मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने

काठमाडाैं । विवेकशील साझा पार्टीकाे संयाेजकबाट कारबाहीमा परेका मिलन पाण्डेले आफूमाथि गरिएकाे कारबाही अस्वीकार गर्ने बताएका छन् ।

मङ्गलवार पार्टी अध्यक्ष रवीन्द्र मिश्रले साधारण सदस्यसमेत नरहने गरी पाण्डेलाई निष्कासित गरेकाे विज्ञप्तिमार्फत जानकारी गराएका थिए । त्यसकै प्रतिक्रियाका रूपमा पाण्डेले कारबाही अवैध रहेकाे भन्दै अस्वीकार गर्ने जनाएका छन् ।

सामाजिक सञ्जालमार्फत पाणडेले भनेका छन्, ‘पार्टीभित्रको वैचारिक तथा राजनीतिक मत भिन्नतालाई वैचारिक तथा राजनीतिक विधि मार्फत नै हल गर्नुपर्नेमा त्याे विपरीत ‘पार्टीबाट निष्कासन’ गरेको भनेर कुत्सित मनसायसाथ निर्णय गर्नु र भ्रमपूर्ण विज्ञप्ति निकाल्नु दुराशयको पराकाष्ठा ठान्दछु र यो निर्णयलाई पूर्णतः अस्वीकार गर्दछु ।’

यस्तै, पाण्डेले पार्टीको विचार त्यागेका, विधान च्यातेका र एकीकरण घोषणापत्र माथि लात हानेका पार्टीका कुनै पनि नेतालाई विवेकशील साझा पार्टीको नाम, चिह्न र पहिचान प्रयोग गर्ने कुनै अधिकार नभएकाेसमेत उल्लेख गरेका छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१