सेयर बजारमा पुन: गिरावट,काराेबार रकममा केही वृद्धि

काठमाडौं ।बुधबार सेयर बजारमा पुन: गिरावट आएको छ । मंगलबार सर्किट ब्रेक गरेर बन्द भएको बजारमा बुधबार गिरावट देखिएको हो ।

सुरुवाती चरणमा उकालो लागेको बजारमा खुलेको एक घण्टापछि उतारचढाव देखिन थालेको थियो । बजार बन्द हुँदासम्म सेयर बजारमा ४.२३ अंकको गिरावट देखिएको छ । आज बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएकाे छ ।

बुधबार नेप्से परीसूचक ४.२३ अंकले घटेर २४१४.६२ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ०.८९ अंकले घटेर ४५९.४१ बिन्दुमा पुगेको छ ।

कुल २२८ कम्पनीको ९८ लाख ७९ हजार १०९ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५८ करोड ८३ लाख ९० हजार ६७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१