
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः निर्वाचित भएको भन्दै पुष्पकमल दाहाललाई बधाइ दिएका छन् ।
उनले मंगलबार ट्वीटरमार्फत् प्रचण्डलाई बधाई तथा शुभकामना दिएका हुन् । उनले प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् भन्ने शुभेच्छासमेत व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुनः निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई तथा शुभकामना ! प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा !’
नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनद्वारा पार्टीको अध्यक्षमा पुन: निर्वाचित हुनुभएकोमा पुष्पकमल दाहाल प्रचणडलाई हार्दिक वधाइ तथा शुभकामना! प्रतिगमन र यथास्थितिवादविरूद्ध लड्ने अग्रगमनकारी शक्तिहरूको सहकार्य र ध्रुवीकरणमा बल पुगोस् थप शुभेच्छा!
— Baburam Bhattarai (@brb1954) January 4, 2022