रीय कमिटी बैठकले सात वटै प्रदेशका इन्चार्ज तोकेको छ ।

केन्द्रीय कमिटी बैठकले प्रदेश १ को इन्चार्जमा स्थायी कमिटी सदस्य देवराज घिमिरे, प्रदेश २ मा सचिव रघुवीर महासेठ, बागमती प्रदेशमा स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, गण्डकी प्रदेशमा सचिव पद्मा अर्याल, लुम्बिनी प्रदेशमा सचिव छविलाल विश्वकर्मा, कर्णालीमा स्थायी कमिटी सदस्य यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्टलाई जिम्मेवारी दिएकाे छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१