कांग्रेस उपसभापतिको मतगणना आज, कसले मार्ला बाजी ?

काठमाडाैं । नेपाली कांग्रेस उपसभापतिको मतगणना सुरु गर्ने निर्णय भएको छ । निर्वाचन समितिको बैठकले उपसभापतिको मतगणना सुरु गर्ने निर्णय गरेको निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले जानकारी दिए ।

उपसभापतिमा देउवा प्यानलबाट पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार तथा शेखर कोइरालाको प्यानलबाट चन्द्र भण्डारी र धनराज गुरुङ उपसभापतिको उम्मेदवार छन् ।

यस्तै, प्रकाशमान सिंहको समूहबाट सुजाता कोइराला उपसभापतिमा उठेकी छन् भने महेश आचार्यले पनि उपसभापतिमा उम्मेदवारी दिएका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको मत ८४ वटा ट्याङ्कीमा खसालिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा ती ट्याङ्कीहरू राखिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१