ओलीलाई प्रचण्डको चुनौती : कि पूर्वराजासँगकाे सहमति प्रमाणित गर्नुस्, नत्र माफी माग्नुस्

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र पूर्वराजा ज्ञानेन्द्रबीच पाँच बुँदे सहमति भएको भन्ने आरोप शतप्रतिशत झुटो भएको बताएका छन् ।

प्रचण्डले प्रेस वक्तव्य जारी गरी ओलीलाई उक्त आरोप पुष्टि गर्न चुनौति समेत दिएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार एक कार्यक्रममा बोल्दै २०६० साल मङ्सिर १८ गते तत्कालीन राजा ज्ञानेन्द्र र माओवादी अध्यक्ष प्रचण्डबीच ‘उपद्रव मच्चाउनका लागि पाँच बुँदे सहमति भएको’ दाबी गरेका थिए ।

​प्रचण्डले ओलीलाई उक्त दाबी प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिएका छन् । उनले ओली झुट, बेइमानी र धोकाको अर्को नाम भएको समेत प्रेस वक्तव्यमा उल्लेख गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१