प्रतिनिधिसभाको बैठक सुरु, एमालेको अवरोध कायमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारकाे बैठकमा पनि अवराेध गरेकाे छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु गरे लगत्तै एमाले सांसदले नाराबाजी सुरु गरेका हुन् ।

एमालेले नवाैं अधिवेशनदेखि नै संसद् अवरोध गर्दै आएको छ । १ भदौमा आफूले कारबाही गरेका १४ जना सांसदलाई सभामुखले कारबाही नगरेको झोकमा एमालेले सभामुखसँग आक्रोश पोखिरहेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१