नेपालमा पहिलाे पटक डिजेसहितकाे डिस्काे बारसँगै दोहोरी नाचगान गर्न मिल्ने ठाउँ ‘पार्टी बस नेपाल’

काठमाडाैं । ‘समृद्धि, विकास र मनाेरन्जनका लागि नयाँ साेच’ ग्रुपले डिजेसहितकाे डिस्काे बार र दोहोरीसँगै नाचगान पार्टी गर्न मिल्ने नेपालमै पहिलाे बसहरु सञ्चालनमा ल्याएकाे छ । सन् २०२० जनवरीबाट बसभित्रै पार्टी गर्ने मिल्ने “पार्टी बस नेपाल” सञ्चालनमा ल्याएका थिए ।

डिजेको सङ्गित र पेयपदार्थ स्न्याक सुविधासहित पार्टी गर्ने मिल्ने उक्त बसहरुमा रमाउनेहरुको संख्या दिन प्रतिदिन रोजाइमा पर्न थालेका छन् । भारतको टाटा कम्पनीले निमार्ण गरेका यी बसहरुको भित्र अन्य बसहरु भन्दा केही फरक डिजाइनका छन् । बसलाई बाहिरबाट झट्ट हेर्दा कुनै रात्री बस जस्तो देखिए पनि भित्र जाँदा भने कुनै डिस्को बार या पार्टीमा पुगेजस्तो आभाष हुन्छ । साथीहरु मिलेर रमाइलो गर्न मन लागेमा पार्टी बसलाई कल गरेपछि यात्रु लिन यो बस यात्रु भएकै ठाउँमा आइपुग्छ ।

आफूले भनेको ठाउँबाटै चढ्न तथा रमाइलो सकिएपछि पनि सोही ठाउँमा झर्न मिल्ने भएपछि उपत्यकामा पार्टी बसमा रमाउनेहरुको संख्या बढ्दै गएको छ । आजभाेलि काठमाण्डाैमा यो समयमा पार्टी बसमा पिकनिक र घुमघाम गर्नको लागि सजिलो भएकोले निकै नै माग बढेको बसका सञ्चालक जापान निवासी भोजेन्द्र सुवेदीले जानकारी दिए ।

केही वर्षअघि कम्पनीका अपरेसन डिरेक्टर उमेश सुवेदी घुमघामका लागि डेनमार्क पुगेका र त्यहाँ पार्टी बसको अवलाेकनपछि यो सेवा नेपालमा पनि दिन सकिन्छ की भन्ने सोचले नेपालमा पनि केही नयाँ व्यवसाय गराैँ भन्ने कुरा जापान युरोप र नेपालका साथिहरुसँग छलफल गर्दै जाँदा युरोप निवासी अर्का संचालक अशोक शर्माले भिजिट नेपाल २०२० पनि आउँदैछ र नयाँ कन्सेप्टमा काम गरौँ भनेर यसको सुरुवात गरेको अशाेक शर्माले बताए ।

पार्टी बस नेपालमा अशोक शर्मा, भोजेन्द्र सुवेदी, उमेश सुवेदी, रमेश काफ्ले, भिम क्षेत्री लगायत जापान, युराेप र नेपालका अरु साथीहरकाे पनि लगानी रहेको छ । यी दुई बस सञ्चालनको लागि ६ करोडको लगानीमा सुरु गरिएको हाे र अहिले उपत्यकामा मात्रै लोकप्रिय बन्दै गइरहेको र यो बस अन्य सहरी क्षेत्रमा पनि विस्तार गर्ने योजना रहेको कुरा युरोप निवासी अर्का संचालक रमेश काफ्लेले बताए ।

काठमाडौंदेखि पाेखरा, चितवन, बुटवल र भैरहवासम्म पनि फिल्म र भिडियाे सुटिङदेखि जन्मदिनकाे पार्टी पिक्निक पार्टीलगायत बिहे पार्टीकाे लागि पनि बुकिङ गर्न सकिने छ । विशेष गरि आजभाेलि बिहे पनि दिनमा मात्रै हुने, थाेरै मात्रामा जन्ति लानुपर्ने बाध्यता र बाजासहित जानलाई झन्झटिलो हुने भएकाेले पार्टी बस लगेर जाँदा सबै किसिमको मनाेरन्जन पाउन सकिने कुरा पहिलोपटक बुटवलमा आफ्नै भान्जाकाे बिहेमा प्रयाेग गरेकाे अनुभव भाेजेन्द्र सुवेदी जनाकारी गराए ।

बुकिङ नभएको अवस्थामा दिनहुँजसाे साँझ ७ बजे पश्चात रिङ्ग रोड र उपत्यकाका बाहिरि रोडहरुमा निस्किन्छन् र यी बसहरु अबेर राती ३ बजेसम्म पनि चल्ने गरेकाे उमेश सुवेदी बताए । बसमा इन्ट्री फी १ हजार रुपैयाँ तिरेपछि एउटा फ्री ड्रिङ्ककासाथ जुनसुकै वर्गका मान्छेले पनि रमाइलो गर्न पाउने बसका लगानी कर्ता भीम क्षेत्रीले जानकारी गराए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१