यू-१९ एसिया कप : नेपाल बंगलादेशसँग १५४ रनले पराजित

काठमाडाैं । एसिसी यू-१९ एसिया कपमा नेपाल बंगलादेशसँग १५४ रनले पराजित भएकाे छ । बंगलादेशले प्रस्तुत गरेको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको थियाे ।

जितको लागि २ सय ९८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४२.३ ओभरमा पूरा विकेट गुमाएर १४३ रनमात्र बनाउन सफल भयाे ।

नेपालका लागि गुलसन झाले २८ बलमा ३५ रन, विवेक मगरले ६० बलमा ३३ रन र विवेक यादव ३४ बलमा २६ रनमात्र बनाउन सफल बने । अन्यले राम्राे प्रदर्शन गर्न सकेनन् ।

बंगलादेशका मोहम्मद तान्जिन हसन, रकिबुल हसन र एसएम मेहरोब हसन र होहमान नयोनले २–२ विकेट लिए ।

शारजाह क्रिकेट स्टेडियम युएईमा टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर २ सय ९७ रन बनाएको थियो । बंगलादेशका शीर्षक्रमका ब्याटर मोहम्मद प्रान्तिक नवरोज नाबिलले १ सय १२ बलमा ११ चौका र १ छक्कासहित १ सय २७ रनको उत्कृष्ट अविजित शतकीय इनिङ खेलेका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१