काठमाडाैं । नेकपा एमालेका नेता गाेकुल बास्काेटाले च्याँखे दाउहरुकाे सरकार नबन्ने बताएका छन् । काठमाडाैंमा बिहीबार नेपाल खेलकुद महासंघले आयाेजना गरेकाे खेलाडीलाई बधाइ तथा शुभकामना कार्यक्रममा बास्काेटाले अब पुन: एमालेकाे सरकार बन्न लागेकाे दाबी पनि गरे ।
उनले खेल क्षेत्रले राष्ट्र, राष्ट्रियता र राष्ट्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए ।
कतियले नेपालको मौलिकता भुल्ने गरेको पनि उनले बताए । ‘हामी यो तरिकाले बिग्रियौँ कि ! देश एकीकरण गर्ने पृथ्वीनारायण शाहको सालिक फुटाएर हामी गणतन्त्रको गीत गाउँछौँ । आफ्नो देशको मौलिकता बिर्सन्छौँ । म राजावादी भएको होइन,’ उनले भने ।
उनले कार्यक्रममा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकाे प्रशंशासमेत गरेका थिए ।
हेर्नुहाेस् भिडियाे :