सन् २०२२ मा किम जोङको ध्यान अमेरिका र आणविक हतियारमा हाेइन, यी कुरामा हुनेछ

काठमाडाैं । उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो शासनको १० वर्ष पूरा भएको अवसरमा शनिबार राष्ट्रका नाममा सम्बोधन गरेका थिए । सम्बोधनमा उनले आणविक हतियार वा अमेरिकाभन्दा घरेलु विकास, कारखाना र विद्यालयको पोशाकको बारेमा बढी कुरा गरेकाे उत्तर काेरियाकाे सरकारी सञ्चारमाध्यमले जनाएकाे छ ।

शुक्रबार कोरिया वर्कर्स पार्टीको आठौं केन्द्रीय समितिको बैठकको अन्त्यमा किम जोङले सन् २०२२ मा उत्तर कोरियाको मुख्य लक्ष्य आर्थिक विकास र जनताको जीवन सुधार गर्ने भएको बताएका थिए ।

यसअघि किम जोङले नयाँ वर्षको अवसरमा आफ्ना विगतका भाषणहरूमा दक्षिण कोरिया र अमेरिकासँगको महत्वपूर्ण कूटनीतिक गतिविधिसँग सम्बन्धित नीतिगत घोषणा गर्ने गरेका थिए । उत्तर कोरियाको मिडियाका अनुसार यसपटक किम जोङले अमेरिकाको नाम लिएनन् । यसपटक उनकाे भाषण घरेलु समस्यामा केन्द्रित थियो ।

घरेलु मामिलाहरूमा किम जाेङकाे भाषण केन्द्रित भएपछि उत्तर कोरिया आर्थिक संकटमा जुधिरहेकाे विश्वभर अनुमान गरिएकाे छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१