
काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उल्लास छाएकाे छ । शेयर बजारमा राम्रो वृद्धि हुँदा नेप्से परिसूचक २६ सय नजिक पुगेको छ । नेप्से परिसूचक ७१ दशमलव २१ अंकले बढेर २ हजार ५ सय ९१ दशमलव ४२ अंकमा पुगेको छ ।
आइतबार कारोबार रकममा पनि सुधार आएको छ । शेयर कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । दिनभर ८६ लाख १ हजार ९ सय ५६ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँ माथिको शेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने बाँकी २ उपसमूहको परिसूचक घटेको छ ।