थपिए ३ सय ८२ जना काेराेना संक्रमित

काठमाडाैं । नेपालमा शनिबार ३ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ५ हजार ७ पीसीआर परीक्षणका क्रममा ३ सय ४२ जना र १५ हजार ९ सय ५२ एन्टीजेन परीक्षणका क्रममा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख २५ हजार १५ पुगेको छ । गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

हालसम्म नेपालमा कोरोना कारण ११ हजार ५ सय ९४ जनाको मृत्यु भएको छ ।

त्यस्तै, थप २ सय ५२ संक्रमित निको हुँदा हालसम्म ८ लाख १२ हजार २ सय १० जना निको भएका छन् । हाल नेपालमा ४ हजार ९ सय ६९ सक्रिय संक्रमित आइशोलेशन र ९८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१