सलमान खानलाई सर्पले टाेक्याे

काठमाडाैं । फार्महाउसमा जन्मदिन मनाउन गएका बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार मुम्बईस्थित आफ्नो पानभेल फार्महाउसमा सलमानलाई सर्पले डसेको हो ।

सोमबार ५६ औं जन्मदिन मनाउने क्रममा उनी फार्महाउस पुगेका थिए । उनलाई सर्पले डसेपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो । ६ घण्टा अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भएका छन् ।

उनी अहिले फार्म हाउसमै फर्किसकेका छन् । गत वर्ष पनि सलमान खानले आफ्नो परिवारसँग फार्महाउस पानभेलमा जन्मदिन मनाएका थिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१