काठमाडौं । नेपालमा बिहीबार थप २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ८१४ पीसीआर परीक्षणका क्रममा २३५ जना र २ हजार ८३ एन्टिजेन परीक्षणका क्रममा ६ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २४ हजार ३९८ पुगेको छ ।
गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाका कारण ११ हजार ५ सय ९० जनाले ज्यान गुमाएका छन् ।